३१ असार, काठमाडौं । नेपाल सरकारले आइतबार
सार्वजनिक गरेको बजेट भाषणमा विभिन्न १५ वटा आयोजनाहरुलाई ‘राष्ट्रिय
गौरबका आयोजना’अन्तरगत राखेको छ । पहिल्यै घोषणा भएका आयोजनाहरुमा सरकारले
दुर्इवटा आयोजाना थप गरेको छ ।
सरकारबाट घोषणा गरिएका राष्ट्रिय गौरबका
आयोजनाहरुमा पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास, राष्ट्रपति
चुरे संरक्षण, भेरी-बबई डाइभर्सन आयोजना र ४ सय ५६ मेघावाटको माथिल्लो
तामाकोशी जलविद्युत आयोजना रहेका छन् । त्यसैगरी काठमाडौं तराई-मधेस फास्ट
ट्रयाक, मध्यपहाडी लोकमार्ग, तराई-मधेसको हुलाकी राजमार्ग, पूर्व-पश्चिम
रेलमार्ग, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थल पनि राष्ट्रिय गौरबका
आयोजना अन्तरगत परेका छन् । त्यस्तै निजगढ अन्तरराष्ट्रिय विमानस्थल,
मेलम्ची खानेपानी आयोजना रानीजमरा- कुलरिया सिंचाइ आयोजना र सिक्टा सिंचाई
आयोजना पनि राष्ट्रिय गौरवका आयोजना हुन् ।
मध्यपहाडी लोकमार्गको १७ सय ७६ किलोमिटर
ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । यसअन्तरगत बाग्लुङ- बुर्तिबाङ,
जोरसाल-मझिमटार, घुर्मी खुर्कोट, हलेसी दिक्तेल, हिले-लेगुवाघाट-भोजपुर र
गणेशचोक- चियोभञ्ज्याङ सडक खण्डमा कालोपत्रे गर्ने सरकारको कार्यक्रम छ ।
कोशी, कालीगण्डकी र कर्णाली कोरिडोर हुँदै उत्तर दक्षिण जोड्ने कोरिडोरको
ट्रयाक खोलनका लागि पनि सरकारले बजेट छुट्याएको छ ।
तराईको हुलाकी लोकमार्गमा १ सय ५० वटा
पुलहरु निर्माण गर्नुपर्नेमा हाल १७ वटामात्रै बनेका छन् । आगामी आर्थिक
वर्षमा थप २० वटा पुल सहित ३७ वटा पुल बनाउने सरकारी कार्यक्रम छ ।सरकारले
यसवर्ष बर्दिबास- सिमरा खण्डमा १ सय ८ किमी लामो रेलमार्ग बनाउने बताएको छ ।
सिमरा बुटवल खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पारिने भएको छ ।
त्यसैगरी काठमाडौं उपत्यकाका लागि मेलम्ची
खानेपानी आयोजनाको सुरुङ र पानी प्रशोधनको नयाँ ठेक्का सम्झौता भइसकेको र
थप कार्यका सरकारले लागि ५ अर्ब २४ करोड बजेट छुट्याएको छ ।यी आयोजनाहरुका
प्रमखसँग सरकारले कार्यसम्पादन सम्झौता गरेर काम अगाडि बढाउने र स्तरीयताका
लागि राष्ट्रिय सतर्कता केन्द्रबाट प्राविधिक परीक्षण गराउने सरकारको
योजना छ ।
सरकारले प्राथमिकतामा राखेका राष्ट्रिय गौरबका १५ आयोजनाहरु यस्ता छन् :
No comments:
Post a Comment