११ साउन, काठमाण्डौं । जहाजको ककपिटमा को को हुन्छन् ? पाइलट र इन्जिनियर । अनुमतिबिना एयरहोस्टेज पनि भित्र छिर्न पाउँदिनन् ।
छोरी (अनधिकृत व्यक्ति) लाई ककपिटमा राखेर
जहाज उडाउँदा नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा परेका छन् ।
निगमको अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७-९ एन एसिबीका ती दुई पाइलटलाई
अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ‘ग्राउन्डेड गरिएको छ ।
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल
नागरिक उड्यन प्राधिकरणको आग्रहपछि राष्ट्रिय ध्वजाबाहक निगमले क्याप्टेन
सुधीर राई र सोनी राणालाई यस्तो कारबाही गरेको हो ।
स्रोतका अनुसार करिब तीन साताअघि
मलेसियाको क्वालालम्पुरबाट काठमाण्डौं आउने क्रममा क्याप्टेन राई र राणाले
आफैले उडाएको उक्त जहाजको ककपिटमा राणाकी छोरी पनि थिइन् । घटनालाई निगम
व्यवस्थापनले अहिलेसम्म ‘गुपचुप’ राख्न खोजेको थियो ।
‘उडान सुरक्षामा खेलाँची गरेका कारण निगम
व्यवस्थापनले क्याप्टेन राई र राणालाई ग्राउन्डेड गरेको छ ,’ स्रोतले
भन्यो, ‘व्यवस्थापनले यसलाई गम्भीर रुपमा लिएको छ ।’
घटनाबारे अनुसन्धान गर्न नायव महाप्रवन्धक
गणेश ठाकुरको संयोजकत्वमा समिति गठन गरिएको नागरिक दैनिकमा खबर छ । उडान
अवधिमा राणाकी करिब १४ बर्षकी छोरीले जहाजको ककपिटबाट कम्तीमा चारपटक भित्र
बाहिर गरेकी थिइन । जहाजलाई क्याप्टेन राइले कमान्ड गरेका थिए ।
उक्त जहाजमा यात्रुमात्र भएको भए घटना
सार्वजनिक नहुने भए पनि विमानमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी
पनि सवार रहेकाले घटना सार्वजनिक भएको हो । एक अनधिकृत व्यक्ति जहाजको
ककपिट भित्र बाहिर गरेको देखेपछि उनले कार्यालयमा उजुरी गरी कारबाही
प्रक्रिया अघि बढाउन माग गरेका थिए ।
No comments:
Post a Comment