Total Pageviews

Sunday, June 30, 2013

एक रात को. 50 हजार रुपैया लिने युबती

नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्रयो। हाइ प्रोफाइललाई केटी सप्लाइ गर्नेहरु रहेछन् उनीहरु। क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने काम गर्दा रहेछन् उनीहरु। केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन्। सोमबार एउटा न्युज च्यानल एबीसीले यही विषयमा विशेष समाचार दिएको थियो। लाज लाग्यो मलाई त्यो समाचार देखेर। के नेपालमा जिम्मेवार भनाउँदा मिडियाको काम यस्तै हो ? के टिभीलाई कुनै आचार संहिता लाग्दैन ? कार्यक्रममा पक्राउ परेकी ती १० कक्षा पढ्ने किशोरीहरुको निःशुल्क शोषण गरिएको थियो। टेलिभिजनको रेटिङ बढाउन र विज्ञापन पाउन गरिएको त्यो शोषण ती दलालहरुले गरेको भन्दा रत्ती भर पनि कम लागेन मलाई। हाइ प्रोफाइल व्यक्तिहरुलाई केटी मिलाउने एउटा गिरोहका केही सदस्यलाई प्रहरीले पक्रयो। यतिसम्मको समाचार त ठीक छ, तर किन ती किशोरीसितको अन्तर्वार्ता टिभीले दिनुपरेको ? किन यो स्कूलमा पढ्छे भनेर देखाउनु परेको ? अझ अचम्म त टिभीले छोपे छोपे जस्तो गरेर ती केटीहरुको अनुहार टेलिभिजनमार्फत देशभर छर्लङै देखाइदियो। त्यो पनि एक पटक हैन, बारम्बार। त्यसो गर्न पाइन्छ ? के त्यति गर्दैमा अब यो समस्या समाधान हुन्छ ? फेरि कस्तो शब्द प्रयोग गरिएको छ रामराम ! हो, सिंगापुरमा लाहुरे रहेका बाबुकी छोरीलाई यस्तै काम गरेर खानु पर्ने अवस्था नभएको हुनसक्छ। तर त्यसका लागि उनी मात्र दोषी हुन् त? पक्कै पनि हैनन्। त्यसो भए उनलाई मात्र दोषी झैँ देखाएर र उनको अनुहार टिभीमा देखाएर समस्याको समाधान हुन्छ ? मलाई शब्द मिलाएर लेख्न आउँदैन। र म अझै पनि मेरा मनका कुराहरु शब्दमार्फत् एक्सप्रेस गर्न सकिरहेको छैन। एबीसी टेलिभिजनको त्यो कार्यक्रमका केही अंश युट्युबमा समेत राखिएको रहेछ। तपाईँ आफै हेर्नुस् त्यसलाई र भन्नुस्। भिडियोहेर्न को लागि बक्स मा डबल क्लिक गर्नुहोस

मैले मन पराउने युवक र म एउटै कलेजमा पढ्छौं - लभगुरु रेखा

मैले मन पराउने युवक र म एउटै कलेजमा पढ्छौं।

 

मैले मन पराउने युवक र म एउटै कलेजमा पढ्छौं। पहिले उसले मलाई धेरै माया गथ्र्यो र म पनि उसलाई असाध्यै माया गर्थें। उसले बेलाबखत मलाई धोका नदिने वाचा-कसम पनि खान्थ्यो, तिमीबिना बाँच्न सक्दिनँ, मलाइ नछोड भनेर सम्झाउँथ्यो, तर गएको भ्यालेन्टाइन डेको दिन उसको र मेरो ब्रेकअप भयो। आजभोलि कलेजमा ऊ मलाइ टाढैबाट हेर्छ। नजिक पुग्दा पनि नदेखे झैं गर्छ। त्यसपछि मैले उसलाई ब्रेकअप नगर भनें, उसले एक वर्ष पर्ख भन्यो तर म त्यति पर्खन सक्दिनँ। अब मैले के गर्दा राम्रो होला ?


भावनात्मक रूपमा तपाईंहरूबीच ब्रेकअप भैसकेको छ। यस्तो स्थितिमा पनि तपाईं आफ्नो सम्बन्धलाई निरन्तरता दिन चाहनुहुन्छ भने त्यो तपाईंको भूल हो। किनभने अहिलेको स्थितिमा तपाईंहरूको सम्बन्धमा निरन्तरताको चाहना तपाईंको मात्र हो भन्ने कुरा तपाईंको पत्रबाट स्पष्ट हुन्छ। यस्तो स्थितिमा पनि सम्बन्धमा निरन्तरता चाहनुहुन्छ भने तपाईंको कथित ब्वाइफ्रेन्डले त्यसको नाजायज लाभ उठाउने सम्भावना प्रबल हुन्छ, जसको तपाईंले घाटा मात्र बेहोर्नुपर्ने हुन्छ। एकपटक ब्रेकअप भैसकेको मायामा पनि तपाईंको कथित ब्वाइफ्रेन्डले तपाईंलाई एक वर्ष पर्ख भन्छ भने तपाईंले कुरा बुझ्नुपर्ने हो, तपाईंको कथित ब्वाइफ्रेन्ड अहिले अरू कसैको चक्करमा छ र त्यहाँ असफल भए मात्र ऊ तपाईकहाँ र्फकने सुरसारमा छ। यस्तो स्थिति तपाईंका लागि थप घातक हुनसक्छ। त्यसैले उक्त युवकलाई आफ्नो मनमस्तिष्कबाट निकालिदिनुपर्छ। यसैमा तपाईंको कल्याण छ, किनभने जीवनमा तपाईंले भेट्ने युवक भनेको त्यो एक जना मात्र होइन।
 

के छापियो सोमबारका छापामा कार्टुन ?

के छापियो सोमबारका छापामा कार्टुन ?

१ नागरिक दैनिकमा छापिएको कार्टुन
२ कान्तिपुर दैनिकमा छापिएको कार्टुन
३ राजधानी दैनिकमा छापिएको कार्टुन
४अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको कार्टुन
1-nagaric
2-kantipur
3-rajdhani
4-annpurna

राष्ट्रपतिज्यू, हाम्रै ध्वजावाहक चढेको भए के बिग्रन्थ्यो ? -विजय लामा

राष्ट्रपतिज्यू, हाम्रै ध्वजावाहक चढेको भए के बिग्रन्थ्यो ? -विजय लामा

म के हुँ र को हुँ त्यो अहिले सान्दर्भिक हुन सक्छ । म मुटुभित्रदेखि नै मेरो दरिलो नेपाली पहिचान कुनै पनि हालतमा र कहिल्यै पनि गुमाउन चाहन्न । पाइलटको मेरो व्यवसाय र कर्तव्यपालनका क्रममा म घुमि नै रहन्छु । अनेक जात, वंश, राष्ट्रियता र मूलका व्यक्तिसँग मेरो भेट हुन्छ । उनीहरू राष्ट्रियतासँग, मुलुकसँग र सामाजिक हैसियतसँग जोडेर आफूलाई चिनाउने गर्छन् । उनीहरूको मातृभुमि प्रतिको विश्वास र आदरले मलाई आफ्नो मुलुकको महानता स्वीकार गर्न र यसप्रति थप समर्पित हुन प्रेरणा दिन्छ । त्यसैले नेपाल र नेपालीप्रति अपमानजनक कुरा कसैले भनेमा म विचलित हुन्छु, अनि उसलाई मुखभरिको जवाफ  दिन्छु । यसैले त विदेशमा अवसर पाउँदापाउँदै पनि नेपालमै बाँधेर राखेको छु मलाई । बाहिर पाइने बढी सुविधा र यात्रा तुच्छ लाग्छन् मुलुकको साग र सिस्नुभन्दा ।

आफ्नो मातृभुमि त्यागेर म आफ्नै नजरमा गिर्न चाहन्न । त्यो पनि आमालाई हाम्रो आवश्यकता सबभन्दा बढी भएको बेला । त्यस्तै म मेरो वायुसेवालाई अहिले छाड्न चाहन्न । यद्यपि सबै कुरा प्रतिकूल देखिन्छ अहिले । तर, नेपाल वायुसेवा निगमबारे जति सकारात्मक कुरा गरे पनि म एक्लै या मजस्ता केही अरूले हाम्रो राष्ट्रिय ध्वजावाहकलाई बचाउन सक्दैनौं । त्यसका लागि दरिलो राजनीतिक इच्छा चाहिन्छ । असल, खराब या कुरुप जे भए पनि राजनीतिक शक्तिलाई वेवास्ता गर्न मिल्दैन । राष्ट्र निर्माणका लागि त्यो आवश्यक छ, हुन्छ । नेपाल वायुसेवाको सुधार पनि त्यसैमा भर पर्छ ।

हाम्रा कुनै पनि नेतालाई राष्ट्रिय ध्वजावाहकको महत्व थाहा छ जस्तो लाग्दैन मलाई । त्यसैले त उनीहरू हाम्रो ध्वजावाहकलाई वेवास्ता गरेर विदेशी विमान सेवामा मात्र गर्ने गर्छन् । असार १४ गते राष्ट्रपति रामवरण यादव र उनको टोली रोयल थाई एयरवेजबाट ब्यांकक हुँदै काठमाडौं आउन लागेको थाहा पाएपछि म खङ्ग्र्रङ्ग भएँ । मैले नेपाल वायुसेवा निगमको बोइङ ७५७ उडान नं.४०१ को आफ्नो ककपिटको एकदम नजिकबाट नियालेँ उनीहरूलाई । थाई एयरवेज उडेको केही बेरमै म नेपाल वायुसेवा निगमको जहाज उडाएर ब्यांककबाट काठमाडौं आउँदै थिएँ ।

नेपालमा पहिलो राष्ट्रपतिले आफ्नो ध्वजावाहक विमानमा यात्रा गरेर उनको तथा उनीसँगको टोलीलाई स्वागत गर्ने अवसर किन दिएनन् हामीलाई ?

नेपाल वायुसेवा निगमको साटो थाई एयरवेज विमान किन रोजे उनले ? जे भए पनि आफ्नो त आफ्नै हुन्छ महामहिमज्यू ! हाम्रो वायुसेवाको स्तरीयता अरुजस्तो नहोला । तर, हामी नेपाली वायुसेवा हौ । नेपाली आतिथ्य दिन्छौं र नेपाली राष्ट्रिय ध्वजाका साथ हामी उड्छौं । के हाम्रा राष्ट्रिय ध्वजावाहक राष्ट्रपतिको सेवा र सुरक्षाको अवसर हाम्रो पहिलो अधिकार हैन ? अनि आफ्नै ध्वजावाहकप्रतिको वफादारी र जवाफदेहीता नेताहरूबाट अपेक्षा गर्नु हाम्रो अधिकार हैन ? राष्ट्रिय ध्वजावाहकमै यात्रा अपेक्षित कर्तव्य हो नेताहरूको । हामी नेपालीले आफ्नो विमान सेवा, उत्पादन र पहिचानलाई सम्मान गर्न नसकेसम्म नेपाल समृद्ध बन्न सक्दैन ।

(लामा नेपाल वायुसेवा निगमका क्याप्टेन हुन् ।)
साभार :सेतोपाटी अनलाइन

Friday, June 28, 2013

यस्ता छन् उत्कृष्ट ठहरिएका तस्वीरहरू (फोटो फिचर)


शैलेन्द्रले यो तस्वीर मुस्ताङको लेतेमा २०१० अक्टोबरमा खिचेका हुन् । तस्वीरमा स्थानीय महिला पहिरोले सडक अवरुद्ध भएपछि अगाडी हेर्दैछन् ।
 नेपाल स्माईल बिधा
- See more at: http://www.onlinekhabar.com/2013/06/87448/#.Uc14YragBIA.facebook
Photo-of-the-year
nepal-smiles-first
दोस्रो भएको यो तस्वीर निश्चल ओलीले खिचेका हुन् । गोदावरीमा फुटपाथमा पाठोसँग खेल्दै । तेस्रो भएको नारायण महर्जनको तस्वीर । दीपेन्द्र महर्जनको फोटो विजेता ।  यो तस्वीर जाउलाखेलस्थित चिडिया खानामा खिचिएको हो । यात्रा थुलुङको यो फोटो दोस्रो भएको छ । कीर्तिपुरको टौदहमा खिचिएको दिनेश गोलेको यो तस्वीर तेस्रो भएको छ । संजोग मानन्धरको यो तस्वीर यो विधामा पहिलो भएको छ । यो तस्वीर माधव नारायण पर्वको पहिलो दिन सालीनदीमा खिचिएको हो । विस्केट जात्राको यो तस्वीर विशाल गौतमले क्यामरामा कैद गरेका हुन् । तेस्रो भएको यो तस्वीर रजेन्द्र केसीले खिचेका हुन् । तस्वीरमा काठमाडौंका नेवार युवतीहरुको संस्कृति देखाइएको छ ।
तेस्रो भएको यो तस्वीर रजेन्द्र केसीले खिचेका हुन् । तस्वीरमा काठमाडौंका नेवार युवतीहरुको संस्कृति देखाइएको छ - See more at: http://www.onlinekhabar.com/2013/06/87448/#.Uc14YragBIA.facebook

 

Wednesday, June 26, 2013

लुक्दैन प्रेम

न्यायालयमा राजनीतिक घुसपैठ

पुनरावेदन र जिल्ला अदालतका नवनियुक्त न्यायाधीशहरूले रामशाहपथस्थित न्यायपरिषद्को सभाकक्षमा शपथ लिए, २ असारमा। लगत्तै कानुन व्यवसायी पृष्ठभूमिका केही न्यायाधीशले बल्खुस्थित नेकपा एमालेको मुख्यालय पुगेर अध्यक्ष झलनाथ खनाललगायत नेतासँग ढोगभेट गरे। बधाई, शुभकामना र धन्यवाद आदानप्रदान गरे।

यस घटनालाई सर्वोच्च अदालत र न्यायपरिषद्ले सहज रूपमा लियो। कायममुकायम प्रधानन्यायाधीश एवं न्यायपरिषद् अध्यक्ष दामोदरप्रसाद शर्माले यसलाई सामान्य मानवीय कमजोरीका रूपमा अथ्र्याए। शपथको भोलिपल्टै नवनियुक्त न्यायाधीशहरूका लागि आयोजित तालिमको उद्घाटनका क्रममा शर्माले भने, "यो तालिम लिइसकेको भए यस्तो सुन्नुपर्ने थिएन। आचारसंहिताको ज्ञान भएको भए पनि यस्तो हुने थिएन।"

न्यायपरिषद् वा सर्वोच्च अदालतले उक्त घटनाबारे औपचारकि रूपमा छानबिन गर्ने, दोषीलाई दण्डित गर्ने, भावी दिनमा यस्ता घटना दोहोरनि नदिन अपनाउनुपर्ने उपायको खोजी गर्ने वा आफैँले गरेको नियुक्तिबारे समीक्षा गर्ने आवश्यकता ठानेनन्। त्यसैले न्यायाधीश-नेता भेटघाटको प्रसंग तत्कालका लागि चिया गफमै सीमित भयो। अहिले चिया गफमा सीमित भए पनि न्यायपालिकाको इतिहासमा यो घटना यत्तिकै हराउने देखिँदैन। किनभने, यसपटकको नियुक्तिमा राजनीतिक प्रभाव यति नांगो रूपमा देखियो कि पुनरावेदनमा नियुक्त न्यायाधीशहरू नै सामूहिक रूपमा पार्टीका नेतालाई भेट्न पुगेर न्यायाधीश आचारसंहिताको ठाडो उल्लंघन गरे।

नियुक्त व्यक्तिहरूको शैक्षिक योग्यता, पेसागत दक्षता, सार्वजनिक छवि, निष्ठा र ज्येष्ठताका दृष्टिले समेत यो नियुक्ति विवादग्रस्त बनेको छ। उनीहरूको पृष्ठभूमि, सम्बन्ध र व्यवहारहरूबाट पनि स्पष्ट हुन्छ कि कुनै योग्यता र दक्षतालाई नियुक्तिको आधार बनाइएन। न्यायपरिषद्का सदस्य र शक्तिकेन्द्रहरूबीचको भागशान्तिका आधारमा गरियो। व्यक्तिलाई हेरेर प्रक्रिया निर्धारण गरियो। त्यसैले प्रक्रियालाई छलेर, आफू अनुकूल व्यवस्था परिमार्जन गरेर समेत न्यायाधीश नियुक्त गरियो (हेर्नूस्, नाता र नेताको बोलवाला, नेपाल, ९ असार)। यसले स्वतन्त्र र सक्षम न्यायपालिकाका पक्षधरहरूलाई भने चिन्तित तुल्याएको छ।

२१ वर्षअघि बिग्रेको बाटो

०४८ मा प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय थिए। तत्कालीन कानुनमन्त्री तारानाथ रानाभाटले आफ्नो पार्टी नेपाली कांग्रेसनिकटका कानुन व्यवसायीहरूको सूची पेस गर्दै न्यायाधीश नियुक्तिका लागि सिफारसि गरे। आफूले भनेका व्यक्ति नियुक्त नहुन्जेल बैठकलाई अनिर्णत बनाइरहे। उता अदालतहरू भने एकपछि अर्को गरी रित्तँदै गएकाले कतै शून्यमा जाने हुन् कि भन्ने चिन्ता उपाध्यायको थियो। आफ्नो पालामा अदालत शून्यमा जान सक्ने भयले रानाभाटसँग सम्झौता गर्न पुगे उनी। न्यायपरिषद्का अन्य सदस्य सुरेन्द्रप्रसाद सिंह, त्रिलोकप्रताप राणा र शम्भुप्रसाद ज्ञवालीको केही सीप चलेन। कांग्रेस निकटस्थ छवि भएका मोहनप्रकाश सिटौला, गिरीशचन्द्र लाल, गोपाल पराजुली, विश्वनाथ जोशी, दीपकराज जोशीलगायतलाई पुनरावेदन अदालतका न्यायाधीश बनाएरै छाडियो।

यति मात्र होइन, त्यस बेला कानुन व्यवसायीबाट न्यायाधीशमा नियुक्त गर्न लागिएका दीपकराज जोशीको योग्यता नै पुगेन। वकालतका लागि प्रमाणपत्र लिएको १० वर्ष पुगेको हुनुपर्ने नियमले उनलाई छेकेका कारण लेखिसकिएको निर्णय काटकुट पारियो। तर, तिनको विकल्प खोजिएन। तिनकै लागि थप १० दिन कुर्‍यो, न्यायपरिषद्। अवधि पुगेपछि नियुक्ति भयो। तिनै जोशी अहिले पुनरावेदन अदालतमा मुख्य न्यायाधीश छन्।

१८ कात्तिक ०४८ मा भएको त्यही नियुक्ति राजनीतिक आस्था र निकटताका आधारमा भएको सन्देश प्रवाह भएपछि न्यायालयमा सिंहदरबारको प्रभावबारे खुलेर छलफल हुन थाल्यो। त्यही दिनबाट अदालतमा राजनीतिको घुसपैठ मान्य मात्र भएन, अन्य राजनीतिक शक्तिहरू पनि आफ्नो उपस्थितिका लागि बाटो खोज्न थाले। जस्तो : नेकपा एमालेको अल्पमतको सरकार बनेपछि सुवासचन्द्र नेम्वाङ कानुनमन्त्रीका हैसियतले न्यायपरिषद् सदस्य भए। त्यस बेला पनि सिंहदरबारको प्रभावमा गोविन्दकुमार उपाध्याय पुनरावेदन अदालतमा न्यायाधीश बन्न पुगे। हाल पुनरावेदनमा मुख्य न्यायाधीश रहेका उपाध्याय तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालका भाइ हुन्।

खासमा ०४७ को परविर्तनपछि दलीय राजनीतिको छायाँ अदालतमा पर्न थालेको हो। नियुक्तिमा भागबन्डा र राजनीतिक आस्थाका आधारमा अवसर दिन थालिएपछि उम्दा प्रतिभाहरू न्यायाधीशका रूपमा अदालत जानै अनिच्छुक बन्न थाले। राजनीतिक दबाबमा नियुक्त भएका त्यस्ता कतिपय न्यायाधीशहरूको कार्यसम्पादन अहिले पनि विवादमुक्त र गुणस्तरीय बन्न सकेको छैन। कांग्रेस लामो समय सत्तामा रहेका कारण त्यस खेमाका कानुन व्यवसायीले न्यायाधीश बन्ने अवसर केही बढी पाए।

त्यसो त कांग्रेसका अत्यन्त निकटवर्ती अनुपराज शर्मा प्रधानन्यायाधीश नै भए। त्यस्तै लक्ष्मणप्रसाद अर्याल पनि सर्वोच्चका न्यायाधीशबाट निवृत्त भए। तर, यी यस्ता अपवाद पात्र हुन्, जसको न्यायिक कामकारबाहीमा दलीय आग्रहको प्रश्न कसैले उठाउन सकेनन्। ०४८ मा काननुमन्त्री रानाभाटको सिफारसिमा न्यायाधीश भएकाहरूले पनि आफ्नो दलीय आबद्धतालाई भने प्रकट गरेनन्।

०६२/६३ को आन्दोलनपछि भागबन्डालाई संस्कृतिकै रूपमा अँगालियो। त्यसअघि सीमित व्यक्ति र शक्तिको मात्र प्रभाव रहेको अदालतमा खुलेआम आफ्नो भाग खोज्ने प्रवृत्ति हावी भयो। खासगरी ०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारका कानुनमन्त्री प्रेमबहादुर सिंहले त न्यायाधीश नियुक्तिमा यति अचाक्ली गरे कि ०४८ को निर्णय नै ओझेल पर्‍यो। एक होइन, अनेक दल र शक्तिकेन्द्रबीच भागबन्डा गरियो। आ-आफ्ना कोटामा दलहरूले नै न्यायाधीश सिफारसि गरे। र, त्यसलाई तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझी नेतृत्वको न्यायपरिषद्ले २८ भदौ ०६६ मा अनुमोदन मात्र गर्‍यो। त्यतिबेला माओवादी, तराईका क्षेत्रीय दल र केही जातीय समूहहरू न्यायाधीशको भागबन्डा दाबी गर्नेमा परे। माओवादीबाट रेवन्तबहादुर कुँवर, सत्यमोहन जोशी थारू, कांग्रेसबाट नीता गौतम दीक्षित, रामचन्द्र यादव, द्वारकिामान जोशी, सारंगा सुवेदी, रत्नबहादुर वागचन्द नियुक्त भए भने एमालेबाट शिवराज अधिकारी, थीरबहादुर कार्की, राजकुमार वन, विदुरविक्रम थापा पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भए। मधेसवादी दलहरूको कोटामा मिहिरकुमार ठाकुर नियुक्त भए। न्यायपरिषद्का पूर्वसचिव काशीराज दाहाल भन्छन्, "न्यायपालिकामा प्रभाव र वर्चस्व कायम गर्ने उद्देश्यले ०४७ सालदेखि नै दलहरूले यस्तो कसरत गर्दै आएका हुन्। यसमा घटीबढी मात्र हो। अहिले देखिएको घटना यसको विस्तारति स्वरूप मात्र हो।"

परिषद्मै कार्यकर्ता

न्यायाधीशहरूको नियुक्ति र कारबाही गर्ने प्रमुख निकाय हो, न्यायपरिषद्। त्यसैले न्यायपरिषद्का सदस्यहरूलाई न्यायाधीशका पनि न्यायाधीश भनिन्छ। तर, यस्तो महत्त्वपूर्ण र संवेदनशील निकायमै राजनीतिक कार्यकर्ता भर्ती गरएिपछि त्यसको कामकारबाही कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ, जुन कुरा व्यवहारबाट प्रस्ट भएको छ। प्रधानन्यायाधीश अध्यक्ष, सर्वोच्चका वरष्िठतम न्यायाधीश र कानुनमन्त्री पदेन सदस्य हुने परिषद्मा थप दुई कानुनविद् क्रमशः प्रधानमन्त्री र नेपाल बार एसोसिएसनको सिफारसिका आधारमा नियुक्त हुने व्यवस्था छ। यसरी नियुक्त हुने सदस्यहरू वरिष्ठ मात्र होइन, ख्यातिप्राप्त, उच्च नैतिक चरत्रि र सक्रिय राजनीतिमा संलग्न नभएको हुनुपर्छ। तर, न्यायपरिषद्का सदस्यद्वय खेमनारायण ढुंगाना र उपेन्द्रकेशरी न्यौपाने दुवै राजनीतिक कार्यकर्ताको छाप लागेका व्यक्ति हुन्।

ढुंगाना परिषद् सदस्यमा नियुक्त हुँदा नेकपा एमालेको अनुशासन आयोग सदस्य थिए भने एमालेबाट विभाजित तत्कालीन नेकपा मालेका केन्द्रीय सदस्य पनि भएका थिए। एमाले प्रधानमन्त्री झलनाथ खनालको कोटाबाट उनलाई परिषद् सदस्य नियुक्त गरएिको थियो। न्यौपानेलाई बारका तर्फबाट भनिए पनि कांग्रेस नेताहरूको दबाबमा नियुक्त गरएिको थियो। उनी पनि कानुन व्यवसायमा भन्दा खेलकुद परिषद्, समाज कल्याण परिषद्लगायतमा राजनीतिक नियुक्तिमा धेरै समय बिताएका व्यक्ति हुन्। उनी परिषद्मा आउने अर्को योग्यता बन्यो, कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष।

परिषद्मै राजनीतिक कोटाबाट दलहरूले आ-आफ्ना कार्यकर्ता भर्ती गरेपछि तिनले गर्ने काम पनि आ-आफ्ना दलकै निर्देशन र स्वार्थमा हुनु कुनै अनौठो नभएको टिप्पणी गर्छन्, सर्वोच्च अदालतका एक पूर्वन्यायाधीश। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरष्िठ अधिवक्ता शम्भु थापा त शपथलगत्तै न्यायाधीशहरू आ-आफ्ना पार्टी कार्यालय जानु पनि स्वाभाविक ठान्छन्। भन्छन्, "जहाँबाट नियुक्त भएका थिए, त्यहीँ गए। यसमा कुनै अनौठो मान्नुपर्ने कुरा छैन।"

०४७ सालको संविधान छउन्जेल न्यायपरिषद्मा प्रधानन्यायाधीश अध्यक्ष, दुई वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री र राजाद्वारा मनोनीत कानुनविद् सदस्य हुन्थे। त्यतिखेर मन्त्रीले मात्र राजनीतिक दलको प्रतिनिधित्व गर्थे। कानुनविद्बाट नियुक्त हुने सदस्य उच्च प्रतिष्ठा भएकाहरू नै हुन्थे। शम्भुप्रसाद ज्ञवाली, मुकुन्द रेग्मी, प्रचण्डराज अनिल, हिरण्यश्वरमान प्रधान, मेघराजबहादुर विष्ट, भैरवप्रसाद लम्साललगायत कानुनविद्का रूपमा न्यायपरिषद् सदस्यमा नियुक्त भएका थिए। उनीहरूले कुनै दल वा राजनीतिक शक्तिकेन्द्रको भन्दा पनि पेसागत दक्षता र प्रतिष्ठालाई नै आफ्नो परचियका रूपमा प्रदर्शन गरे। तर, ०६२/६३ को परविर्तनपछि अन्तरमि संविधानमा न्यायाधीशको संख्या घटाएर कानुनविद्का रूपमा नेपाल बार एसोसिएसनबाट प्रतिनिधि पठाउने व्यवस्था गरियो। कानुनमन्त्री, सर्वोच्चका वरिष्ठतम न्यायाधीश, प्रधानमन्त्रीबाट सिफारसि कानुनविद् र बारबाट सिफारसि कानुनविद् सदस्य हुन्छन्। "पाँच सदस्यमा तीन जना पूर्णतः राजनीतिक पृष्ठभूमिबाट आउने भएपछि त्यो संस्था न्यायिक भयो कि राजनीतिक भयो, तपाईं आफैँ भन्नूस्," सर्वोच्चका एक पूर्वन्यायाधीश प्रश्न गर्छन्, "अनि, त्यसले गर्ने काम कसरी राजनीतिबाट बाहेक हुन सक्छ ?" अहिले विभिन्न शक्तिकेन्द्रका प्रतिनिधि न्यायपरिषद्मा भेला हुने र तिनले आ-आफ्नो शक्तिको सिफारसि र स्वार्थमा काम गर्न थालेकाले शक्ति सन्तुलन कायम गर्ने थलोका रूपमा न्यायपरिषद् परिणत भएको उनको भनाइ छ।

न्यायपालिकाको स्वतन्त्रता र विशिष्टता कायम राख्नका लागि न्यायपरिषद्को नेपालको संरचनालाई मौलिक र नमुना मानिन्छ। "नेपाली विधिशास्त्रीहरूको देन हो यो," अधिवक्ता भीमार्जुन आचार्य भन्छन्, "कतिपय मुलुकले नेपालको यही व्यवस्थाको नक्कल गरेर न्यायिक स्वतन्त्रता सुनिश्चित गरेका छन्। तर, हामीकहाँ यसलाई सञ्चालन गर्ने केही पात्रहरू ठीक भएनन्।"

दूरगामी प्रभाव

अदालतमा राजनीतिक घुसपैठ त पञ्चायतकालमै पनि थियो। त्यतिखेर क्षेत्रीय र सर्वोच्च अदालतमा कानुन व्यवसायी क्षेत्रबाट न्यायाधीश नियुक्ति गरिन्थ्यो। बहुदलप्रति झुकाव हुनु त्यतिखेर न्यायाधीशका लागि प्रमुख अयोग्यता थियो। यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिने विशेष अदालतको ०३५ माघ २६ को फैसला त राजनीतिक प्रभावको नमुना मात्र होइन, नेपालको न्यायपालिकामाथि लागेको कलंककै रूपमा लिइन्छ।

०४६ को परविर्तनपछि पनि केही न्यायालयका केही फैसला र आदेशहरूमा राजनीतिक शक्तिको प्रभाव वा पूर्वाग्रहको गन्ध नआएका होइनन्। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद् विघटन गरी निर्वाचनमा जान लिएको निर्णय १२ भदौ ०५२ मा प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले बदर गरिदियो। त्यसै गरी, अर्का प्रधानन्यायाधीश मोहनप्रसाद शर्मासमेतको इजलासबाट लोकमानसिंह कार्कीको पक्षमा फैसला भयो, जसले राजप्रासाद सेवाको अपारदर्शी र प्रतिस्पर्धाविहीन जस्केलाबाट निजामती सेवामा छिरेका व्यक्तिलाई बढुवाका लागि योग्य बनाइदियो। र, दर्जनौँ वरिष्ठ सहकर्मीलाई उछिनेर कार्कीले कलिलै उमेरमा सहसचिवका रूपमा बढुवा हुने मौका पाए। यस्ता अरू पनि प्रसंग छन्, जसले न्यायालय राजनीति प्रभावित भएको आरोप पटक-पटक लाग्ने गरेका छन्। तर, यी घटनालाई अपवाद मानिन्छ। "अझै पनि हाम्रो न्यायालय त्यति साह्रो बिगि्रसकेको छैन," अधिवक्ता आचार्य भन्छन्, "केही पात्रका कारण अदालत बेलाबेलामा विवादमा पर्ने गरेको हो। अदालतलाई त्यस्ता विवादबाट जोगाउनका लागि भने नियुक्तिदेखि नै ध्यान दिन सक्नुपर्छ।"

०४८ मा जिल्ला न्यायाधीशको समेत योग्यता नपुगेका, अधिकृतको जाँचमा समेत विफल भएका व्यक्तिहरूलाई राजनीतिक दबाबमा नियुक्त गरिएको भन्दै नेपाल बार एसोसिएसनले संस्थागत रूपमै विरोध गर्‍यो। कनिष्ठ, कमजोर र कमसल व्यक्तिलाई अगाडि लगाएपछि पछाडि हिँड्ने कोही पनि सक्षम र स्वाभिमानी व्यक्ति जान गाह्रो मान्न थालेका छन्। त्यसको प्रभाव फैसलाको गुणस्तर र समग्र न्यायपालिकाको कार्यसम्पादनमा पररिहेको सर्वोच्चका न्यायाधीशहरू बताउँछन्।

अहिले पुनरावेदनमा नियुक्त भएका न्यायाधीशमध्ये कतिपय पार्टीका कार्यकारी समितिमा रहेर काम गरेका व्यक्ति छन्। पार्टीकै उम्मेदवारका रूपमा विभिन्न चुनाव लडेका छन्। कानुन व्यवसायीबाट नियुक्त सबै न्यायाधीशहरू पार्टीको कोटाबाट आएका छन् (हेर्नूस्, बक्स)। पार्टीको सिफारसिबाट आएको कुरा शपथलगत्तै उनीहरूले पार्टी कार्यालयमा पुगेर पनि पुष्टि गरसिकेका छन्। पुनरावेदन हुँदै अब यो रोग सर्वोच्चमा पुग्नेछ। जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशको सरुवा र पदस्थापनपछि परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि तयारी थाल्नेछ।

अर्को, जटिल पक्ष के भने २६ जेठमा न्यायपरिषद्को बैठकले गरेको निर्णय अनुसार पुनरावेदन र जिल्लामा गरी १ सय ६९ नयाँ न्यायाधीश नियुक्त गरिएको छ। नियुक्ति भइसकेपछि हतपती न्यायाधीशलाई हटाउने चलन छैन। हटाउने प्रक्रिया पनि सजिलो छैन। पुनरावेदनमा दरबन्दी पूर्ति गरेर थप ३३ न्यायाधीश अतिरत्तिm भने नियुक्त गरिएको छ। बाग्लुङ, इलाम, धनकुटा, तुलसीपुर, सुर्खेत, जुम्लालगायत धेरै पुनरावेदन अदालत यस्ता छन्, जहाँ दुई जना न्यायाधीशका लागि पनि काम हुँदैन। धेरैजसो समय खाली बस्नुपर्छ। त्यसमाथि दर्जनौँ अतिरत्तिm न्यायाधीश थपिँदा कति कामविहीन हुने हुन्, यकिन छैन। एकातिर कामविहीन बस्नुपर्दा न्यायाधीशमा निराशा बढ्न सक्छ भने अर्कोतिर आगामी चार-पाँच वर्षसम्म कुनै नयाँ योग्य व्यक्तिले प्रवेश पाउने बाटो बन्द हुनेछ। अहिले भागबन्डा मिलाउन न्यायाधीशको सूची लामो बनाइएको छ। भोलि यिनै न्यायाधीशको व्यवस्थापन गर्न नसकेर सर्वोच्च र न्यायपरिषद्को टाउको दुखाइ हुन सक्छ।

अहिले राजनीतिक दल र नेताको आशीर्वादबाट नियुक्त हुने न्यायाधीशहरू उमेरमा कान्छा छन्। योग्यतामा कमजोर छन् र अनुभवहीन छन्। तिनले ठाउँ ओगटिरहेसम्म न त नयाँ प्रतिभाका लागि ठाउँ खाली हुनेछ, न क्षमतावान् व्यक्तिहरू आउन नै तयार हुनेछन्। सर्वोच्चका एक बहालवाला न्यायाधीश भन्छन्, "०४८ सालको नियुक्तिले अहिलेसम्म प्रभाव पाररिहेकै छ। अब अर्को पुस्ता सुधि्रन्छ कि भनेको त झन् बिग्रने भयो।" ती न्यायाधीशका भनाइमा अहिले पुनरावेदनमा नियुक्त कतिपय न्यायाधीश केही वर्षपछि बढुवा भएर सर्वोच्चमा आउनेछन् तर उनीहरूको योग्यताचाहिँ त्यसपछि मात्र पुनरावेदनका लागि पुग्नेछ। "यो अरू जागिरजस्तो होइन। मान्छेको जीउधन, स्वतन्त्रता, जेलनेल, पदसम्बन्धी निर्णय गर्नुपर्ने पद हो," ती न्यायाधीश भन्छन्, "यसरी न्यायाधीश नियुक्त गर्दा जनताको न्याय पाउने अधिकारमै प्रत्यक्ष प्रभाव पर्छ भन्ने कुरासम्म पनि सोच्न नसक्ने टिम यसपालिको न्यायपरिषद्मा देखियो।"

यसबाट के देखिन्छ भने राजनीतिबाट अदालत स्वतन्त्र हुन सकेको छैन। राजनीतिक शक्तिकेन्द्रहरूले सकेसम्म आफ्नो प्रभावमा अदालतलाई राख्ने प्रयास गर्दै आएका छन् भने कुनै न कुनै रूपमा त्यसको असर न्यायिक प्रक्रियामा पनि परेको छ। राजनीतिक शक्तिको झन्डा बोकेको भरमा नियुक्त भएका न्यायाधीशहरूले त झन् के पो गर्ने हुन् !



"यी जहाँबाट नियुक्त भएका थिए, त्यहीँ गए। कसैले अचम्म मान्नुपर्दैन ।"

शम्भु थापा, वरिष्ठ अधिवक्ता एवं पूर्वअध्यक्ष, नेपाल बार एसोसिएसन











" न्यायपालिकामा प्रभाव कायम गर्न ०४७ देखि नै दलहरूले कसरत गर्दै आएका हुन् ।"

काशीराज दाहाल, पूर्वसचिव, न्यायपरिषद्











न्यायपरिषद्को २६ जेठको निर्णय अनुसार नियुक्त न्यायाधीश र तिनका राजनीतिक शक्ति






"पार्टीको कार्यकर्ता हो कि होइन, हाम्रो छनोटको विषय थिएन"

उपेन्द्रकेशरी न्यौपाने, सदस्य, न्यायपरिषद्

कसरी छनोट गर्नुभयो न्यायाधीश ?

यसपटकको नियुक्ति प्रक्रिया पहिलाभन्दा व्यापक र फरक छ। नयाँ प्रक्रियाको सुरुआत भएको छ। यसमा पनि सुधार गर्दै, पारदर्शी बनाउँदै लैजाने दायित्व परिषद्मा थपिएको छ। यसमा परिषद् सचेत छ। तर पनि परिणाममा तात्त्विक भिन्नता छ भनेर बुझाउन अझै बाँकी देखिन्छ।

भनेपछि यस्तै व्यक्तिहरू खोज्नुभएको थियो तपाईंहरूले ?

राष्ट्रिय भावना, संवैधानिक चाहना, स्वतन्त्र न्यायपालिकाको आवश्यकता र उपलब्ध जनशक्तिबीचको छनोट नै हाम्रो निर्णयको आधार हो। प्रक्रिया, पद्धति र नीतिभित्र बाँधी हेर्दा म सन्तुष्ट छु। उत्तम खोज्नु राम्रो कुरा हो, उपलब्धता अर्को कुरा हो। दुवैबीचको सन्तुलन परिणाम हो।

यीभन्दा योग्य, ज्येष्ठ र विवादमुक्त व्यक्तिहरू थिएनन् भन्न खोज्नुभएको हो ?

कर्णाली क्षेत्र, सुदूरपश्चिमाञ्चल, त्यति मात्र होइन मधेस र महिलाभित्र उपलब्ध जनशक्तिबीचबाट नै हामी निर्णयमा पुग्नुपथ्र्यो। खुला आकाशबाट छनोट गर्न मिल्ने अवस्था अहिलेको प्रक्रियामा थिएन। प्रक्रियाले परिषद्लाई पनि बाँध्छ र प्रक्रिया आफँैमा जवाफ पनि हो। यस तथ्यलाई दृष्टिगत गरी मूल्यांकन गर्नुभयो भने तपाईंले निकाल्ने परिणाम पनि खास फरक हुने छैन।

न्यायाधीश भइसकेपछि पार्टीका नेतालाई भेट्न पार्टी कार्यालयमा लर्को लाग्न पुगे । यसबाट त सामान्य मूल्यमान्यता र आचारसंहिताको समेत ज्ञान नभएका व्यक्ति नियुक्त गरेको देखियो नि ?

यो प्रश्न र वास्तविकताबीच कति सत्यता छ, त्यो पनि परीक्षणकै विषय हो। तर पनि आचारसंहिताको विषय परिषद्को अध्ययनको विषय सधैँ बन्छ। पत्रिकामा नाम आएका कतिपय न्यायाधीशले 'हामी संलग्न छैनाँै' भन्ने निवेदन पनि परिषद्मा दर्ता गराएका छन्। पत्रिकामा प्रकाशित सबै तथ्य ठीक छन् भन्ने अनुमानमा कारबाही अगाडि बढ्ने अवस्था हुँदैन। अध्ययन र छानबिनको विषय भने हुन सक्छ। अन्य विषय छानबिनपछि मात्र भन्न सकिन्छ।

छानीछानी कसरी पार्टीकै कार्यकर्ता, न्यायपरिषद्का पदाधिकारीकै आफन्त, न्यूनतम शैक्षिक योग्यता पनि कैयौँपटक फेल भएर हासिल गरेका व्यक्तिहरू पर्न गएछन् ?

पार्टीका कार्यकर्ता हुन् कि होइनन्, हाम्रो छनोटको विषय थिएन र हुँदैन पनि। नियुक्ति पाएका व्यक्तिलाई पत्रपत्रिकाले तर, कुनै न कुनै पार्टीसँग जोडेर वर्गीकरण गरिदिएको हुन्छ। हाम्रो समाज अत्यन्तै संकुचित छ। अर्कोतर्फ आस्था नभएका व्यक्ति हुन्छन् भनेर सोच्न थालियो भने त्यो व्यक्तिको कुनै प्रतिबद्धता पनि नहुन सक्छ। स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था पनि एउटा प्रतिबद्धता हो। त्यति धेरै निरपेक्ष भएर हेर्न हुँदैन। अन्य देशका नियुक्ति पनि आस्थाबाट निरपेक्ष हुन्छन्, छन् भन्न सकिँदैन। यति हुँदाहुँदै पनि न्यायाधीशको मर्यादा राख्ने र क्षमता, दक्षता प्रत्येक व्यक्तिसँग रहेको छ भन्ने विश्वास नियुक्त गर्ने निकायले लिएको हुनुपर्छ।

न्यायपरिषद्को इतिहासमै यसरी नांगो रूपमा राजनीतिक भागबन्डा गरिएको थिएन भनेर वरिष्ठ कानुन व्यवसायी र न्यायाधीशहरूले नै असन्तुष्टि जनाइरहेका छन् नि ?

वर्तमान सम्झन सजिलो छ, विगतलाई सम्झन दुःख गर्नुपर्छ। वर्तमानमा तपाईंले जे भन्नुभएको छ, विगतमा पनि यस्तै भनाइ पत्रपत्रिकामा नदेखिएका होइनन्। यो सोचेजस्तो भागबन्डा होइन। हाम्रो समाज राजनीतिक रूपमा तल्लो तहसम्म वर्गीकृत भएको अवस्थामा यस्ता प्रश्न गर्न सजिलो भने पक्कै भएको छ। त्यस्तो कुनै भागबन्डाको विषय छैन।



"परिषद्को औचित्यमाथि प्रश्न"

हरिहर दाहाल, वरिष्ठ अधिवक्ता एवं पूर्वअध्यक्ष, नेपाल बार एसोसिएसन

बहुदलीय व्यवस्थामा आस्था निरपेक्ष त कोही हुँदैन। तर, न्यायाधीश हुन्छु भन्नेले दलीय पहिचानबाट मुक्त हुन सक्नुपर्छ। दलको झन्डा बोकेर न्यायाधीश बन्ने वा न्यायाधीश बनेर दलको झन्डा बोक्न कसैले खोज्छ भने त्यसले न आफ्नो काम सफलतापूर्वक गर्न सक्छ, न न्यायालयकै स्वतन्त्रताको संवर्द्धनमा योगदान गर्न सक्छ। त्यसैले न्यायाधीश बन्न चाहने व्यक्तिले स्वतन्त्र पहिचान कायम राख्न सक्नुपर्छ। न्यायाधीश बन्छु भनेर प्रण गर्नेले दलीय आबद्धता र झुकाव परित्याग गर्नैपर्छ। स्पष्ट रूपमा दलकै झन्डा बोकेर, चुनाव लडेका, पार्टीको छाप लागेका व्यक्ति न्यायाधीश बन्न हिँड्नुले राम्रो सन्देश दिँदैन। त्यस्ताले निष्पक्ष भएर न्याय दिन्छु भनेर पनि दिन सक्दैन।

यसतर्फ न्यायपरिषद्ले पनि गम्भीरतापूर्वक विचार गर्नुपर्ने हो। न्यायाधीश बन्ने योग्यता राख्छ कि राख्दैन भनेर हेर्ने पहिलो मापदण्ड नै कुनै व्यक्ति दलको कार्यकर्ता हो कि कानुनकै पेसाकर्मी हो भन्ने हुनुपर्ने हो। तर, यति पनि विवेक पुर्‍याएको देखिँदैन। त्यसैले न्यायपरिषद्कै औचित्यमाथि दिनप्रतिदिन प्रश्न उठ्न थालेको छ। उसले आवेदन माग्यो, परीक्षा लियो। यतिसम्म ठीकै छ तर परीक्षाबाट उत्कृष्टतम ठहरिएकालाई लिएँ भन्न सक्नुपथ्र्यो। त्यो भन्न सक्ने अवस्थामा परिषद् छैन। त्यसैले उसको छनोट पद्धति पनि प्रश्नको घेरामा परेको छ।

राष्ट्रिय जीवनका हरेक क्षेत्रमा मूल्यमान्यता ह्रास भएको छ। राजनीतिको कुरा छाडौँ। न्यायिक नेतृत्व नै आफ्नो मूल्यमान्यतालाई तिलाञ्जलि दिएर प्रधानमन्त्री बन्न हिँड्छन्। न्यायिक स्वतन्त्रता, मूल्यमान्यताका संरक्षक नै राजनीतिक पदको पछाडि दगुर्न थालेपछि अरूबाट के अपेक्षा गर्ने ? बहालवाला त परै जाओस्, भूतपूर्व प्रधानन्यायाधीश पनि प्रधानमन्त्री बन्न सक्दैन भन्ने मूल्यको पैरवी हामी गररिहेका छौँ तर हामी प्रधानन्याधीश र प्रधानमन्त्री एउटै व्यक्ति रहेको मुलुकमा बसिरहेका छौँ। खिलराज रेग्मी प्रधानन्यायाधीश पदबाटै राजीनामा गर्न तयार छैनन्। शिरबाटै विकृति सुरु भएको छ।

मन्दिरमा ब्रह्मलुट

  • गुठी र मन्दिरको सम्पत्ति गुठियार, पुजारी, सहायक पुजारीलगायतको निजी सम्पत्तिजस्तो

ललितपुर, पाटनमा अवस्थित बगलामुखी मन्दिरको आयस्ताबाट टुहुरा बालबालिका पढ्ने विद्यालय र सस्तोमा उपचार गर्न सकिने अस्पताल बनाउने प्रस्ताव ६ वर्षअघि संस्कृतिविद् गोविन्द टण्डनले लिएर जाँदा त्यहाँका पुजारीहरूले फर्काइदिए। मन्दिरले अस्पताल सञ्चालन गर्ने भएपछि व्यक्तिले प्रयोग गर्दै आएको शंखमूल, वाग्मतीछेउको एक रोपनी पर्ती जग्गाको समेत बन्दोबस्त भइसकेको थियो। तर, मन्दिरमा चढ्ने भेटीघाटीसहितको आम्दानी पुजारी, देउपाला र भण्डारीहरूले देखाउनै नमानेपछि योजना त्यत्तिकै तुहियो।

मन्दिरको भेटीघाटीबाट कति आम्दानी हुन्छ भन्ने लेखाजोखा अहिलेसम्म कसैसँग छैन। भक्तजनको चाप हेर्दा मन्दिरले अस्पताल निर्माण र सञ्चालन गर्ने ल्याकत राख्थ्यो भनेर टण्डनले त्यस्तो योजना बनाएका थिए। यो त बगलामुखी मन्दिरको प्रसंग भयो। यस्तै अवस्था अरू नाम चलेका मन्दिरको पनि छ। जबकि, ती सबै मन्दिरमा व्यवस्थापन समिति छन्। तर, ती समितिहरू मन्दिरको आम्दानीबारे थाहा पाउने हैसियत राख्दैनन्। समिति मन्दिर संरक्षण, सरसफाइ, आएका भक्तजनहरूलाई व्यवस्थापन गर्नेजस्ता काममै अल्भिmएको हुन्छ।

मन्दिरको आयस्रोतबारे महन्त, पुजारी, भण्डारी र देउपालालाई बाहेक अरूलाई जानकारी हुँदैन। "मन्दिरभित्र कति नगद र जिन्सी बटुलियो भनेर सोधीखोजी गर्ने अधिकार हामीलाई छैन," बगलामुखीको व्यवस्थापनमा पनि भूमिका भएको ललितपुरस्थित कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गी भन्छन्, "राज्यले हस्तक्षेप नगरी मन्दिरभित्रको आम्दानी खुल्ने सम्भावना छैन।"

बगलामुखीमा सुनका सिक्री, मारवाडी समुदायका भक्तजनहरूले एक लाख रुपियाँसम्म चढाउने गरेको भजनमण्डलीका सुरेश खड्गी बताउँछन्। तर, आय व्यक्तिकहाँ जान्छ। "संस्था बलियो हुनुपर्नेमा व्यक्ति धनी हुँदै छ। मन्दिरको आम्दानी समुदायको हितमा प्रयोग हुन सकेन," खड्गी थप्छन्। बगलामुखीमा मासिक कम्तीमा ५० हजार भक्तजन आउँछन्। उनीहरूले चढाउने भेटी औसत १० रुपियाँ मान्ने हो भने मात्रै पनि महिनाको पाँच लाख रुपियाँ भेटी संकलन हुन्छ र वाषिर्क ६० लाख रुपियाँ। त्यसबाहेक गरगहना र विशेष पूजामा चढाइने भेटीघाटी, दानदक्षिणा पनि थपिन्छ। मन्दिरमा चढाइने गरगहनाको समेत हिसाब गर्दा वाषिर्क आम्दानी करबि एक करोड रुपियाँ नाघ्ने खड्गीको अनुमान छ।

मन्दिरको गुठीका नाममा जग्गाजमिन रहे पनि अहिले त्यसको अवस्थाबारे ललितपुर गुठी संस्थान कार्यालयलाई पत्तो छैन। "अरू गुठीको जस्तो धेरै छैन," कार्यालयका प्रमुख भरत सुवेदी भन्छन्। मन्दिरको आम्दानीको मुख्य स्रोत भक्तजनहरूले चढाउने भेटीघाटी हो।

बगलामुखी मात्रै होइन, देशभरका प्रायः धनी भनिएका प्रमुख मन्दिरहरूमा चढाइने भेटीघाटी, दानदक्षिणा तथा चन्दाको आम्दानीले मन्दिरसँग जोडिएका माफियाको गोजी भर्ने काम मात्रै भइरहेको छ। भक्तजनको भीड हुने र प्रशस्त चलअचल सम्पत्ति रहेका मन्दिरमध्ये कसैको पनि न आम्दानी-खर्च पारदर्शी छ, न त चलअचल सम्पत्तिको यकिन तथ्यांक नै।

जस्तो : काठमाडौँमा रहेको प्रसिद्घ पशुपतिनाथ मन्दिरलाई नै हेरौँ। एक वर्षदेखि आम्दानी पारदर्शी बनाइएको पशुपतिनाथमा समेत भण्डारीहरूले दर्शनार्थीले चढाएको भेटी लुकाउने गरेको घटना सामान्य नै हो। पशुपति क्षेत्र विकास कोषका एक पूर्वसदस्य-सचिवको अनुभव छ, "न लाठीले हान्नु न निकाल्नु। आँखैअगाडि ठग्न खोज्छन्। तर, पारदर्शिताको सुरुआत हुनु नै ठूलो कुरा हो भनेर अहिले कोषका पदाधिकारीहरू चुप लाग्नुपर्ने अवस्था छ।"

पशुपतिनाथ मुलुककै सबैभन्दा धनी मन्दिर हो। यो वर्ष मात्रै मन्दिरको भेटीघाटीबाट मात्रै आठ करोड रुपियाँ आम्दानी भयो। कोष मातहतमा ४ हजार ६ सय रोपनी र विभिन्न गुठीका नाममा करबि तीन हजार रोपनी जग्गा छ। यो जग्गाबाट वाषिर्क १ करोड ४० लाख रुपियाँ आम्दानी हुन्छ। त्यसबाहेक पर्यटन शुल्कबाट ८ करोड, पार्किङ्बाट २५ लाख, किरियापुत्रीबाट २५ लाख रुपियाँ वाषिर्क आम्दानी हुन्छ। कोषले १ हजार ३ सय रोपनी जग्गा हालै अधिकरण गरेको छ।

काठमाडौँमै रहेको अर्को मन्दिर दक्षिणकालीको ३ सय ६० रोपनी जग्गा छ। पुजारी र मन्दिर क्षेत्र विकास समतिका पदाधिकारीहरूका अनुसार शनिबार करबि १ हजार ५ सय र अन्य दिन दुई सय भक्तजन दक्षिणकालीको दर्शन गर्न पुग्छन्। मासिक १० हजार मन्दिरको दर्शन गर्न पुग्छन्। एक जनाले औसत १० रुपियाँ मात्र भेटी चढाउँदा पनि मन्दिरमा चढाइने भेटीबाट मात्रै वाषिर्क १२ लाख रुपियाँ उठ्छ। तर, यसको हिसाबकिताब छैन। त्यसबाहेक बली दिँदा ५० देखि डेढ सय रुपियाँ लाग्छ। मन्दिर क्षेत्र विकास समितिले पार्किङ्, प्रवेश शुल्क, पिकनिक स्पट, हाटबजार र पसलको भाडाबापत वाषिर्क ८० लाख आम्दानी गर्छ। जग्गाजमिनबाट करबि चार लाख रुपियाँ कुत आउँछ। यसमा भक्तजनहरूले विशेष पूजा अर्चना गर्दा चढाउने ठूलो रकम र बहुमूल्य जिन्सीको गणना गरएिको छैन। गुठी र मन्दिरको आम्दानीबाट अस्पताल, विद्यालय, धार्मिक पर्यटनका पूर्वाधार निर्माण गर्न सकिने पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेशप्रसाद उप्रेती बताउँछन्। त्यसका लागि सबै मठमन्दिरको आम्दानी पहिले पारदर्शी हुनुपर्ने उनको भनाइ छ।

अधिकांश मन्दिरहरूमा दिनभरिको आम्दानी बेलुका पुजारी र उनका सहायकहरूबीच बाँडीचुँडी भागबन्डा हुन्छ। दक्षिणकाली मन्दिरका पुजारी प्रकाशमान कर्माचार्यका अनुसार मन्दिरमा जसको पालो परेको हुन्छ, दिनभरीखओ आम्दानी उनीहरूबीच बाँडिन्छ। मन्दिरमा दैनिक आधा दर्जन पुजारी आलोपालो बस्छन्। कर्माचार्यले आफ्नो आम्दानीबारे भने खुलाउन चाहेनन्। उल्टै पहिलेभन्दा घटेको दाबी गरे। यस्तो दाबी देशभरका मन्दिरका पुजारीहरूको साझा भएको गुठी संस्थानका उपसचिव हेमराज सुवेदी बताउँछन्। भन्छन्, "अहिलेसम्म डडेलधुराको उग्रतारा मन्दिरका पुजारी मात्रै मन्दिरको आम्दानीबाट सन्तुष्ट भएको भेटेँ, जहाँचाहिँ भक्तजनहरूको संख्या कम छ। अन्यत्र जहाँ पनि पूजा चलाउनै हम्मे पर्छ भन्ने गुनासो मात्रै सुनिन्छ। जबकि, मन्दिरहरूको वास्तविक अवस्था त्यस्तो हुँदैन।"

मन्दिरकै आम्दानीले त्यसको रेखदेख, संरक्षण गर्नु भनी तत्कालीन शासकहरूले मन्दिरका नाममा गुठी जग्गा छुट्याएका हुन्। गुठीका जग्गा र भेटीघाटीको आयस्ताबाट मन्दिरको संरक्षण, नित्य पूजा गर्ने चलन हो। साथै, समुदायको हितका लागि कामसमेत गर्ने दायित्व हुन्थ्यो। "तर, अहिले गुठी, मन्दिरका जग्गा सबै मासिन थाले," नेपाल गुठी संरक्षण पुचःका अध्यक्ष केदारभक्त माथेमा भन्छन्, "अब हाम्रो संस्कृति, सम्पदा नरहला कि भन्ने चिन्ता हुन थाल्यो।"

मन्दिरका गुठीका नाममा रहेका जग्गा व्यक्तिका नाममा दर्ता हुने, अतिक्रमण गरी बस्ती बसाल्ने समस्या देशभरि छ। अतिक्रमणमा गुठीको संरचना कति बलियो र रहस्यमयी छ भन्ने बुझ्न जनकपुरमा अवस्थित गुठीहरूको अध्ययन गर्न विगतमा संसद्को प्राकृतिक स्रोत र साधन समिति त्यहाँ पुग्न डराउनुले प्रस्ट हुन्छ। जानकी मन्दिरका नाममा रहेको जानकी मठ गुठीको जग्गा मन्दिरकै महन्त, पुजारीले आफन्तका नाममा बेच्न थालेको गुनासो आएपछि समितिले स्थलगत अध्ययन गर्ने निधो गर्‍यो। "महन्त, पुजारीहरूले भारतीय अपराधीहरू प्रयोग गरेर हामीमाथि नै आक्रमण गर्न सक्ने सूचना आएपछि जान सकिएन," पूर्वसभासद् कुलप्रसाद नेपाल भन्छन्, "जानकी मन्दिरको जग्गा, भेटीघाटीका बारेमा कसैले आवाज उठाए यस्तै अपराधीको सिकार हुनुपर्दो रहेछ।" अञ्चल प्रहरी कार्यालय जनकपुरका एक जना प्रहरी अधिकारी जनकपुरमा आपराधिक घटना बढ्नुको मुख्य कारण मन्दिरको आम्दानी भएको बताउँछन्। समितिले स्थलगत अध्ययन नगरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल गर्दा जानकी मठ गुठीमा अनियमितता र आपराधिक कार्यको संरक्षण भएको पाइएको उल्लेख गरेको छ। समितिको ०६८ सालको प्रतिवेदनमा भनिएको छ­, 'बाहिरबाट आएका गुन्डाहरूबाट अराजक स्थितिको सिर्जना भएको छ। पूजापाठ र गुठीको सम्पत्ति संरक्षणको दायित्व भएका महन्तहरू नै आपराधिक क्रियाकलापमा लागेको पाइन्छ।'

जानकी मन्दिर छुट गुठी अन्तर्गत पर्छ। मन्दिर मातहतका जग्गा गुठी संस्थानको स्वामित्वमा रहे पनि यसको आय-आयस्ता खुलस्त छैन। छुट गुठीले वर्षभरिको आम्दानी-खर्चको विवरण गुठीमा बुझाउनुपर्ने प्रावधान छ। तर, जानकी मन्दिरले वर्षौंदेखि हर-हिसाब बुझाएको छैन। सेनवंशी राजा माणिक सेनले विसं १७८४ मा जानकी मन्दिरलाई १ हजार ४ सय बिघा जग्गा दान दिएको उल्लेख छ। नवौँ महन्त विश्वम्भर दासका पालामा ती जग्गा जानकी र राममन्दिरमा गरी दुई ठाउँमा बाँडिएको उल्लेख भए पनि हाल ती जग्गा कहाँ पुगे, कसैलाई पत्तो छैन।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले ०६२ सालमा गठन गरेको उच्चस्तरीय कार्यदलका अनुसार विसं १९८३ को लगतमा जानकी मन्दिरका नाममा ९७ बिघा जग्गा रहेको छ। जनकपुरस्थित गुठी संस्थानको अभिलेखमा जानकी मन्दिरसँग १ सय २ बिघा जग्गा भएको देखिन्छ। जनकपुर नगरपालिकाको एकतिहाइ जग्गा जानकी मन्दिरसँग सम्बन्धित गुठीका नाममा छ।

कार्यदलले रायसहित दिएको प्रतिवेदनमा जानकी मन्दिरका वर्तमान महन्त रामतपेश्वर दास वैष्णव तथा उनका गुरु रामशरण दासका पालामा मन्दिरको जग्गा-जमिन अपचलन भएको ठहर गरेको छ। प्रतिवेदनमा भनिएको छ, 'जानकी मन्दिरको पुरानो श्रेस्ता अर्थात् सम्वत १९८३ को लगत गुठी संस्थान शाखा कार्यालय जनकपुरमा भेटाएनन्। १९८३ सालमा जानकी मन्दिरका नाममा कति जग्गा थियो, तीमध्ये कति जग्गा मनखप, दोकानी, पूजा कलममा गई कति जग्गा रैतानी नम्बरीमा परिणत भयो र कति तैनाथीमा कायम रह्यो, त्यसको यथार्थ श्रेस्ता गुठीले उपलब्ध गराउन सकेको देखिएन।' वर्तमान महन्तले जानकी मन्दिरको मातहातमा रहेको पोखरी पूरेर त्यस पोखरी र डिलको जग्गामा अनधिकृत रूपमा घर-सटर आदि बनाएको प्रतिवेदनमा उल्लेख छ।

जानकी मन्दिरवरपिरिका अति धार्मिक एवं संवेदनशील जग्गा महन्त रामतपेश्वर दास वैष्णव आफैँले वा आफन्तका नाममा अतिक्रमण गरेको प्रतिवेदनमा लेखिएको छ। वैष्णव भने आफूले मन्दिरको जग्गा तथा श्रीसम्पत्ति जोगाएको दाबी गर्छन्। भन्छन्, "स्थानीयवासी तथा दाताहरूको सहयोगमा मन्दिर सञ्चालन हुँदै आएको हो।"

आयस्ता पारदर्शी नहुँदा मन्दिरहरूको जीर्णोद्धार हुन सकेको छैन। ०६८ सालमा गोरखाको मनकामना मन्दिरको व्यवस्थापनबारे स्थलगत अध्ययनका लागि पुगेको व्यवस्थापिका-संसद्को प्राकृतिक स्रोत र साधन समितिको टोलीलाई पुजारी र व्यवस्थापन समितिले उल्टै संस्कृति मन्त्रालयले बजेट नदिएको गुनासो गरे। तत्कालीन समितिकी सदस्य रत्न गुरुङ भन्छिन्, "मन्दिरकै आम्दानीबाट समेत संरक्षणको काम गर्न सक्ने देखिन्थ्यो। तर, त्यो आम्दानी कहाँ जान्छ, कसैलाई पत्तो छैन।"

मनकामना मन्दिर ६ देखि १२ इन्चसम्म पश्चिम ढल्किसकेको छ भने भवन ठाउँ-ठाउँमा चर्किएको दखिन्छ। जीर्णोद्धार गर्न नौ करोड रुपियाँ लाग्ने पुरातत्त्व विभागको अध्ययनले देखाएको छ। मन्दिरको भेटी व्यवस्थित गरे राम्रै रकम जुट्ने भए पनि सरोकारवाला निकायहरू चन्दा उठाउन लागिपरेका छन्। मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेशबाबु श्रेष्ठका अनुसार चन्दामार्फत डेढ करोड रुपियाँ उठेको छ। भेटी र दान दक्षिणामा पुजारीको एकलौटी हक लाग्ने परम्पराले गर्दा मन्दिर संरक्षणको खर्च जुटाउन माग्दै हिँड्नुपरेको श्रेष्ठ बताउँछन्। भन्छन्, "दानदक्षिणा र भेटीघाटी कति हुन्छ, थाहा छैन।"

मनकामना दर्शन प्रालिको तथ्यांक अनुसार गत वर्ष केबलकार चढेर मन्दिर जानेको संख्या नौ लाख छ। यो संख्याले मन्दिरमा १० रुपियाँ भेटी चढाउने हो भने आम्दानी ९० लाख रुपियाँ हुन्छ। साथै, पैदल मार्गबाट समेत मनकामना पुग्नेको लर्को पनि लामै छ। यस हिसाबबाट हेर्दा भेटीघाटी, जिन्सी, चन्दा आदिबाट वाषिर्क न्यूनतम पनि एक करोड रुपियाँभन्दा बढी आम्दानी हुने देखिन्छ। पूर्वसभासद् तथा समितिकी सदस्य गुरुङका अनुसार मनकामनामा बलि दिनेले औसत पाँच सय रुपियाँ दक्षिणा दिन्छन्।

राज्यले नीति बनाए मन्दिरको हिसाबकिताब सार्वजनिक गर्न आफू सहमत रहेको मनकामना मन्दिरका पुजारी इन्सानबाबु थापा बताउँछन्। भन्छन्, "मुखले भनेर मात्रै हुँदैन, राज्यले सबै मठ-मन्दिरका विषयमा नीति बनाएर पुजारी र अन्य कर्मचारीका सेवासुविधा तोकिदेओस्, म त्यसै अनुसार चल्न तयार छु। "

राजसंस्था भएकै बेला गोरखा दरबार हेरचाह अड्डाका कर्मचारीले यहाँका बहुमूल्य सम्पत्ति गायब पारेको अध्यक्ष श्रेष्ठको दाबी छ। मनकामनाका नाममा रहेका जग्गा-जमिनसमेत अलपत्र अवस्थामा छन्। मन्दिरका नाममा अहिले चार ठाउँमा जग्गा देखिन्छ। चार रोपनी जग्गामा बनेको मन्दिर क्षेत्रमा अतिक्रमण गरेर स्थानीयले घर बनाएका छन्। मन्दिरनजिकै मन्दिरको स्वामित्वको २७ रोपनी जग्गा छ। मन्दिरमा चढाउने फूल रोप्न छुट्टै सात रोपनी जग्गा छ। यसै गरी मन्दिरकै स्वामित्वमा गोरखा नगरपालिकामा दुई सय मुरी अन्न उत्पादन हुने जग्गा छ।

बौद्ध र हिन्दु धर्मावलम्बीको आस्था रहेको मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको जीर्णोद्धारमा मन्दिरको आम्दानी खर्च भएन। विश्व सम्पदा सूचीको मुक्तिनाथ पुनःनिर्माणमा पुरातत्त्व विभागले १ करोड ४४ लाख खर्च गरेको थियो। मुक्तिनाथमा मन्दिरबाहिर चढाएको भेटी मन्दिर व्यवस्थापन समितिको कोषमा जम्मा हुने भए पनि भित्र चढाएको भेटी भने झुमाहरूले बाँडीचुँडी लिने गरेका छन्। मुक्तिनाथ विकास समितिले ब्राह्मणलाई मासिक पाँच सय रुपियाँमा पुजारीका रूपमा खटाएको छ। भक्तजनहरूले ८० प्रतिशतभन्दा बढी भेटीघाटी भित्र चढाउने गर्छन्। पुरातत्त्व विभागकी मञ्जु सिंह भण्डारी भन्छिन्, "आफूले लगाइरहेको सिक्री भित्रै चढाएको मैले थुप्रैपटक देखेकी छु।"

मुक्तिनाथ ५ सय रोपनी ९ आना ३ पैसा ३ दाम क्षेत्रमा अवस्थित छ। मुक्तिनाथ सदावर्त गुठीका नाममा म्याग्दीको साबिक पिप्ले, भगवती र दोवा गाविसमा ३० हजार १ सय रोपनी खेत तथा पाखोबारी छ। यसबाट बर्सेनि ६० हजार ३ सय ९६ रुपियाँ कुत उठ्छ। चन्दाबाट हालसम्म करबि ७८ लाख रुपियाँ जम्मा भएको छ। यसमध्ये ०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरमि सरकारका भूमिसुधारमन्त्री झलनाथ खनालले ७ सय ६६ रोपनी खेत र १ हजार ८७ रोपनी पाखोबारीलाई रैतानी गरिदिएका थिए। जबकि, मन्दिर परसिरमा एउटा शौचालयसम्म छैन।

राहुघाट जलविद्युत् आयोजनाले मन्दिरको गुठीको केही जग्गा उपभोग गररिहेको म्याग्दीका निमित्त मालपोत अधिकृत क्षेत्रबहादुर केसी बताउँछन्। ०६० सालमा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणका क्रममा मालपोत कार्यालयमा समेत आगजनी गरेकाले ०६० सालअगाडिको अभिलेख दुरुस्त छैन।

भेटीघाटी पारदर्शी बनाउन प्रयास गरिएकै ठाउँमा पनि पुजारीहरूले आँखा छलेर आम्दानी कुम्ल्याउने प्रयास गर्छन्। जस्तो : एक वर्षअघि खोटाङको हलेसी महादेव मन्दिरमा एक भक्तजनले चढाएको चाँदीको सिक्री पूजारी नवीन गिरीले एक हजार रुपियाँमा बेच्ने प्रयास गरेका थिए। तर, भक्तजनहरूले देखेर हल्ला गरेपछि त्यो सिक्री बिक्नबाट बच्यो। हलेसी महादेव मन्दिर विकास समितिका पूर्वनिर्देशक रोजन राई भन्छन्, "पुजारीको आचरण नसुधि्रएसम्म मन्दिरमा चढाइएका नगद तथा बहुमूल्य जिन्सीमा घोटाला हुने सम्भावना रहिरहने रहेछ।"

माओवादी द्वन्द्वकालमा मालपोत कार्यालय जलेकाले हलेसी महादेव मन्दिरको जग्गा कति छ भन्ने तथ्यांक छैन। तर, करबि सात सय रोपनी रहेको अनुमान छ। सुनसरीको कालाबन्जरामा सात सय बिघा जग्गा रहेको छ, जसको आम्दानी मन्दिरमा आउँदैन।

पहाडी हुलाकी सडक मार्गले जोडेपछि पूर्वी पहाडमा अवस्थित हलेसी जाने तीर्थयात्रीको संख्या बढ्दो छ। भेटीघाटीबाट वाषिर्क सात लाख रुपियाँ उठ्छ। मन्दिर संरक्षण समिति, हलेसी मन्दिर विकास समिति र प्रहरी गरी तीनथरी चाबी लगाएर तीनै पक्षको उपस्थितिमा भेटीघाटी गनेर व्यवस्थित पारएिको छ। त्यसअघि भने आम्दानी पुजारी र उनका सहयोगीहरूको पोल्टामा जान्थ्यो।

हलेसी महादेवको मन्दिर परसिरको तीन सय रोपनी क्षेत्रमा २० वटा पक्की घर निर्माण भएका छन्। माओवादी द्वन्द्वकालमा सदरमुकाम दिक्तेलमा रहेको मालपोत कार्यालय जलेपछि हलेसी मन्दिरको जग्गा टाठाबाठा व्यक्तिका नाममा दर्ता भएको हो। "उनीहरूलाई तत्काल त्यहाँबाट नहटाउने हो भने ऐतिहासिक सम्पदाको प्राकृतिक सुन्दरता कंक्रिट बन्नेछ," राई भन्छन्। पहुँचदार व्यक्तिले आफ्ना नाममा जग्गा दर्ता गराएर बेचबिखन गर्न थालेका छन्। गुठी र मन्दिरको सम्पत्ति गुठियार, पुजारी, सहायक पुजारीलगायतले निजी सम्पत्तिसरह उपयोग गर्दै आइरहेको व्यवस्थापिका-संसद् प्राकृतिक स्रोत र साधन समितिको ०६८ को प्रतिवेदनमै उल्लेख छ।

सुदूरपश्चिमको डोटीमा रहेको शैलेश्वरी मन्दिरको यथार्थ सम्पत्ति कति छ, स्वयं शैलेश्वरी क्षेत्र विकास समितिलाई समेत थाहा छैन। सदरमुकाम सिलगढीमा रहेको अधिकांश जमिन शैलेश्वरीकै गुठी अन्तर्गत पर्छ। तर, गुठीको जमिन व्यक्तिका नाममा दर्ता भएर बेचबिखन भइसकेको छ। समितिले दिएको तथ्यांक अनुसार ४ सय ९२ रोपनी जमिन शैलेश्वरी गुठीका नाममा छ। विसं १९७७ देखि दर्शनार्थीहरूले चढाएका सुन, चाँदीलगायतका वस्तुको लगत रहे पनि रुजु नभएको आरोप समितिका अध्यक्ष नवराज जोशीको छ। भन्छन्, "कागज मात्रै देखाएर कसरी हुन्छ ? जिन्सी देखाएर कागज अनुसार छ कि छैन भनेर रुजु हुनु जरुरी छ।"

मन्दिरभित्र र बाहिर कति सम्पत्ति छ भन्ने विषयमा पुजारी र समितिका पदाधिकारीबीचको विवाद चर्को छ। शैलेश्वरी क्षेत्र विकास समिति यो विषयमा अदालतसम्म पुग्ने तयारीमा छ। तर, पुजारी रामशंकर भट्ट भन्छन्, "आय आर्जन मन्दिरको केही छैन, घरबाट ल्याएर पूजापाठ गरिदिएका छौँ।" पुजारी भट्टका अनुसार मन्दिरले भवनको भाडाबापत १८ हजार पाउने गरेको छ। केही सहयोगीको चन्दा र लक्ष्यहोमबाट संकलन भएको १४ लाख रुपियाँ बैंकमा जम्मा छ।

मानिसको धार्मिक आस्था, भावना, परम्परा, संस्कृति र विश्वाससँग गाँसिएको हुनाले मन्दिरमा हुने आर्थिक गतिविधिबारे कमैले चासो राख्ने गर्छन्। त्यही हुँदा मन्दिरको आम्दानीको हिसाबकिताबसमेत सार्वजनिक हुँदैन। यसको फाइदा सोझै मन्दिरका महन्त, पुजारी, भण्डारी, देउपालालगायत मन्दिरको आम्दानी खान पल्किएकाहरूलाई हुन्छ। संस्कृति विषयका प्राध्यापक जगदीशचन्द्र रेग्मी भन्छन्, "मठमन्दिरहरू धार्मिकभन्दा बढी आर्थिक केन्द्र हुन्। जीविकोपार्जनसँग जोडिएकाले त्यहाँ मानिसले जे गर्छ, अर्थकै लागि हो।" संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदी संस्कृति परविर्तन हुन समय लाग्ने हुँदा देशभरका मठ मन्दिरहरूको आम्दानी पारदर्शी हुन नसकेको बताउँछन्। भन्छन्, "सकारात्मक बाटोमा छौँ।" तर, दुर्भाग्य ! सरकारले यससम्बन्धमा ठोस नीति नै बनाउन सकेको छैन।

(साथमा, कृष्ण आचार्य/मनकामना, श्यामसुन्दर शशि/जनकपुर, घनश्याम खड्का/बेनी, मोहन शाही/सिलगढी)

‘सयौँ मरेका थिए, हामी लासमा टेक्दै आयौँ’

सुर्खेत, असार १२ - रातको करिब ९ बजेको थियो । चार/पाँच जना युवा वीरेन्द्रनगर–६ मङ्गलगढी नजिकै रहेको तृप्ति मेडिकल हलको अगाडि सडकपेटीमा भेटिएका थिए ।
हतास मानसिकता जस्तो देखिने उनीहरू केही पीडित भएजस्तो लाग्थ्यो । उनीहरूको अनुहारमा निरासाका धर्साहरू प्रष्टै देख्न सकिन्थ्यो । भारतको बद्रीनाथ, केदारनाथको बाढीबाट बचेर आएका उनीहरूले बल्लबल्ल बाँचेर यहाँ आएको बताए ।
अहिले पनि आतङ्कित जस्तो देखिने ती युवा भारतको केदारनाथमा आएको बाढीबाट बचेर आएका कालीकोटका सुरेन्द्र शाही, मानबहादुर शाही, गोगनबहादुर शाही, दोर्जे रोकाय, नन्दाराम शाही, वीरबहादुर शाही र रामबहादुर बिष्ट रहेका छन् ।
उनीहरू सबै सुर्खेत आएपछि मात्रै भेट भएका हुन् । केदारनाथमा आएको बाढीबाट बचेर उनीहरू सात दिनपछि आ–आफ्नै ढङ्गले सुर्खेत आइपुगेका हुन् ।
 शरीरमा रहेका एकजोर कपडाबाहेक केही पनि नभएका उनीहरूले आफूहरूलाई बाँच्छौँ भन्ने विश्वास नलागेको बताए । आफ्नै आँखा अगाडि सयौँ मान्छे मरिरहेको देखेका उनीहरूले आफूसँगै गएका साथीभाइ र आफ्नै गाउँलेलाई पनि उतै गुमाएर आएका हुन् ।
‘हामीलाई बाँच्ने आशा थिएन’ कालीकोट मान्मा–८ ताडीका सुरेन्द्र शाहीले भने, ‘सयौँ मान्छेहरू उर्लिएको भेलमा बगिरहेका थिए । बगरिहेका तिनै लासहरू नाघ्दै आयौँ ।’
उनले थपे, ‘मृत नेपालीका हातमा भएका औँठीसमेत चोरहरूले लगे ।’ शाहीले आफूहरू जस्तै सयौँ नेपालीले उद्धारको लागि अनुरोध गर्दा भारतीय प्रहरीले नेपालीलाई पछाडि फाल्दै भारतीयलाई मात्रै हेलिकोप्टरमा हालेको दुःखेसो पोखे ।
अर्का पीडित गोगन शाहीले आफूहरूसँगै रहेका ४०/५० जना नेपालीको लासमाथि टेक्दै आएको भन्दै धेरै नेपालीले उद्धार नपाउँदा ज्यान गुमाउनु परेको बताए ।
बाढी आउँदाको क्षण सम्झिँदै उनले भने, ‘‘हामी काम गर्नका लागि वैशाख १३ गते घरबाट हिँडेर त्यहाँ १८ गते पुगेका थियौँ । असार २ गते बिहान ठूलो पानी परिरहेको थियो । म बिरामी भएकाले कोठामै सुतिरहेको थिएँ । अरू साथीहरू सबै काममा जान सुरु गरेका थिए । अरू सबै जङ्गलतिर भागेछन् । म आफू भएको घरबाट सकिनसकि अर्को घरमा हामफालेँ । एकै छिनमा सारा मान्छे बगे । बजार सबै बग्यो । मैले हेर्दाहेर्दै १२ जना नेपालीलाई एकैचोटी बाढीले लग्यो ।’’
उनले भने, ‘‘त्यहाँ हामीसँगै काम गर्ने गाउँकै घोरा सिंह पनि थिए । केदारनाथको एउटा मन्दिर र दुईवटा होटलबाहेक सबै बाढीले बगायो । त्यही मन्दिर र होटलमा भएका मान्छे मात्रै बाँचेका थिए ।’’     
सुर्खेत आइपुगेका उनीहरूले आफूहरूसँग भएको एक/दुई सय रुपैयाँ, मोबाइल, कपडा पनि त्यहाँका स्थानीय र प्रहरीले लुटेको गुनासो गरे । घर फर्कने क्रममा पैसा नहुँदा खानासमेत नखाएको उनीहरूको भनाइ छ ।
‘लुट्नेहरू कति त नेपाली नै थिए’ कालीकोटकै नन्दराम शाहीले भने । ‘कति नेपाली उद्धार नपाएर मरे, बाँचेकालाई त्यहाँका गुण्डाहरूले मारे, धन्न हामी बाँचेर आयौँ ।’ उनले बाटोमा त्यहाँका गुण्डाहरूले नेपालीलाई कुटेर रगताम्य बनाएको देखेपछि आफूहरू भागेर आएको बताए ।
सुर्खेत आइपुगेका उनीहरू पनि सामान्य घाइते भएका छन् । उनीहरू भाग्ने क्रममा घाइते भएका हुन् । असार ३ गते त्यहाँबाट हिँडेका उनीहरू पहिलो दिन सोनप्रयाग, दोस्रो दिन फाटा, तेस्रो दिन कर्णप्रयाग, चौँथोदिन हलदवानी, पाँचौँ दिन महेन्द्रनगर हुँदै सातौं दिनमा सुर्खेत आइपुगेका हुन् ।
कोही महेन्द्रनगरबाट कोहलपुर भएर आएका हुन् भने कोही महेन्द्रनगरबाट एकै दिनमा सुर्खेत आइपुगेका हुन् ।
त्यहाँ तीर्थयात्रीलाई बोकेर मन्दिरसम्म पुर्‍याउने काम गर्ने धेरै नेपालीको मृत्यु भएको उनीहरूको भनाइ छ । अहिले त्यहाँ रहेका कतिपय नेपाली घर आइपुगे पनि अझ कतिपय बेपत्ता छन् ।
सुर्खेत आइपुगेका उनीहरूसँग घर जाने भाडासमेत नभएपछि सुर्खेतमा रहेका आफन्तको घरमा बस्न बाध्य भएका छन् । -खेमराज वली/रासस 

Thursday, June 20, 2013

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि भेटिन्छ,  पोलेको अण्डा खाजाघर। बाहिरबाट सिमेन्टले प्लास्टर गरिएको घरको पछाडि साँघुरो कोठा छ। लगभग १२ फिट लम्बाइ र ७ फिट चौडाइको कोठाको एकातिर घरेलु रक्सी बनाइँदैछ भने अर्कातिर एक वृद्धा अण्डा पोलिरहेकी छिन्। उनले आफ्नो नाम नानी नगरकोटी बताइन्, उमेर ६६ वर्ष। घरभन्दा एक कान्लामाथिको डेढ रोपनी क्षेत्रमा खुला चउर छ। आगन्तुकहरू घरको पिंढीमा राखिएको सुकुल लगेर चउरमा बस्छन्। उनीहरू छ्याङसँग पोलेको अण्डाको स्वाद लिइरहेका छन्। नेपाली कलाकर्मीदेखि भारतीय दूतावासका कर्मचारीसम्म त्यहाँको खान्कीमा पल्किएका छन्। नगरकोटीका साहिँला छोरा केशव भन्दै थिए- 'ग्राहकका लागि डेढ रोपनी जग्गा भाडामा लियौं। अहिले त्यो पनि साँघुरो हुन थाल्यो।' पतिको मृत्युपछि परिवारको गर्जो टार्न दुःखले सुरु गरिएको यो व्यवसाय अहिले फरक स्वाद खोज्दै हिँड्ने सहरियाहरूको गन्तव्य बनेको छ।

आमा, सञ्चै हुनुहुन्छ ?

अँ, अलिअलि प्रेसर -उच्च रक्तचाप) बढेको छ। तैपनि सकेको काम त गर्नुपर्‍यो नि।

अगेनाको छेउमा बसेर अण्डा पोल्दै हुनुहुन्छ, यसरी नि अण्डा खान सकिन्छ ?

यसरी खाँदा त स्वादिलो हुन्छ। हेर्नु त,  यत्तिका मानिस पोलेको अण्डा खानै आएका हुन्।

कसरी थाहा पाउनुभो, अण्डा पोलेर पनि खान सकिन्छ भनेर ?

घरमा कुखुरा पालेकी थिएँ। एकदिन परिवारका लागि भनेर आगोको भुंग्रोमा अण्डा पोलें। खाँदा निकै स्वादिलो लाग्यो अनि हामीकहाँ आउने ग्राहकलाई पनि पोलेको अण्डा चखायौं। पछि उनीहरूले अरूलाई सुनाएछन्, पोलेको अण्डा खान भनेर मानिसहरू आउन थाले। अहिले हामीले यसको नाम नै पोलेको अण्डा खाजाघर राखेका छौं।

अण्डा बिक्री गर्नु अघि के गर्नुहुन्थ्यो ?

आलु पोलेर बेच्थें। आलु खान आउने ग्राहकलाई नै अण्डा चखाएको हो।

त्यतिबेला  त यो गाउँ नै थियो होला, पोलेको आलु कसले किनेर खान्थ्यो ?

यहाँ नजिकै पुरानो गुहेश्वरी मन्दिर छ, दर्शनका लागि आउने मानिसहरूले किन्थे।

पोलेको आलु पनि बिक्री हुन्छ भन्ने सोंच कसरी पलायो ?

घरमा छोराछोरीलाई आलु पोलेर ख्वाउँथे। मन्दिरमा आएका मानिसहरूले 'हामीलाई पनि दिनुहोस्' भनेर किनेर खाए। त्यसपछि मैले दिनहुँ टिम्मुर र खुर्सानीको अचारसँग पोलेको आलु मन्दिरमा आउनेहरूलाई बेचें। अलि-अलि कमाइ हुन थालेपछि यहि काममा रस भिज्यो।

सुरुमा कति आलु पोल्नुभयो ?

त्यतिबेला कति हुन्थ्यो र ? त्यस्तै आधा धार्नी जति।

त्यसबाट कति कमाइ भयो ?

एक जनाको भागमा ३/४ दाना पोलेर दिन्थें। त्यसको पाँच रुपैयाँ जति आउँथ्यो।

त्यति थोरै पैसाले त परिवार चलाउन गाह्रो हुन्थ्यो होला, आम्दानीका अरू स्रोत के थिए ?

सम्पतिको नाममा यही एउटा घर र थोरै जग्गा थियो। खेतीपाती गरेर खानै नपुग्ने। त्यसैले अरूको घर बनाउने ज्यामी काम गर्थे। त्यसवाट आएको पैसाले जेनतेन छोराछोरी हुर्काएँ।

ज्यामी कामसँगै पोलेको आलु पनि बेच्नुभो ?

अँ, अलि-अलि खाजापानी -घरेलु रक्सी) पनि हुन्थ्यो। पोलेको आलु र खाजापानी बेचें।

यहीं साँघुरो कोठामा बसेर आलु र अण्डा बेच्नुभएको हो ?

अहिले त यसलाई पनि ठूलो बनाएको हो। त्यतिबेला अझ साँघुरो थियो। काँचो इँटाको टेको बनाएर काठको फलेक बिच्छ्याएको थिएँ। सर सामान पनि खासै थिएन। एकातिर चुल्हो थियो, अर्कातिर ग्राहक बस्थे। पछि, ग्राहक बढ्दै गए। सिकुवामा छानो हालेर बस्ने ठाउँ बनायौं। त्यहाँ पनि नपुगेर घर माथिको चउर भाडामा लिएको हो।

अहिले चउर पनि साँघुरो हुँदो हो ?

चउरमा सुकुल ओछ्याएर बस्ने व्यवस्था गरिदिएका छौं। शनिबारचाहिँ त्यहाँ पनि बस्ने ठाउँ हुँदैन। गाडीहरू राख्ने ठाउँ छैन।

तपाईंलाई सम्झना छ, सुरुमा कति अण्डा पोल्नुभएको थियो ?

त्यही एक दर्जन जति पोलियो होला। अहिले त बिर्सिसके नानी, १०/१२ वर्ष अघिको कुरा हो।

अण्डा पोल्न थालेपछि चाहिँ परिवार चलाउन अलि सहज भयो होला ?

कहाँ हुनु ? यसो भरथेग हुन्थ्यो।

परिवार कतिजना ?

उ बेला त ६ जना छोराछोरी र म गरेर सात जना। अहिले बुहारीहरू थपिएका छन्।

छोराछोरीले पनि कमाई गर्थे होला नि ?

सबै सानै थिए। खर्च नभएर कतिले त पढ्न पनि पाएनन्। निकै दुख थियो।

अण्डा प्रतिगोटा कसरी किनेर कतिमा बिक्री गर्नुहुन्थ्यो ?

३/४ रुपैयाँमा किनेर ५ रुपैयाँमा बेच्थें।

अहिले सबैलाई रोजगारी दिनुभएछ नि ?

अहिले उनीहरूलाई दुःख छैन। सबैले काम पाएका छन्। छोरा-बुहारी, छोरी सबै यही काममा छन्।

अण्डा कसरी पोल्नुहुन्छ, भुंग्रोमा राख्दा फुट्दैन ?

जानेन भने त फुट्ने मात्र होइन, पाक्दैन पनि। त्यसैले अण्डा पोल्न म आफैं बस्नुपर्छ। धेरै तातोमा हाल्नु हुँदैन, ठिक्कको तातो चाहिन्छ।

कति समय लाग्छ अण्डा पाक्न ?

१५ मिनेट जति लाग्छ। हतार गर्नु हुँदैन। बिस्तारै पोल्नुपर्छ।

अण्डा खानकै लागि हो त, यत्तिका ग्राहक आएका?

हो त, अहिले भ्याइ-नभ्याइँ हुन्छ। पोलेको अण्डा कस्तो हुन्छ भन्दै खान आउने थुप्रै छन्। अण्डासँगै अरु १४/१५ थरीका खानेकुरा पनि बेच्छौं।

कहाँबाट आउँछन्  ग्राहक ?

सबै सहरबाटै आउने हुन्। सुरुमा चाहिँ असनतिरका आउँथें। अहिले त बाहिरबाट पनि आउन थालेका छन्। धेरै टाढा-टाढाका मानिस आउँछन्।

अहिले थुप्रै ग्राहक चउर र बाहिर सिकुवामा बसेर खाइरहेका छन्, कमाई राम्रै होला होइन ?

ठीकै छ। परिवारलाई खान लाउन पुगेको छ। दुःख-बिराम, साह्रो-गाह्रोमा अरूलाई गुहार्नु परेको छैन। साहिँलो र कान्छो छोराले पढ्न पनि पाए।

Tuesday, June 18, 2013

लिंग मोटो बनाउने सजिलो तरिका हरु

हामीलाई थाहा भएकै कुरा हो लिंग एक विशेष अंग हो र यो अंग मानव शरीरको एक अंगको रूपमा मात्र नभई यसको हामीलाई थाहा भएकै कुरा हो लिंग एक विशेष अंग हो र यो अंग मानव शरीरको एक अंगको रूपमा मात्र नभई यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अंगका रूपमा भएर पनि यस्तो भएको हुनसक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग नै जोडिएको ठान्ने गर्छन् । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक-फरक हुन सक्छ ।
llllllllllllll
अध्ययनअनुसार लिंगको सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च -९ दशमलव ९ सेन्टिमिटर) र उत्तेजित हुँदा ६ दशमलव २१ इन्च -१५ दशमलव ८ सेन्टिमिटर) हुने कुरा उल्लेख गरिएको छ । त्यसैगरी सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ दशमलव ७५ इन्च -९ दशमलव ५ सेन्टिमिटर) र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च -१२ दशमलव ३ सेन्टिमिटर) भएको उल्लेख छ । कतिपय व्यक्तिले लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर चिन्ता गर्ने गर्छन् र यस्तो स्थितिलाई अंग्रेजीमा Smबिि एभलष्क क्थलमचomभ पनि भनिन्छ । केही व्यक्तिका भने लिंग साँच्चिकै सानो हुन सक्छ जसलाई mष्अचयउभलष्क वा mष्अचय-उजबििगक भनिन्छ ।
शिशु जन्मदा लिंग तन्काएर नाप्दा १ दशमलव ९ सेन्टिमिटर अर्थात् पौने इन्च भएमा शंका गर्नुपर्ने हुन्छ र कारणको खोजिनीति गर्नुपर्छ । यस्तै हजार जना व्यक्तिमा यस्तो स्थिति ६ जनालाई हुन सक्ने कुरा देखिएको छ । कुन विधिमा खतरा तपाईंले भन्नुभएजस्तै लिंग बढाउनका लागि संसारमा अनेक उपायको प्रयोग गरिएको पाइन्छ । लिंगको कसरत तथा हातैले तन्काउने विधि, तौल वा यन्त्रको सहायताले तन्काउने विधि, पम्प प्रयोग गर्ने विधि तथा शल्य चिकित्सा हुन् । कुनै पनि विधि आफ्नो लागि छनौट गर्दा समस्यालाई समाधान गर्नुपर्ने आवश्यकतालाई केन्द्र बिन्दुमा राखेर प्रभावकारिता र जोखिम दुवैलाई जोखेर निर्णय गरिन्छ ।
प्रविधिको उपलब्धता, सम्भाव्यता अनि व्यक्तिको खर्च गर्न सक्ने क्षमता सबैको सम्मिश्रणमा अन्तिम निर्णय लिइन्छ । यसमध्ये कतिपयको दीर्घकालीन प्रभावकारितामा नै प्रश्न चिह्न छ भने कतिको मिश्रति नतिजा आएका छन् । शल्यक्रिया वा कुनै औजारको प्रयोग गर्दा स्वाभाविक रूपमा नै हाम्रो मनमा एक किसिमको भय जागृत हुन्छ । अर्कातिर कुनै क्रिम वा खाने औषधीको सेवनले त्यति डर लाग्दैन । यस्ता कुराका हानिकारक प्रभाव हुन्छन् भन्ने ठान्छौं । वास्तवमा यी कुरा पूर्ण रूपमा सत्य नहुन सक्छन् । कतिपय खाने औषधी प्रभावकारी नहुने मात्र होइन, हाम्रा महत्त्वपूर्ण अंगहरू वा प्रणालीलाई गम्भीर किसिमका असर पुर्‍याउने किसिमका पनि हुन सक्छन् । लिंग किन बढाउनुपर्ने ?
चिकित्सा विज्ञानले प्रगति गर्नु एक कुरा हो र त्यसलाई तपाईंले प्रयोग गर्नु अर्को कुरा । पहिले तपाईं आफूलाई लिंग किन बढाउनुपर्‍यो ? त्यसको आवश्यकताका ब्ारेमा विचार गर्नुहोस् । लिंग लामो हुँदैमा वा बनाइँदैमा यौन सक्षमता बढी हुने होइन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले हस्तमैथुन गर्न सजिलै सक्नुहुन्छ भने यौन सम्पर्कराख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि यौन सन्तुष्टिका लागि साथीको सहयोगको साथै आत्मविश्वासको आवश्यकता पर्छ ।
यौन सुख दिन वा लिन सायद लिंगको नापभन्दा अन्य कुराहरू बढी महत्त्वपूर्ण छन् भन्ने कुरा बुझ्नु आवश्यक छ । महिलाको यौनसंवेदनशील अंग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर भएकाले यसैकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छन् । यो भगांकुर बाहिरतिर नै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ ।
के हर्बल औषधी नकारात्मक असरमुक्त हुन्छन् ? हर्बल अर्थात् जडिबुटीबाट बनेका औषधीको कतिपय बिमारीको उपचार गर्न आफ्नै विशिष्ट स्थान छ र प्रभावकारी पनि छन् तर अहिले जडिबुटीबाट बनेको भन्नासाथ प्रभावकारी हुने तर कुनै नकारात्मक असर नहुने भ्रम छ । वास्तवमा कुरा त्यसो होइन । कतिपय यस्ता उत्पादन सरकारी निकायको निगरानीमा नहुने भएको हुनाले गुणस्तरीयतामा प्रश्न गर्ने ठाउँ धेरै नै हुन्छ । कतिपय उत्पादनको त प्रभावकारिता विश्वास नै नलाग्ने गरेर उच्च हुने दाबी गरिएको हुन्छ, जुन चिकित्सा विज्ञानमा गाह्रो कुरा हो ।
भ्रम सिर्जना गर्न विज्ञापनमा सुनाइने वा देखाइने कथा वा नतिजा कुनै स्वतन्त्र निकायवाट नभै उनीहरू आफैंले गरेका हुन सक्छन् । त्यसैले त्यसको प्रभावकारिता मात्रै होइन, नकारात्मक असरका बारेमा थाहा नै हुँदैन वा जानकारी दिइँदैन । अन्य औषधीसँग यसको प्रतिक्रिया कस्तो हुन्छ भन्ने पनि थाहा हुने स्थिति हुँदैन । तपाईंको जस्तो समस्यालाई समाधान गर्ने दाबी गरिएको कुनै पनि औषधीको प्रयोग गर्नुअघि निम्न कुरामा विचार पुर्‍याउनु बेस हुन्छ । यस्ता उत्पादनको बारेमा सक्दो बढी जानकारी लिने प्रयास गर्नुहोस्, त्यसका वैज्ञानिक आधार के छन् वा छैन, स्वतन्त्र अध्ययन भएका छन् वा छैनन् ।
यस्तो स्थितिमा तपाईंको चिकित्सकले सहयोग गर्न सक्नुहुन्छ । यस्ता उत्पादनको, औषधीको नाम, यसमा प्रयोग भएका जडिबुटीका बोलीचाली तथा वैज्ञानिक नाम, यसमा मिसाइएका अन्य तत्त्वहरू, उत्पादन गर्ने औषधी कम्पनीको नाम तथा स्पष्ट ठेगाना, ब्याच तथा लट नम्बर, म्याद गुज्रने मिति, प्रयोग गर्ने विधि अनि के कस्ता नकारात्मक असरहरू छन् भनेर हेर्नुपर्छ । कुनै पनि नकारात्मक असर जस्तै कि वाक्वाकी, वान्ता, मुटुको चालमा परिवर्तन, पातलो दिसा वा छालामा फोका वा डाबर आएमा तुरुन्त प्रयोग बन्द गरी चिकित्सकसँग सम्पर्क गर्नुपर्छ

मारवाडी परिवारमा अमेरिकी युवतीको मरण

५ असार, काठमाण्डौ । उदास पत्नीलाई सुन्दर फूलसँगै प्रेमका सुन्दर अक्षर पस्किने, अनि उदासिनताबाट मुक्त गराउने मीठो चाहना साँचेर आकाश जाटिया शनिवार पहिले हात्तीसार पुगे । त्यहाँको पसलबाट ग्रिटिङ्सकार्ड किने । नागपोखरीमा एउटा फूल किने । तर, प्रेमका लागि किनेको कुनै फूल श्रद्धाञ्जली बनेर अर्पित हुँदो रहेछ ।
अमेरिकाको बोष्टनमा एक कलेजमा पढ्दै गर्दा अंकुरित आकाश र भूमिका जाटियाको त्यो प्रेम दाम्पत्यमा परिणत भएको पनि धेरै भएको छैन । दुवै भारतीय मूलका उच्च घरानीया हुन । भूमिकाले त्यहीँबाट हेल्थ इन्जिनियरिङको पढाई सकेर नर्भिक अस्पतालमा काम गर्दै थिइन् । आकाश दगदम्बा स्टिलको सिन्थेटिक शाखा भैरहवामा काम सिक्दै थिए । आकाशको मूल थलो मुम्बई हो भने भूमिका अमेरिकी नागरिक हुन, यहाँ भिसा लगाएर श्रीमानसँगै बस्दै आएकी थिइन् ।
दुवैको उमेर थियो करिव २६ बर्ष । आकाश खुसी नै भएपनि भूमिका उदास थिइन् । उनले आफ्ना बाबुलाई छिटो लिन आउनु मलाई ब्रेक चाहियो भन्दै इमेल लेख्ने गर्थिन् । शुक्रबार कुतै डिनरका लागि जाने डिनर सिध्याएर कतै घुम्न जाने सल्लाह भयो दुवै जनाको । तर सामान्य कुराले चलेको बिबादले उनीहरु बाहिर निस्किएनन् ।
आकाशका काका मुम्बईबाट नेपाल घुम्न आएका थिए । शनिवार दिउँसो भूमिकाले आकाशलाई भनिन- ‘लिभ मी अलोन’-मलाई एक्लै छाडिदेउ) ।
आकाश घरबाट बाहिरिए । पत्नीको मन खुसी पार्न एउटा कार्ड र फूल किने । कार्डमा लेखे-’माफ गर पि्रय, मैले तिम्रो भावना बुझ्न सकिन ।’ आकाश घरबाट निस्किएको २० मिनेटभित्रै घर फर्किए । घर पुग्दा ढोका बन्द थियो, ढोका ढक्कढकाए, फोन गरे तर उठेन । पछाडीबाट हेर्दा बाथरुमभित्र झुण्डिएको डोरी देखियो । ढोका फोडेर बाथरुममा पुग्दा भूमिका नाइलनको डोरी लगाएर झुण्डिएको अबस्थामा भेटिइन् । त्यतिबेलासम्म उनले प्राण त्यागिसकेकी थिइन् । आकाशले हतपत भूमिकालाई शिक्षण अस्पताल पुर्‍याए । अस्पतालले प्राण बाँकी नरहेको बतायो । पत्यार नलागेर बल्खुको बयोधा अस्पताल पुर्‍याए, त्यहाँ पनि त्यही जवाफ पाए आकाशले । मंगलबारमात्र भूमिकाको पोष्ट मार्टम भयो । अमेरिकी दूतावासले उनलाई अमेरिका नै लगेर अन्त्येष्टी गर्ने भनेर ताकेता गरिरहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।










बैद्यको चेक साटेर जेलको बास
भन्न त प्रचण्ड नेतृत्वको माओवादीलाई क्यास माओवादी भनिन्छ । देश र जनताका लागि भन्दा पनि आफ्नै लागि साइज साइजका टावर र अकुत सम्पत्ति थुपार्नाले उनीहरु क्यासका नामले चिनिए । तर, ड्यासका नामले चिनिने मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीका कार्यकर्ता पनि कमका रहेनछन् । अरुको हैन, स्वयं मोहन बैद्यको नाममा जारी भएको एउटा चेकबाट पैसा झिकी फरार एक मजदुर अहिले फन्दामा परेका छन् । बाँसबारीमा कार्यालय रहेको होटल एसोसिएसन नेपाल -हान)ले माओवादीको महाधिवेशनका बेला दिएको ६ लाख ५० हजार रुपैयाँको चेक दियो । सनराइज बैंकको ०३८५३७४२ नम्बरको सो चेकको रकम अहिलेसम्म पार्टीमा दाखिल नभएपछि खोजी हुँदै जाँदा ललितपुरतिरका मजदुर नेताका रुपमा चिनिने २२ बषिर्य मनोज थापाले यस्तो बदमासी गरेको पत्तो लाग्यो ।
मोहन बैद्यका नाममा आएको चेक देखेपछि बैंकका कर्मचारी चकित परे । किनकी चेक साटन जाने मोहन बैद्य थिएनन, २२ बषिर्य ठिटो थिए । उनले आफु पार्टीको जिम्मेवार कार्यकर्ता भएको भन्दै परिचयपत्र देखाए, त्यही परिचयपत्र फोटोकपी गरेर कर्मचारीले पैसा दिए । पैसा पाएपछि उनले केही रकम हाताहाती खर्च गरेछन कुनै काममा हैन मोजमस्तीमा । केही रकम उनले आफ्नो एभरेष्ट बैंक र इन्भेष्टमेन्ट बैंकमा रहेको खातामा जम्मा गरेछन् । प्रहरीले उनलाई पक्राउ गर्दा इन्भेष्टमेन्टको खातामा २ लाख ७१ हजार ९ सय १९ रुपैयाँ ३५ पैसा थियो । ठगीको अरोपमा गत जेठ २२ मा ललितपुर जिल्ला अदालतले उनलाई ७ लाख धरौटी माग्यो । तिर्न नसकेपछि उनी अहिले नख्खु जेलको हावा खाइरहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।

Monday, June 17, 2013

कस्ता कार प्रयोग गर्छन्, विश्वका प्रहरी -फोटोहरु

France'हाँ विश्वका प्रहरीले प्रयोग गर्ने केहि शानदार कार प्रस्तुत गरिएको छ । 
फ्रान्सिसी प्रहरीको प्याजो स्पोर्ट जीटी
प्रहरी दुनियाभरका लागि आफ्नो तेज रफ्तारमा गर्ने कार्यसम्पादन र फुर्तीका लागि परिचित छ । त्यहाको प्रहरी प्योजो स्पोर्ट जीटी कार प्रयोग गर्छन् । जर्मन पुलिस कार -बार्बस सीएलएस रकेट
जर्मन प्रहरीले प्रयोग गर्ने कार हो, बार्बस सीएलएस रकेट ।
यसको लुक्स मात्र आकर्षक छैन, इन्जिन क्षमता पनि उत्तिकै दमदार छ । यस कारमा सीएलएस वि१२ ट्वीन इन्जिनको प्रयोग गरिएको छ । जसले कारलाई ७ सय ३० हर्स पावरको क्षमता प्रदान गर्छ । यो कार २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडन्छ ।
मिशीगन पुलिसको केडिलेक
यो हो केडिलेकको सीटीएस वि । यस कारको प्रयोग मिशीगनको प्रहरीले गर्छ । खतरनाक अपरेशनको दौरान यो कारको प्रयोग वढी हुने गरेको छ ।
टेक्सास प्रहरीको कमारो
अमेरिकाको टेक्सास प्रहरीले स्पोर्ट कार कमारो एसएस प्रयोग गर्ने गरेका छन् । उत्कृष्ट गतिमा दौडने यस कार आधुनिक ग्याजेटको पनि प्रयोग गरिएको छ ।
फ्लोरिडा प्रहरीको डज च्यालेन्जर
फ्लोरिडाको प्रहरी डज च्यालेन्जर कार प्रयोग गर्छन् ।
जापानी प्रहरीको होन्डा एनएक्सएस
जापन आफ्नो प्रविधिका लागि विश्वमै विख्यात छ । जापनी प्रहरीले होन्डको शानदार कार एनएक्सएस प्रयोग गर्छन् । यस कार मूख्यगरी हाइवेमा पेट्रोलिङका लागि प्रयोग गरिन्छ ।
आबुधावी प्रहरीको निसान जीटीआर 
आबुधावी प्रहरी अपराधी पक्राउका लागि जापानी कार निर्माता कम्पनी निशानको स्पोर्ट कार जीटीआर प्रयोग गर्छन् । यो कारण भारतिय क्रिकेट टिममा मास्टर ब्लास्टर सचिन तेन्दुलकरस“ग पनि छ ।
जर्मनी प्रहरीको कार पोर्शे ९११ करेरा
जर्मन प्रहरी दस्ताले पोर्शेको उत्कृष्ट स्पोर्ट कार ९११ करेरा प्रयोग गर्छन् । ।
नेदरल्यान्ड प्रहरीको स्पाइकर सी८
नेदरल्यान्ड प्रहरी स्पाइकर सी८ स्पोर्ट कार प्रयोग गर्छन् ।
भारतिय प्रहरीको महिन्द्रा जीप
छिमेकी मुलुक भारतका प्रहरीले त्यही वनेको गाडी महिन्द्र जीप प्रयोग गर्छन् । यद्यपी पछिल्लो समय महिन्द्रको स्थान बोलेरो, टवेरा आदिले लिएको छ ।

चौधरी ग्रुपमा केटीले तनाव

Chaudhary-familyकाठमाडौ , असार ४ -बिलिनियर बनेको भनेर हल्ला फैलाउने नेपालकै अग्रणी औद्योगिक प्रतिष्ठान भन्न रुचाउने चौधरी ग्रुपभित्र कहिले खुसी त कहिले बेखुशीका घटना हुन थालेका छन् ।
राजस्व छलेरै भए पनि विश्वका अर्बपतिको सूचीमा विनोद चौधरी चर्चामा छाइरहँदा उनका पुत्र निर्वाण चौधरी ‘तरुनी’ प्रकरणमा परेका स्रोतले बताएको छ। ‘तरुनी’ प्रकरणले नै निर्वाणको छ वर्षे वैवाहिक जीवन टुटिसकेको भए पनि त्यसलाई सार्वजनिक नगरिएको स्रोतले नयाँ विमर्शसँग दाबी गरेको छ। निर्वाण कार्की थरकी एक केटीको पछि लागेका छन्। उनीहरु राती अबेरसम्म विभिन्न बार, क्लब र रेस्टुरेन्टमा भेटिने गरेको जानकारी दिंदै स्रोतले भन्यो, ’बेलायतबाट उच्च शिक्षा हासिल गरेका निर्वाण र कार्कीको अध्ययनका क्रममा उतै चिनजान भएको हो। करिब छ वर्षअघि परिवारको इच्छामा बेलायतकै धनाढ्य भारतीय मूलका लक्ष्मी मित्तलकी भतिजी अर्थात् अशोक मित्तलकी छोरीसँग भारतको पर्यटकीयस्थल गोवामा निकै तामझामका साथ निर्माणको विवाह भएको थियो।
उक्त विवाहमा सरिक हुने जन्तीलाई विनोद चौधरीले जेट विमानकै व्यवस्था मिलाएका थिए। करोडौ खर्च गरेर गरिएको वैवाहिक सम्बन्ध छ महिना पनि राम्रोसँग टिक्न नसकेको स्रोतको दाबी छ । त्यसको मुख्य कारण निर्वाणको प्रेमीका मोह रहेको बताइन्छ । कार्कीसँग प्रेममा फसिसकेका निर्वाणले उनलाई घरमा भित्र्याउन भने नसकिरहेको स्रोतको दाबी छ । परिवार यसका लागि बाधक बनिरहेको बताइएको छ। सामान्यतया मारवाडी समुदायले अर्का जातलाई परिवारको सदस्यका रुपमा भित्र्याउने चलन छैन।
चौधरी गु्रपको प्रबन्ध निर्देशक रहेका निर्वाण कार्यमा भन्दा जुनसुकै बेला प्रेमिकासँग नै गफिन थालेको भन्दै परिवारका सदस्य उनीसँग असन्तुष्ट बन्दै आएको बताइन्छ । विनोदका तीन पुत्रमध्ये दुई जना विदेशमा गई विनोदको कारोबार सम्हालिरहेका छन् भने प्रेमिका मोह कै कारण निर्माण भने नेपालमै रमाइरहेका पनि स्रोतले दाबी गरेको छ ।
साभार :विक्लीनेपाल

अमिताभलाई पछि पार्दै साहरुख उत्कृष्ट पिता

बलिउड सुपरस्टार अमिताभ बच्चनको नायक साहरुख खान खुबै आदर गर्छन् । साहरुखको बिषयमा पनि अमिताभको निक्कै सकारात्मक तर्क छ । तर ‘फादर्स डे’ को अवसर पारेर गरिएको एक सर्वेक्षणमा भने साहरुखले अमिताभलाई पछि पारेका छन् । साहरुख भारतकै सबैभन्दा उत्कृष्ट पितामा गनिएका छन् ।

१५ बर्षका छोरा आर्यन र १३ बषिर्या छोरी सुहानाका पिता साहरुख भारतको लोकपि्रय नायक मात्र नभई लोकपि्रय पिता पनि बनेका छन् । एक अनलाइन मिडियाले भारतका एघार हजार महिलाहरु माँझ गरेको सर्वेक्षणमा साहरुख अग्रस्थानमा आएका हुन् ।
सर्वेक्षणमा साहरुखले ३४.८३ प्रतिशत मत पाएका छन् भने अमिताभले ३१.५८ प्रतिशत मत पाएका थिए । अमिताभको एक छोरा र एक छोरी छन् । यो भिडमा चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर तेश्रो स्थानमा छन् । साहरुख आफ्नो छोरा र छोरीलाई सबैभन्दा धेरै महत्व र माया गर्छन् । यसैले पनि उनको शैलीको अनुशरण भारतका धेरै जनताले गरेका छन् ।