Total Pageviews

Friday, July 12, 2013

तीजको गीतमा पुतली कोमल, पोइला जान पाम छोडेर र्‍यापमा (फोटो र भिडियो)

समय अनुसार तीजको गीतको स्वाद पनि फेरिन थालेको छ । पहिला पहिला तीजको गीतमा नारीहरुको बेदना हुन्थे, सासु र बुहारीको जुहारी समावेश हुन्थे । तर २१ औ शताब्दीमा तीजको गीतमा पनि पप र र्‍यापको मिश्रण गर्न थालिएको छ ।यो भिडमा कोमल वलीलाई जित्न त कसले नै सक्छ र । शुक्रबार बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनीको एक हलमा पुग्दा कोमल वली आफ्नो नयाँ तीज गीतको म्यूजिक भिडियो छायांकनमा व्यस्त देखिइन् । कहिले पोइला जान पाम त कहिले शिव जस्तै पति पाउँ भनेर गीत गाउने कोमल यसपटक भने भगवानसँग कुनै प्रकारका वर माग्दै थिइनन् । यसपटक उनले तीजको गीतमा पप र लोकको मिश्रण गरेर दर्शकलाई नयाँ स्वाद पस्कन लागेको बताइन् ।तीजको लहर आयो गाउँ शहरमा
नाँच गान हुन थाल्यो घरघरमा
मरक्क कम्मर मर्काई घुमी नाचौन
झुम झुम झुम झुम झुमी नाचौनयो शब्दमा कोमल आफ्नो अनुहार छोपेर नृत्य गर्दै थिइन् । उनको साथमा र्‍यापर गीरिश खतिवडाले भिडियोमा र्‍याप हानिरहेका थिए । यो गीतमा शब्द, म्यूजिक र एरेन्ज कोमल र गीरिसले नै मिलेर गरेका छन् । यसैले पनि कोमलको यो गीत गाउँ भन्दा शहर केन्दि्रत देखिएको छ । हरेक बर्षको तीजमा एउटा न एउटा फण्डा झिकेर चर्चामा आइरहने गायिका कोमल वली यो बर्ष भने नयाँ शैलीको म्यूजिक भिडियो र गीतका कारण श्रोताको नजरमा पर्ने तयारीमा छन् ।

No comments:

Post a Comment