केही वर्षअघिसम्म अफ्रिका महादेश नेपालीहरूका लागि दन्त्यकथाझैं थियो।
आजभोलि भने विश्वभरि छरिदै गएका नेपालीहरूका लागि यो महादेश पनि साधारण
गन्तव्य बन्न थालेको छ। केन्या, तान्जानिया, दक्षिण अफ्रिका, इजिप्ट एवं
नाइजेरियाजस्ता अफ्रिकी मुलुकमा नेपालीहरू बाक्लै भेटिन थालेका छन्।
तीमध्ये हिक्मत थापा त्यस्ता व्यक्ति हुन्, जो अफ्रिका पुग्ने नेपालीमध्ये
सम्भवतः सबैभन्दा बढी पारिश्रमिक थाप्छन्। गैरआवासीय नेपाली नाइजेरियाका
पूर्वअध्यक्ष हिक्मत अफ्रिकाको सबैभन्दा ठूलो औद्योगिक समूह डाङगोटे ग्रुप
-खाद्य विभाग) का निर्देशक हुन्। डाङ्गोटे ग्रुपका प्रमुख अलिको डाङ्गोटे
विश्वका २५ औं धनी हुन् भने अफ्रिकाका पहिलो अर्बपति हुन्। तिनै अलिकोले
नाइजेरियामा स्थापना गरेको चाउचाउ उद्योगको प्रमुख भएर सात वर्षअघि
नाइजेरिया पुगेका हिक्मत अहिले डाङ्गोटे ग्रुपअन्तर्गत सञ्चालन भैरहेका १३
वटा उद्योगको खाद्य प्रमुख बनाइएका छन्।
एउटा नेपाली अफ्रिकाकै सबैभन्दा ठूलो औद्योगिक समूहको माथिल्लो पदमा पुग्नुभएको छ। नेपालीलाई यति ठूलो पद किन दिइयो होला ?
सबैभन्दा ठूलो कुरा लगनशीलता नै हो। जब मैले चाउचाउ उद्योगलाई राम्रोसँग स्थापित गरें, मेरो आड-भरोसामा डाङ्गोटे ग्रुपले चिनी, मैदा, जुसजस्ता अन्य खाद्य उद्योगहरू पनि थप्दै लग्यो। खाद्य प्राविधिक भएका नाताले ती सबै उद्योगको निर्देशकको जिम्मा मलाई दिइएको हो।
विदेशमा नेपालीहरूलाई मजदुरका रूपमा मात्र हेरिन्छ, तपाईंलाई उच्च तहमा विश्वास गर्नुको कुनै आधार त पक्कै होला ?
अफ्रिकामा गोराहरूप्रति बढी विश्वास गरिन्छ, विशेषगरी विशेषज्ञताको हिसाबले। म नेपाली भए पनि कालाहरूका अघि गोरा नै हुँ। अर्को कुरा, ठूला कम्पनीहरूले माथिल्लो पदमा बाहिरका मानिस नै राख्छन्, किनभने बाहिरका मानिसमा अन्य स्वार्थ हुँदैन। स्थानीय व्यक्तिमा विभिन्न किसिमका स्वार्थ हुन्छन्।
कतिपय नेपाली क्षमता हुँदाहुँदै पनि राम्रो अवसर पाइरहेका छैनन्, तपाईंले नाइजेरिया जाने अवसरचाहिँ कसरी पाउनुभयो ?
धरानमा खाद्य प्रविधि अध्ययन गरेपछि मैले चौधरी ग्रुपको वाईवाई चाउचाउमा काम गर्ने अवसर पाएँ। त्यो बेला नेपालमा चाउचाउ उद्योग खोल्ने प्रतिस्पर्धा नै थियो। यही प्रतिस्पर्धाका कारण मलाई यमयम चाउचाउले राम्रो पारिश्रमिक दिएर बोलायो। त्यसपछि मिनमिन चाउचाउमा गएँ। यही क्रममा यमयम चाउचाउले भारतको उत्तराखण्डमा पनि आफ्नो ब्रान्ड विस्तार गर्न मलाई उत्तराखण्डको प्रमुख बनाएर लग्यो। त्यहीँ काम गर्दागर्दै टाइम्स अफ इन्डियामा अफ्रिकाकै ठूलो औद्योगिक समूहले चाउचाउ उद्योग खोल्न लागेको र त्यसको खाद्य विभागको प्रमुखको आवश्यकता रहेको विज्ञापन प्रकाशित भयो। त्यसमा मैले आवेदन दिएपछि त्यसका प्रमुख अलिकोले नै मेरो अन्तर्वार्ता लिए र आकर्षक पारिश्रमिकको अफर गरे। त्यहीँबाट म नाइजेरिया पुगें।
त्यति टाढा गएर आफ्नो क्षमता देखाउन गाह्रो भएन ? किनभने अफ्रिकाजस्तो मुलुकमा मानिसहरू जानै डराउँछन्, होइन र ?
सुरुमा मलाई पनि डर लागेको थियो। त्यो बेला मासिक ५ हजार डलरको अफर थियो। बुवाले त पत्याउनुभएन, यति धेरै पारिश्रमिक अफ्रिकाजस्तो देशमा पाइँदैन, तँ ठगिन सक्छस् भनेर सचेत गराउनुभयो। मैले जे पर्ला-पर्ला भनेर हिम्मत गरेको हुँ। अहिले सम्झदा लाग्छ, कहिलेकाहीँ त्यस्तो हिम्मत गर्नैपर्ने रहेछ।
अहिले तपाईंको पारिश्रमिक कति पुग्यो, सुनिएअनुसार अफ्रिकामा सबैभन्दा बढी पारिश्रमिक थाप्ने तपाईं नै हो रे ?
लोग्नेमानिससँग पारिश्रमिक र स्वास्नीमानिससँग उमेर नसोध्नु भन्ने त बहुप्रचलित भनाइ नै छ नि! पारिश्रमिक त भन्न मिल्दैन। यति हो, पहिलेको तुलनामा डलरको भाउ पनि बढ्यो, पारिश्रमिक पनि धेरै गुणा बढ्यो, त्यसैले राम्रो छ। दक्षिण अफ्रिकामा केही चिकित्सकले पनि राम्रो पारिश्रमिक पाउँछन्।
नेपालको आम्दानीको मुख्य स्रोत वैदेशिक रोजगारी हो। तपाईंजस्ता कति प्राविधिक विदेश होलान् ?
करिब १० प्रतिशत पुगे कि भन्ने हाम्रो आँकलन छ। बाँकी ९० प्रतिशत तल्लो तहका श्रमिक नै छन्।
पहिले तपाईं नाइजेरियाको एनआरएन प्रमुख हुनुहुन्थ्यो, अहिले सम्पूर्ण अफ्रिकाको व्यवस्थापक हुनुभएको छ, नेपालीहरूका लागि के गर्दै हुनुहुन्छ ?
हामी जहाँ बसे पनि नेपाली नै हौं। भोलि हामीले नेपाल नै र्फकनुपर्छ। नेपालप्रति आफ्नो कर्तव्य सम्झेर हामीले एनआरएन इन्भेस्टमेन्ट कम्पनी लिमिटेड खोलेका छौ। उक्त कम्पनीले ४ अर्ब रुपैयाँ लगाएर नेपालमा १ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। त्यसमध्ये लमजुङको दोर्दी खोलाबाट ३० मेगावाट जलविद्युत् उत्पादन गर्ने कार्य प्रारम्भ भएको छ। बाँकी ७० मेगावाटका लागि काम अघि बढिरहेको छ।
जुन कम्पनीमा काम गर्नुहुन्छ, उक्त कम्पनीलाई नेपाल ल्याएर ठूलो प्रोजेक्ट सुरु गर्न सकिदैन ?
अवश्य नै सकिन्छ। मैले त्यसको प्रस्ताव पनि राखेको थिएँ, तर उक्त कम्पनीले जलविद्युत्मा भन्दा सिमेन्ट उत्पादनमा रुचि देखाएको छ। डाङगोटे अफ्रिकाको सबैभन्दा ठूलो औद्योगिक समूह हो। यो कम्पनीको मुख्य अनुभव सिमेन्ट, पेट्रोलियम पदार्थ, स्टिल तथा चिनीमा छ। नेपालमा उच्च गुणस्तरको चुन भएको जानकारी पाएपछि कम्पनीले नेपालमा सिमेन्ट उत्पादन गर्न रुचि देखाएको छ।
यो प्रोजेक्ट कहाँ पुग्यो त ?
मेरै नेतृत्वमा कम्पनीका तर्फबाट लगानी बोर्डमा ७० अर्ब रुपैयाँमा सिमेन्ट उद्योग खोल्ने प्रस्ताव पेस गरेको छु। यो नेपालकै सबैभन्दा ठूलो उद्योग हुनेछ। उक्त उद्योगले नेपाललाई मात्र होइन, तिब्बत, बंगलादेश तथा भारतको विहार र उत्तर प्रदेशसम्मको सिमेन्टको माग धान्ने योजना बनाएको छ। हामी ठूलो महत्त्वकांक्षाका साथ आउँदैछौ। यद्यपि केही प्राविधिक समस्याले काम अड्किरहेको छ।
कस्तो समस्या ?
नेपालमा मजदुरले गर्ने बन्द-हड्ताल एवं राजनीतिक अस्थिरताका कारण डाङ्गोटे ग्रुप केही हच्किएको छ। किनभने नाइजेरिया पनि नेपालजस्तै भर्खरै प्रजातन्त्र आएको, ट्रेड युनियनको बोलावाला भएको देश हो, तर त्यहाँ उद्योग बन्द गर्ने संस्कार छैन। त्यहाँका ट्रेड युनियनहरू संघर्ष त गर्छन्, तर आफ्नो सेवा-सुविधाका लागि मात्र। नेपालमा भने मजदुरहरूले उद्योग धन्दा नै बन्द गर्छन् भन्ने सुनेपछि हाम्रो व्यवस्थापन हच्किएको हो। अर्को कुरा सिमेन्ट उद्योगका लागि ठूलो मात्रामा विद्युत् चाहिन्छ। अहिलेसम्म हामी लोडसेडिङको मारमा छौं भने त्यति ठूलो उद्योग सञ्चालन गर्न कसरी विद्युत् आपूर्ति गर्ने भन्ने सोचले काम तीव्र गतिमा हुन नसकेको हो। नेपालको प्रशासनले पनि केही ढिला गरिरहेको छ।
खाद्य प्राविधिक भएको नाताले खाद्यकै लागि पुँजी लगाऊ भन्न सक्नुहुन्थ्यो, किन प्रयास गर्नुभएन ?
नेपालमा जति आम्दानी सिमेन्ट वा जलविद्युत्बाट गर्न सकिन्छ, त्यति खाद्य उद्योगबाट गर्न सकिँदैन। कम्पनीले लगानी गर्ने भनेको नाफा कमाउन हो। कामदार भएका नाताले मैले पनि कम्पनीकै हितमा सोच्नुपर्छ। नेपालमा जुनसुकै उद्योग खोले पनि हामीले रोजगारी र सरकारले कर पाउने हो। यसले हाम्रो हित हुन्छ। यसमा मेरो व्यक्तिगत हित पनि छ। प्रत्येक वर्ष म उक्त कम्पनीको प्रतिनिधि भएर यहाँको औद्योगिक वातावरण अध्ययन गरिरहेको छु। यो काम सफल होस् भन्ने चाहेर हृदयदेखि नै लागिपरेको छु।
भोलि यो प्रोजेक्ट सफल भएन भने के गर्नुहुन्छ ? नेपाल र्फकनुहुन्न ?
प्रोजेक्ट सफल भए म त्यही कम्पनीको प्रतिनिधि भएर नेपाल बस्न सक्छु। नभए पनि म नेपाल नै र्फकन्छु। म सुदूरपश्चिम -टीकापुर) को बासिन्दा भएको नाताले अनि उक्त क्षेत्रमा राम्रो खाद्य उद्योग नभएकाले एउटा राम्रो उद्योग खोल्ने योजनामा छु। त्यसका लागि पुँजी तयार गर्ने कामका साथै पश्चिम नेपालको औद्योगिक वातावरण अध्ययन गरिरहेको छु। जहाँ सम्म लाग्छ, म सफल हुनेछु।
एउटा नेपाली अफ्रिकाकै सबैभन्दा ठूलो औद्योगिक समूहको माथिल्लो पदमा पुग्नुभएको छ। नेपालीलाई यति ठूलो पद किन दिइयो होला ?सबैभन्दा ठूलो कुरा लगनशीलता नै हो। जब मैले चाउचाउ उद्योगलाई राम्रोसँग स्थापित गरें, मेरो आड-भरोसामा डाङ्गोटे ग्रुपले चिनी, मैदा, जुसजस्ता अन्य खाद्य उद्योगहरू पनि थप्दै लग्यो। खाद्य प्राविधिक भएका नाताले ती सबै उद्योगको निर्देशकको जिम्मा मलाई दिइएको हो।

No comments:
Post a Comment