Total Pageviews

Thursday, July 18, 2013

'के म बोक्सी बन्न सक्छु ?’

के म सफल बन्न सक्छु ? के म जीवनमा अगाडि बढ्न सक्छु ? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लिने मेरो मनले अचेल मलाई अनौठो प्रश्न गर्न थालेको छ। हो, अलिक फरक धारको प्रश्नमा बग्न थालेको छ मेरो मन, जसले हरदम उब्जाउँछ एउटा प्रश्न, 'के म बोक्सी बन्न सक्छु ?'

अनि, तर्कना गर्न खोज्छु, आखिर बोक्सी बन्न के चाहिन्छ? गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिविम्ब सम्झिदा बोक्सी कहलाउन वृद्ध, विधवा, निम्न वर्गीय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्यक्त, निर्बल, निरीह महिलाहरूको अनुहार एकपछि अर्को गरी आउन थाल्छन्। यी सबै गुण, अवगुण म आफूमा हाललाई भेट्टाउँदिनँ तर भविष्यमा कुनै बेला बुढ्यौलीको खुड्किलो टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको सिकार भएमा, रोगी वा समाजका लागि निकम्मा साबित भएमा म बोक्सी कहलाइन पनि त सक्छु।

बोक्सी बन्ने भन्दा पनि बनाइने प्रक्रिया रहेछ। कोही पनि बोक्सी बन्दैन, हुँदैन। बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गरँिदैन, तालिम लिइँदैन। जब उनलाई बोक्सीको पगरी ओढाइन्छ, तब उनी घृणा, लाञ्छना, बेइज्जतीको स्वतः भागीदार हुन्छिन्। यही शक्तिको पूजा गर्ने समाजको काइदाका कारणले।

मीरा ढकाल

No comments:

Post a Comment