सेक्सी बनाउन ओठमा सय सुई
एक कार्टुन क्यारेक्टरको सेक्सी ओठबाट प्रभावित भएर आफ्नो ओठलाई पनि
त्यस्तै बनाउने नशा चढेपछि ओठमा सयवटा सुई घोच्ने क्रिस्टिना री अहिले २३
वर्षकी भइन्। सेक्सी ओठ बनाउने भूतलाई शान्त पार्दा उनको ओठ नै बिरूप भएको
छ, तैपनि उनी विश्वको सबैभन्दा ठूलो ओठ भएकी महिलाका रूपमा आफ्नो नाम गिनिज
बुकमा लेखाउन सफल भएकी छिन्। रूसको सेन्ट पिटर्सबर्गकी क्रिस्टिना
नङसम्बन्धी सौन्दर्यविज्ञ हुन्। उनमा आफ्नो ओठलाई गुलाबी तथा सेक्सी बनाउने
चाहना यति धेरै थियो कि उनले ६ हजार २ सय डलर तिरेर आफ्नो ओठमा झन्डै १ सय
पटक सिलिकन इन्जेक्सन लगाइन्। आफ्ना ओठ मन नपरेको र कार्टुनकी पात्र
जेसिका रेबिटका जस्ता बनाउने इच्छा जागेकाले आफूले ओठमा सुई लगाएको बताएकी
छिन्। उनले १७ वर्षकी हुँदा पहिलो पटक ओठमा सुई हानेकी थिइन् र त्यो
सिलसिला वर्षैपिच्छे बढ्दै गएको थियो।
No comments:
Post a Comment