Copyright : OnlineKhabar
दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जसमा
कामबासनाले भरिएका मूर्तिहरु राखिएका छन् । यो थीम पार्कमा रहेका एक से एक
मूर्तिहरुमार्फत कलाकारहरुले कामबासना भन्ने चिजलाई यथेष्ट रुपमा देखाउन
खोजेका छन् । यहीँ भएर विश्वभरका पर्यटकहरु यो कामूक पार्कमा घुम्न आउँछन् र
छुट्टै रोमाञ्चकता हासिल गर्छन् ।
विवाहित नवजोडीका लागि यो पार्क यौन कला
सिकाउने तथा कामबासना बढाउने पार्कको रुपमा कहलिएको छ । वास्वतमा यो
पार्कका कामूक मूर्तिहरु कला विषय पढिरहेका विद्यार्थीहरुले बनाएका हुन् ।
झ्वाट्ट हेर्दा यी मूर्ति अश्लील जस्ता लाग्छन् र सजिव देखिन्छन् । तर
वास्तवमा यो सजिव कलामार्फत कलाकारहरुले यौनिकतालाई राम्रैसँग प्रस्तुत
गरेका छन् । यो पार्क सन् २००४ मा जिजु लभल्याण्ड भन्ने नामबाट स्थापना
गरिएको हो ।



No comments:
Post a Comment