Total Pageviews

Monday, July 29, 2013

रोग प्रतिरोधी क्षमता बढाउने केही खानेकुरा

grapsसरीरको इम्युनिटी पावर अर्थात् रोग प्रतिरोधी क्षमता कमजोर भयो भने विभिन्न खाले रोगब्याधीले च्याँप्छन् । रोग विरुद्ध लड्ने सरीरको प्रतिरोधी क्षमता वृद्ध गर्न र सरीरलाई स्वस्थ राख्नका लागि स्वस्थ जिवनशैली, सन्तुलित आहार विहारको खाँचो हुन्छ । भोजनमा तपाइँले समावेश गर्ने खानेकुरामा तल दिइएका ८ प्रकारका खानेकुरा समेत समावेश गर्नुभयो भने तपाइँको सरीरको रोग विरुद्ध लड्ने क्षमता अवश्य पनि बढ्नेछ ।
१. लसुनः यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व हुन्छ । साथै यसले सरीका सिपाही मानिने सेता रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहन गर्छ ।
२.अंगुरः अंगुरमा प्रसस्तै भिटामिन सी पाइन्छ । यसमा बायो फ्लाभिनोइड्सका साथै अन्य फाइटो न्युटि्रएन्टस्हरु पाइन्छ । समग्रमा यसले
सरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।
३.च्याउः च्याउमा सेलेनियमका साथै एन्टि अक्सिडेन्ट तत्व पाइन्छ । भिटामिन बी लगायतका भिटामिन पनि च्याउमा प्रसस्तै पाइन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइने विभिन्न अनुसन्धानले देखाएको छ ।
४.सागपातः विभिन्न नामका हरिया सागपातमा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।
५. काउलीः काउली तथा ब्रोकाउलीमा एन्टी अक्सिडेन्ट, भिटामिन तथा कोलिन, ग्लुटाथियोन लगायतका तत्व पाइन्छन् ।
६.कटुस, ओखर जस्ता नट्सहरुमा पर्याप्त प्रोटिन, चिल्लोका साथै भिटामिन इ, ओमेगा ३ फ्याट्टी एसिड तथा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।
७. अण्डाको पहेँलो भागमा प्रोटिन, जिंक, सेलेनियम जस्ता तत्वहरु हुने भएकाले यसको सेवन मानिसको रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी हुन्छ ।
८. दहीः दही स्वास्थ्यको लागि निकै लाभदायी खानेकुरा हो । यसको सेवनले आन्द्राका विभिन्न खाले रोग र क्यान्सर समेतको जोखिम कम गर्ने र सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने विज्ञहरुको दाबी छ । एजेन्सीको सहयोगमा

Thursday, July 25, 2013

छोरी खेलाउँदै, जहाज उडाउँदै

११ साउन, काठमाण्डौं । जहाजको ककपिटमा को को हुन्छन् ? पाइलट र इन्जिनियर । अनुमतिबिना एयरहोस्टेज पनि भित्र छिर्न पाउँदिनन् ।
छोरी (अनधिकृत व्यक्ति) लाई ककपिटमा राखेर जहाज उडाउँदा नेपाल वायुसेवा निगमका दुई पाइलट कारबाहीमा परेका छन् । निगमको अन्तर्राष्ट्रिय उडान गर्ने बोइङ ७५७-९ एन एसिबीका ती दुई पाइलटलाई अनिश्चित समयसम्म उडान गर्न नपाउने गरी ‘ग्राउन्डेड गरिएको छ ।
उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरणको आग्रहपछि राष्ट्रिय ध्वजाबाहक निगमले क्याप्टेन सुधीर राई र सोनी राणालाई यस्तो कारबाही गरेको हो ।
स्रोतका अनुसार करिब तीन साताअघि मलेसियाको क्वालालम्पुरबाट काठमाण्डौं आउने क्रममा क्याप्टेन राई र राणाले आफैले उडाएको उक्त जहाजको ककपिटमा राणाकी छोरी पनि थिइन् । घटनालाई निगम व्यवस्थापनले अहिलेसम्म ‘गुपचुप’ राख्न खोजेको थियो ।
‘उडान सुरक्षामा खेलाँची गरेका कारण निगम व्यवस्थापनले क्याप्टेन राई र राणालाई ग्राउन्डेड गरेको छ ,’ स्रोतले भन्यो, ‘व्यवस्थापनले यसलाई गम्भीर रुपमा लिएको छ ।’
घटनाबारे अनुसन्धान गर्न नायव महाप्रवन्धक गणेश ठाकुरको संयोजकत्वमा समिति गठन गरिएको नागरिक दैनिकमा खबर छ । उडान अवधिमा राणाकी करिब १४ बर्षकी छोरीले जहाजको ककपिटबाट कम्तीमा चारपटक भित्र बाहिर गरेकी थिइन । जहाजलाई क्याप्टेन राइले कमान्ड गरेका थिए ।
उक्त जहाजमा यात्रुमात्र भएको भए घटना सार्वजनिक नहुने भए पनि विमानमा नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी पनि सवार रहेकाले घटना सार्वजनिक भएको हो । एक अनधिकृत व्यक्ति जहाजको ककपिट भित्र बाहिर गरेको देखेपछि उनले कार्यालयमा उजुरी गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका थिए ।

Friday, July 19, 2013

आइफोनमा करेन्ट लाग्दा युवतीको मृत्यु

आइफोनमा कुराकानी गर्दागर्दै करेन्टको झट्का लागेपछि एकजना चिनिया युवतीको मृत्यु भएको छ । चार्ज भैरहेको आइफोन ५ मा कल आएपछि फोन उठाएर कुरा गर्दा तत्कालै ती २३ वर्षकी युवतीलाई करेन्ट लागेको बताइएको छ ।


 चिनिया संचार माध्यम सिन्ह्वाका अनुसार पश्चिमी जिनजियाङकी २३ वर्षीया मा अइलुनको आइफोनमा करेन्ट लाग्दा बिहिबार ज्यान गएको पुष्टि गरेको छ । चिनिया माइक्रोब्लगिङ साइटमा घटनाबारे उल्लेख गर्दै ज्यान गुमाउने युवतीले बहिनीले आइफोनमा कुरा गर्दा करेन्ट लागेर आफ्नी दिदीको तत्कालै मृत्यु भएको भन्दै आइफोनको प्रयोग गर्दा होसियारी अपनाउन अपिल गरेकी छिन् ।

 उता यस घटनाप्रति चासो देखाउँदै आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले मृतक युवतीका परिवारप्रति समवेदना प्रकट गरेको छ र घटनाको पूर्णरुपमा छानविन गर्ने र छानविनका लागि चिनिया अधिकारीहरुलाई समेत सहयोग गर्ने जनाएको छ । स्मरण रहोस् चिनिया संचार माध्यम तथा उपभोक्ताको चर्को आलोचनापछि गएको अपि्रलमा एप्पलले चिनिया उपभोक्तासँग माफी माग्दै चिनमा आइफोनको वारेन्टी नीतिमा परिवर्तन गरेको थियो ।

Thursday, July 18, 2013

नेपाली कफी धराशयी हुने बाटोमा

  • विदेशबाट आयातीत कफी नेपाली कफीका नाममा विदेशमै निर्यात
'आकाशको नीलो रंगबाट शान्तिको रूप झल्किरहेको छ भने मध्यभागमा भएको कफीको दाना र हिमालको चित्रले नेपालमा उत्पादित कफी चिसो जलवायुले गर्दा गुणस्तरीय हुने प्रस्ट्याउँछ। तल्लो भागमा रहेको कफीको कपबाट आइरहेको बाफले मन्त्रमुग्ध कफीको बास्ना जनाउँछ।'

नेपाल कफी राष्ट्रिय प्रतीक चिन्ह प्रयोगसम्बन्धी निर्देशिकाको अंश हो यो। तर, तीन वर्षअघि जारी यो निर्देशिकाले भनेभन्दा ठीक विपरीत नेपालको कफीको गुणस्तरमाथि अन्तर्राष्ट्रिय बजारमा प्रश्न उठ्न थालेको मात्र छैन, नेपाली कफीको बाफले मन्त्रमुग्ध भइन्छ भन्ने कुरामा कफी पारखीहरूलाई विश्वास हुन पनि छाडिसकेको छ।

किनभने, नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग बढ्न थालेपछि छिट्टै कमाउन चाहने कफी व्यापारीहरू, जो आयातीत कफीलाई समेत नेपाली कफी भनेर बेचिरहेका छन्, का कारण नेपाली कफीले अवसानको बाटो लिँदै छ। उत्पादनभन्दा बढी विदेशमा निर्यात भइरहेकाले त्यसमा आयातीत कम गुणस्तरीय कफी मिसावट भएको बुझ्न धेरै हिसाबकिताब गर्नुपर्दैन।

नक्कली कारोबार

कफी व्यवसायी र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अनुमानमा कुल उत्पादनको ६० प्रतिशत कफी नेपालको आन्तरकि बजारमै खपत हुने गरेको छ। गत वर्ष देशमा चार सय टन गि्रन बिन्स कफी उत्पादन भयो। आन्तरकि खपतको अनुमानका आधारमा यसको झन्डै ६० प्रतिशत अर्थात् २ सय ४० टन कफी नेपाली बजारमै खपत भयो। सोझो हिसाबमा बाँकी रहेको १ सय ६० टन कफी मात्र विदेश निर्यात हुनुपर्ने हो। तर, गत आर्थिक वर्षमा संसारका १५ मुलुकमा नेपालबाट २ सय ८० टन कफी निर्यात भएको सरकारी तथ्यांक छ। बजारमै नभएको थप १ सय २० टन कफी कहाँबाट आयो ? स्पष्टै छ, त्यो विदेशबाट आयातीत कम गुणस्तरको कफी थियो।

अन्तर्राष्ट्रिय माग पूरा गर्नका लागि भारत, चीनलगायत देशबाट खुला सिमानाको फाइदा उठाउँदै प्रायः भन्सार छलेर आयात हुने कफी नै नेपाली कफीका नाममा विदेश निर्यात भइरहेका छन्। नेपाल कफी व्यवसायी महासंघका महासचिव तथा केन्द्रीय कफी सहकारी संघका उपाध्यक्ष भवानीप्रसाद शर्मा पनि नेपाली कफीमा विदेशबाट आयातीत कम गुणस्तरीय कफी मिसावट गरेर निर्यात गर्ने प्रवृत्तिले उचाइ लिइरहेको स्वीकार्छन्। विश्व बजारमा नेपाली कफीको माग जति छ, त्यसको तुलनामा उत्पादन कम रहेको उल्लेख गर्दै शर्मा भन्छन्, "जसरी भए पनि पैसा कमाउने धुनमा मिसावटयुक्त कफीसमेत नेपाली कफीका नाममा निर्यात हुन थालेको छ, जुन नेपाली कफीका लागि खतराको संकेत हो।"

स्वदेशमा उत्पादित कफी निर्यात गर्दा र विदेशबाट कफी आयात गर्दा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पूर्वस्वीकृति लिनुपर्ने राष्ट्रिय कफी नीतिमै उल्लेख छ। तर, बोर्डलाई भने नेपालको कफीको उत्पादन, व्यवसाय र बजारीकरणबारे जानकारीसमेत छैन।

झन्डै दुई दर्जनको हाराहारीमा रहेका नेपाली कफी उद्योगहरूले कफी नीतिका प्रावधानलाई कहीँ न कहीँ मिचेकै छन्, जसलाई व्यवसायीहरू पनि स्वीकार्छन्। जस्तो: हाइल्यान्ड कफी प्रमोसन कम्पनीका प्रबन्धक सन्तोष पोखरेल माग अनुसार कफी उत्पादन हुन नसकेपछि कफी बजारमा विकृति प्रारम्भ भएको मान्छन्। "माग उच्च छ, उत्पादन छैन। त्यसैले मिसावट नगरी निर्यात गर्न सकिने स्थिति छैन," पोखरेल हाकाहाकी भन्छन्, "गलत भन्ने जान्दा जान्दै पनि कफीको शुद्घ व्यवसाय गर्छु भन्ने वातावरण छैन। वातावरण बनेमा हामी अस्वस्थ प्रतिस्पर्धा गर्न र सबै प्रावधान स्वीकारेर कफी निर्यात गर्न थाल्ने छौँ।"

मिसावटका लागि अहिले खुलेआम विदेशी कफी भित्रिरहेको अवस्थालाई रोक्ने जिम्मेवारी पाएको बोर्ड र अन्य सरोकारवाला संघसंस्थाजस्तै नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघले समेत आवश्यक पहल गर्न सकिरहेको छैन। यद्यपि, महासंघले भने कफी कम्पनी र उद्योगमा अनुगमन गर्न तीन सदस्यीय समिति गठन गरेको छ, जसमा अध्यक्ष श्याम भण्डारी, महासचिव भवानीप्रसाद शर्मा र कोषाध्यक्ष ओमनाथ अधिकारी छन्। तर, रमाइलो कुरा के छ भने व्यवसायीहरूकै संस्थाले अनुगमन गर्नुको के अर्थ रहन्छ ? बोर्डले अनुगमनको नेतृत्व किन लिन चाहेन भन्ने प्रश्न यहाँनिर अहम् छ।

नेपाली भूमि कफीका लागि उपयुक्त भएको र यहाँको उत्पादन गुणस्तरीय हुने प्रमाणित भएपछि अहिले विदेशी नागरकिहरू आफैँ नेपालमा आएर कफी खेती गररिहेका छन्। जस्तो: पेसाले इन्जिनियर इकेसिमा नामका जापानी नागरकि स्याङ्जाको मायाटारीमा स्थानीय बोधराज अर्यालसँग मिलेर कफी खेती गररिहेका छन्। कफी रोप्नेदेखि गोडमेल गर्ने, टिप्ने र प्रशोधन गर्ने समयमा उनी नेपालमै हुन्छन्। उत्पादन र प्रशोधनपछिको कफी उनी जापान निर्यात गररिहेका छन्। यस वर्ष मात्रै उनले स्याङ्जाबाट सात मेटि्रक टन कफी निर्यात गरे। यसरी विदेशी स्वयंको रेखदेखमा कफी खेती हुनुको कारण हो, नेपाली कफी कृषक र व्यवसायीप्रतिको अविश्वास।

कारण अस्वस्थ प्रतिस्पर्धा

अन्तर्राष्ट्रिय बजारमा २७ असारमा इन्डोनेसियाली कफीको मूल्य प्रतिकिलो ४ सय २७ रुपियाँ छ। यो नेपालीभन्दा उच्च गुणस्तरको अग्र्यानिक, फेयर ट्रेड (किसानको हितको पक्षपाती/किसानमैत्री) र एउटै प्लटबाट उत्पादन भएको (सिंगल ओरिजिन) अर्बिका जातको कफी हो। जबकि, यही मितिमा नेपालबाट निर्यात गर्न तयार रहेको तर 'सिंगल ओरिजिन', अग्र्यानिक र फेयर ट्रेडको पत्यारिलो प्रमाणपत्र पनि नभएको कफीको मूल्य व्यवसायीहरूले औसत ६ सय ५० रुपियाँ प्रतिकिलो निर्धारण गरेका छन्। खासमा कफी व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण खरदि मूल्य बढेको हो। यो मूल्य ८ सय ५० रुपियाँ प्रतिकिलोसम्म पुगेको निर्यातकर्ताहरू बताउँछन्।

कफीका लागि विख्यात ब्राजिल, इन्डोनेसिया, चीन, भारतलगायत राष्ट्रमा व्यापक मात्रामा कफी उत्पादन हुन थालेपछि यसको अन्तर्राष्ट्रिय मूल्य घट्दो छ भने नेपालमा कफीको उत्पादन मूल्य क्रमशः बढ्दै गइरहेको अवस्था छ। कफीको बेर्नामा बढ्दै गएको बजार मूल्य (हाल प्रतिबोट २० रुपियाँ), कफी खेतीका लागि काम गर्ने जनशक्ति र व्यावसायिक उत्पादनको अभावलगायत समस्याका कारण उत्पादन लागत बढिरहेको छ। त्यसमाथि एक दर्जनको हाराहारीमा रहेका निर्यातकर्ताबीच सीमित उत्पादन भएको कफीमा हारालुछ हुँदा कृषक र बिचौलियाले भाउ पाइरहेको स्थिति एकातिर छ भने अर्कोतिर त्यसले लागत बढ्ने भएकाले निर्यात मूल्य पनि बढिरहेको छ। तर, यस्तो स्थितिमा नेपाली कफीको माग अन्तर्राष्ट्रिय बजारमा बढेको बढ्यै गर्ने कुनै आधार र तथ्यचाहिँ छैन।

उत्पादन कम भएकाले व्यवसायीहरू नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारको माग अनुसार आपूर्ति गर्न सक्ने स्थितिमा छैनन्। कफी व्यवसायी राजकुमार बन्जाराका अनुसार विश्वप्रसिद्घ कफीका आउटलेटहरूको चेन कम्पनी स्टार बक्स, जापानले साप्ताहिक रूपमा नेपालबाट १० देखि १२ टन कफी लिन खोजेको थियो। यसका लागि उसको प्रतिनिधि नेपाल आएर प्रयास पनि गरेको थियो। कुल उत्पादन नै वाषिर्क चार सय टनभन्दा बढी नभएकाले गुणस्तरमा पनि शंका गर्नुपर्ने स्थिति देखेपछि स्टार बक्सले नेपालबाट कफी लैजाने योजना परित्याग गरेको थियो।

गुणस्तरमा असमानता

नेपालको हावापानी कफीका लागि उपयुक्त मानिन्छ। यही विशेषताले नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाउन सकेको बुझ्न कठिन छैन। त्यसमाथि नेपालमा एकै जातको अर्बिका कफी मात्र उत्पादन हुनु पनि यसको विशेषतासँग जोडिएर आउँछ। समुद्री सतहभन्दा सात सय मिटरभन्दा माथिको उचाइमा उत्पादन हुनु, प्राकृतिक तापमै सुकाउनु, यान्त्रिक उपकरणको उपयोग नगरी हातले नै टिपिनु, केलाइनु, छहारीमा रोपिनु र विश्वका कफी कपर तथा विज्ञहरूले परीक्षण गर्दा एक सयमा झन्डै ८० को हाराहारीमा अंक पाउनु यसका विशेषता हुन्।

तर, नेपाली कफीको यही विशेषता सँगसँगै यसको गुणस्तरमा प्रश्न पनि उठेको छ। कारण, व्यावसायिक रूपमा ठूलो प्लटमा उत्पादन नहुँदा कफी निर्यातकर्ताहरूले समान गुणस्तरको कफी पाउन सक्दैनन्। धेरै कृषकसँग बटुलिने भएकाले कफीका दाना समान गुणस्तरका हुँदैनन्। र, तिनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने यतिबेलाको चिन्ता हो। तर, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत प्रेम आचार्य बोर्डले कफी किसान तथा व्यवसायीहरूलाई प्रोत्साहित गर्ने नीति लिएको बताउँछन्। भन्छन्, "कफीको विकासमा केही कार्यक्रम लागू हुने चरणमा छन्। त्यसले कफी कृषिमा सकारात्मक प्रभाव पार्नेछ।"

पहिचानको समस्या

नेपालको कफीलाई 'स्पेसियालिटी कफी' भनेर नेपाली व्यवसायीहरूले ब्रान्ड बनाएका र त्यसैमा रमाएका भए पनि नेपाली कफीले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन। जस्तो: इन्टरनेसनल कफी अर्गनाइजेसन (आईसीओ)मा नेपाली कफी अहिलेसम्म सूचीकृत नै छैन। अर्थात्, उसले नेपाली कफी चिनेकै छैन।

वाषिर्क सात लाख रुपियाँ तिर्न नचाहेकै कारण नेपाली कफी उक्त संस्थामा सूचीकृत हुन सकेको छैन। यसले गर्दा नेपाली कफीको अन्तर्राष्ट्रिय पहिचान बन्न सकेको छैन। यसैले नेपालबाट जति पनि कफी निर्यात भइरहेको छ, त्यो केवल व्यक्तिगत सम्बन्ध र फकाइफुलाइको तहमा छ। खासमा नेपाली कफीको बजारीकरण हुन सकेकै छैन।

कुरा आईसीओको मात्र होइन। कफी निर्यात हुने राष्ट्रका गुणस्तर सिफारसि गर्ने संस्थाहरूमा नेपाली कफी आबद्घ त छन् तर त्यो निकै खर्चिलो र त्यसका लागि कसले रकम खर्च गर्ने भन्ने अन्योलका कारण यसले व्यापकता लिन सकेको छैन। नेसनल एसोसिएसन फर सस्टेनेबल एगि्रकल्चर अस्ट्रेलिया (नासा)ले गुल्मी र ललितपुरमा उत्पादित कफीलाई प्रमाणित गर्दै आएको छ भने स्याङ्जा, नुवाकोट र पाल्पाको कफीलाई अमेरिकाको प्रमाणीकरण गर्ने निकायको मान्यताप्राप्त एजेन्सी 'वन सर्ट' नामक भारतीय कम्पनीले प्रमाणित गर्छ। यसका लागि एकपटकमा एक प्लटका लागि झन्डै आठ लाख रुपियाँ खर्च हुन्छ। प्रमाणीकरण महँगो भएकाले यतातिर सरकार, निर्यातकर्ता वा किसान कसैले पनि ध्यान दिएका छैनन्। युरोप र जापानमा पनि नेपाली कफी प्रमाणित छैन। जति कफी निर्यात भइरहेको छ, त्यो व्यक्तिगत तवरमा मात्रै हो। थोरै परमिाणमा उपहारका रूपमा कफी पठाउँदा प्रमाणीकरण गर्न नपर्ने भएकाले व्यवसायीहरूले यही बाटो रोजेका छन्।

न अग्र्यानिक, न फेयर ट्रेड

व्यवसायीहरूले नेपाली कफीलाई प्रांगारकि भन्दै बेचिरहेका छन्। तर, त्यसलाई विदेशी कम्पनीले पत्याउने आधार भने छैन। विदेशी खरदिकर्ताले प्रांगारकि हो भन्ने आधार खोजे खेतमै आएर हेर्न वा परीक्षण गर्न भन्नेबाहेक व्यवसायीसँग अर्को उपाय छैन। "हामी कथा बुनेर कफी निर्यात गररिहेका छौँ," जापानको टोकियो विश्वविद्यालयबाट कफी कृषिमा विद्यावारिधि गररिहेका तथा गि्रनल्यान्ड अग्र्यानिक फार्मका प्रबन्ध निर्देशक राजकुमार बन्जारा भन्छन्, "हावापानी राम्रो भएको हिमाली काखमा फलेको प्रांगारकि कफी भन्दै सधैँ बेच्न सकिने स्थिति छैन।"

अझ नेपालमा उत्पादन हुने कफी निर्यात गर्दा फेयर ट्रेड हुनैपर्ने अर्को प्रावधान पनि छ। यसलाई पनि कहीँकतै सम्बोधन गरिएको छैन। अर्थात्, हचुवाका भरमा नेपालबाट कफी निर्यात भइरहेको छ। नेपाली कफीलाई विदेशमा पठाउन अग्र्यानिक उत्पादन भनेर मात्रै पुग्दैन। यसको प्रमाणीकरणका लागि आन्तरकि नियन्त्रण प्रणाली (आईसीएस) लागू गर्नुपर्ने हुन्छ। यो प्रविधि महँगो र मापदण्ड पूरा गर्न झन्झटिलो भएकाले यसमा किसान आफैँले केही गर्न सक्दैनन्। राष्ट्रिय वन नीतिका कारण सामुदायिक वनभित्र कफी खेती गर्न नपाइने कारणले पनि कृषकहरू आफ्नो घरवरपरका खेतबारीमा कफी खेती गररिहेका छन्। कृषकले कफी रोप्ने यी क्षेत्र रासायनिक मल तथा विषादी प्रयोग गर्ने क्षेत्रभित्रै पर्छन्, जसले अग्र्यानिक प्रमाणीकरणलाई कमजोर बनाइरहेका छन्।

परिणाम, नेपाली कफीको निर्यातमा नकारात्मक प्रभाव पर्ने अवस्था सिर्जना भएको छ। यसको अर्थ समयमै हस्तक्षेप नगर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाएर मगमगाइरहेको त्यही नेपाली कफी बास्ना नआउने परिणति भोग्न धेरै समय कुर्नुपर्ने छैन।

नीतिको नियति

सरकारले ३१ वर्षअघि नै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गठन गरेको हो । कफी उत्पादन, प्रशोधन एवं व्यापारिक कारोबारमा निजी तथा सहकारी क्षेत्रसमेतको सहभागिता वृद्धि गरी देशमा उपलब्ध सम्भावनाहरूको दिगो र व्यवस्थित उपयोग गर्ने पनि भन्यो सरकारले । उसले आय आर्जन र रोजगारका अवसर वृद्धि एवं वैदेशिक मुद्रा आर्जन गर्ने भरपर्दो स्रोतका रूपमा कफी विकास गराउने उद्देश्यले कफी नीति २०६० स्वीकृत गरी लागू पनि गर्‍यो । राष्ट्रिय कफी नीति कार्यान्वयन निर्देशिका-२०६७ पनि जारी गर्‍यो । तर, कफी नीति जारी गरेको १० वर्ष बितिसक्दा पनि सरकारले यससम्बन्धी कुनै काम सुरु गरेको छैन ।

न त सरकारले कफीको प्रमाणीकरण नै गर्न सकेको छ, न त निर्यातका लागि बजार सहजीकरण गर्ने जाँगर नै चलाउन सकेको छ । कफी व्यवसायमा भइरहेको गोलमाललाई नियन्त्रण गर्नुभन्दा पनि सरकारको एजेन्सीका रूपमा काम गरिरहेको बोर्ड त्यही विकृतिलाई कमाउने आधार बन्ने वातावारण तयार गर्दै छ । नेपालमा अग्र्यानिक कफी उत्पादनको महत्त्वका बारेमा प्रचारप्रसारमा विशेष ध्यान दिई प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिने भनिए पनि अहिलेसम्म त्यससम्बन्धी एउटै ब्रोसर प्रकाशन गर्न सकेको छैन बोर्डले । कफी तथा चिया कृषक तथा व्यवसायीको हकहित तथा कफी र चियाको व्यवस्थापनका लागि काम गर्नका लागि स्थापना भएको बोर्डमा कफी विज्ञहरूकै अभाव छ । बोर्डको नेतृत्व राजनीतिक नेताका आफन्त तथा कार्यकर्ताले गरिरहेका छन् । जस्तै: अहिलेका बोर्डका अध्यक्ष रमण पाठक स्वयं पनि नातामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’का ज्वाइँ पर्छन्, जो कफीका विज्ञ होइनन् । उनी कफीसँग सरोकार नभएका राजनीतिक व्यक्ति हुन् ।

 

'के म बोक्सी बन्न सक्छु ?’

के म सफल बन्न सक्छु ? के म जीवनमा अगाडि बढ्न सक्छु ? के म रोलमोडल बन्न सक्छु ? यस्तै यस्तै प्रश्नमाझ रुमल्लिने मेरो मनले अचेल मलाई अनौठो प्रश्न गर्न थालेको छ। हो, अलिक फरक धारको प्रश्नमा बग्न थालेको छ मेरो मन, जसले हरदम उब्जाउँछ एउटा प्रश्न, 'के म बोक्सी बन्न सक्छु ?'

अनि, तर्कना गर्न खोज्छु, आखिर बोक्सी बन्न के चाहिन्छ? गाउँघरमा बोक्सी भनिएका महिलाका प्रतिविम्ब सम्झिदा बोक्सी कहलाउन वृद्ध, विधवा, निम्न वर्गीय, सामान्य परिवारकी, परिवार वा समाजबाट परित्यक्त, निर्बल, निरीह महिलाहरूको अनुहार एकपछि अर्को गरी आउन थाल्छन्। यी सबै गुण, अवगुण म आफूमा हाललाई भेट्टाउँदिनँ तर भविष्यमा कुनै बेला बुढ्यौलीको खुड्किलो टेक्दै गर्दा, असफलताले पछ्याउँदै जाँदा, परिवारबाट परित्याग भएमा, गरिबीको सिकार भएमा, रोगी वा समाजका लागि निकम्मा साबित भएमा म बोक्सी कहलाइन पनि त सक्छु।

बोक्सी बन्ने भन्दा पनि बनाइने प्रक्रिया रहेछ। कोही पनि बोक्सी बन्दैन, हुँदैन। बोक्सी बन्नकै लागि विशेष क्षमता विकास गरँिदैन, तालिम लिइँदैन। जब उनलाई बोक्सीको पगरी ओढाइन्छ, तब उनी घृणा, लाञ्छना, बेइज्जतीको स्वतः भागीदार हुन्छिन्। यही शक्तिको पूजा गर्ने समाजको काइदाका कारणले।

मीरा ढकाल

Wednesday, July 17, 2013

तपाईंलाई प्रचण्डजीले आई लभ यू भन्नुभयो भने ?

मान्छेअनुसारको प्रतिक्रिया हुन्छ। उहाँले अभिभावकका रूपमा त्यसो भन्नुभयो भने म पनि आई लभ यु टु भन्छु, के भो र ?

पहिलो प्रेमपत्रमा ब्वाइफ्रेन्डलाई कुन शब्दले सम्बोधन गर्नुभयो ?

क्या बोरिङ, लभ लेटर लेख्नै पाइएन। बरु पढ्नचाहिँ थुप्रै पढियो।

पहिलो मिठो किस कसलाई दिनुभयो ?

पहिलो किस त छवि ओझालाई नै दिएँ नि।

सेक्स के हो ?

नाइँ, भन्दिनँ, लाज लाग्छ। यो बायोलजिकल आवश्यकता र ह्याभिच्युअल कुरा हो, यो प्रकृतिको देन पनि हो। पुरुषलाई जस्तै यो हरेक महिलालाई पनि चाहिन्छ। मलाई पनि अरू महिलालाई जस्तै चाहिन्छ।

अनि हनिमुन

हनिमुन...सम्झना छैन तर रमाइलो भयो।

अब कुन उमेरको मानिससँग प्रेम गर्नुहुन्छ, भर्खरको युवक कि उमेर ढल्किएको बूढोसँग ?

माया गर्ने मान्छेसँग उसको उमेर सोधिँदैन। प्रेममा उमेरको हद हुँदैन, जसले बढी माया गर्छ, उसलाई प्रेम गरिन्छ। हेदै जाऊँ, के हुन्छ।

तपाईंलाई कस्तो पहिरन मन पर्छ ?

मलाई छोटा पहिरन सुहाउने भएकाले छोटै लगाउन मन पराउँछु।

तपाईंको बच्चा छैन। किन ट्राई नगरेको नि ?

म अझै योङ्ग नै छु, बेला भएको छैन। आमा हुन महिला कम्तीमा २५ वर्ष पुग्नुपर्छ।

बलिउडमा फिल्म खेल्न पाए कोसँग खेल्ने ?

अँ......जोन अब्राहमसँग। ऊ धेरै 'माचो' छ। मलाई मन पर्छ।

सेक्सी बनाउन ओठमा सय सुई


सेक्सी बनाउन ओठमा सय सुई

एक कार्टुन क्यारेक्टरको सेक्सी ओठबाट प्रभावित भएर आफ्नो ओठलाई पनि त्यस्तै बनाउने नशा चढेपछि ओठमा सयवटा सुई घोच्ने क्रिस्टिना री अहिले २३ वर्षकी भइन्। सेक्सी ओठ बनाउने भूतलाई शान्त पार्दा उनको ओठ नै बिरूप भएको छ, तैपनि उनी विश्वको सबैभन्दा ठूलो ओठ भएकी महिलाका रूपमा आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएकी छिन्। रूसको सेन्ट पिटर्सबर्गकी क्रिस्टिना नङसम्बन्धी सौन्दर्यविज्ञ हुन्। उनमा आफ्नो ओठलाई गुलाबी तथा सेक्सी बनाउने चाहना यति धेरै थियो कि उनले ६ हजार २ सय डलर तिरेर आफ्नो ओठमा झन्डै १ सय पटक सिलिकन इन्जेक्सन लगाइन्। आफ्ना ओठ मन नपरेको र कार्टुनकी पात्र जेसिका रेबिटका जस्ता बनाउने इच्छा जागेकाले आफूले ओठमा सुई लगाएको बताएकी छिन्। उनले १७ वर्षकी हुँदा पहिलो पटक ओठमा सुई हानेकी थिइन् र त्यो सिलसिला वर्षैपिच्छे बढ्दै गएको थियो।

अफ्रिकामा म पनि गोरा

केही वर्षअघिसम्म अफ्रिका महादेश नेपालीहरूका लागि दन्त्यकथाझैं थियो। आजभोलि भने विश्वभरि छरिदै गएका नेपालीहरूका लागि यो महादेश पनि साधारण गन्तव्य बन्न थालेको छ। केन्या, तान्जानिया, दक्षिण अफ्रिका, इजिप्ट एवं नाइजेरियाजस्ता अफ्रिकी मुलुकमा नेपालीहरू बाक्लै भेटिन थालेका छन्। तीमध्ये हिक्मत थापा त्यस्ता व्यक्ति हुन्, जो अफ्रिका पुग्ने नेपालीमध्ये सम्भवतः सबैभन्दा बढी पारिश्रमिक थाप्छन्। गैरआवासीय नेपाली नाइजेरियाका पूर्वअध्यक्ष हिक्मत अफ्रिकाको सबैभन्दा ठूलो औद्योगिक समूह डाङगोटे ग्रुप -खाद्य विभाग) का निर्देशक हुन्। डाङ्गोटे ग्रुपका प्रमुख अलिको डाङ्गोटे विश्वका २५ औं धनी हुन् भने अफ्रिकाका पहिलो अर्बपति हुन्। तिनै अलिकोले नाइजेरियामा स्थापना गरेको चाउचाउ उद्योगको प्रमुख भएर सात वर्षअघि नाइजेरिया पुगेका हिक्मत अहिले डाङ्गोटे ग्रुपअन्तर्गत सञ्चालन भैरहेका १३ वटा उद्योगको खाद्य प्रमुख बनाइएका छन्।

एउटा नेपाली अफ्रिकाकै सबैभन्दा ठूलो औद्योगिक समूहको माथिल्लो पदमा पुग्नुभएको छ। नेपालीलाई यति ठूलो पद किन दिइयो होला ?

सबैभन्दा ठूलो कुरा लगनशीलता नै हो। जब मैले चाउचाउ उद्योगलाई राम्रोसँग स्थापित गरें, मेरो आड-भरोसामा डाङ्गोटे ग्रुपले चिनी, मैदा, जुसजस्ता अन्य खाद्य उद्योगहरू पनि थप्दै लग्यो। खाद्य प्राविधिक भएका नाताले ती सबै उद्योगको निर्देशकको जिम्मा मलाई दिइएको हो।

विदेशमा नेपालीहरूलाई मजदुरका रूपमा मात्र हेरिन्छ, तपाईंलाई उच्च तहमा विश्वास गर्नुको कुनै आधार त पक्कै होला ?

अफ्रिकामा गोराहरूप्रति बढी विश्वास गरिन्छ, विशेषगरी विशेषज्ञताको हिसाबले। म नेपाली भए पनि कालाहरूका अघि गोरा नै हुँ। अर्को कुरा, ठूला कम्पनीहरूले माथिल्लो पदमा बाहिरका मानिस नै राख्छन्, किनभने बाहिरका मानिसमा अन्य स्वार्थ हुँदैन। स्थानीय व्यक्तिमा विभिन्न किसिमका स्वार्थ हुन्छन्।

कतिपय नेपाली क्षमता हुँदाहुँदै पनि राम्रो अवसर पाइरहेका छैनन्, तपाईंले नाइजेरिया जाने अवसरचाहिँ कसरी पाउनुभयो ?

धरानमा खाद्य प्रविधि अध्ययन गरेपछि मैले चौधरी ग्रुपको वाईवाई चाउचाउमा काम गर्ने अवसर पाएँ। त्यो बेला नेपालमा चाउचाउ उद्योग खोल्ने प्रतिस्पर्धा नै थियो। यही प्रतिस्पर्धाका कारण मलाई यमयम चाउचाउले राम्रो पारिश्रमिक दिएर बोलायो। त्यसपछि मिनमिन चाउचाउमा गएँ। यही क्रममा यमयम चाउचाउले भारतको उत्तराखण्डमा पनि आफ्नो ब्रान्ड विस्तार गर्न मलाई उत्तराखण्डको प्रमुख बनाएर लग्यो। त्यहीँ काम गर्दागर्दै टाइम्स अफ इन्डियामा अफ्रिकाकै ठूलो औद्योगिक समूहले चाउचाउ उद्योग खोल्न लागेको र त्यसको खाद्य विभागको प्रमुखको आवश्यकता रहेको विज्ञापन प्रकाशित भयो। त्यसमा मैले आवेदन दिएपछि त्यसका प्रमुख अलिकोले नै  मेरो अन्तर्वार्ता लिए र आकर्षक पारिश्रमिकको अफर गरे। त्यहीँबाट म नाइजेरिया  पुगें।

त्यति टाढा गएर आफ्नो क्षमता देखाउन गाह्रो भएन ? किनभने अफ्रिकाजस्तो मुलुकमा मानिसहरू जानै डराउँछन्, होइन र ?

सुरुमा मलाई पनि डर लागेको थियो। त्यो बेला मासिक ५ हजार डलरको अफर थियो। बुवाले त पत्याउनुभएन, यति धेरै पारिश्रमिक अफ्रिकाजस्तो देशमा पाइँदैन, तँ ठगिन सक्छस् भनेर सचेत गराउनुभयो। मैले जे पर्ला-पर्ला भनेर हिम्मत गरेको हुँ। अहिले सम्झदा लाग्छ, कहिलेकाहीँ त्यस्तो हिम्मत गर्नैपर्ने रहेछ।

अहिले तपाईंको पारिश्रमिक कति पुग्यो, सुनिएअनुसार अफ्रिकामा सबैभन्दा बढी पारिश्रमिक थाप्ने तपाईं नै हो रे ?

लोग्नेमानिससँग पारिश्रमिक र स्वास्नीमानिससँग उमेर नसोध्नु भन्ने त बहुप्रचलित भनाइ नै छ नि! पारिश्रमिक त भन्न मिल्दैन। यति हो, पहिलेको तुलनामा डलरको भाउ पनि बढ्यो, पारिश्रमिक पनि धेरै गुणा बढ्यो, त्यसैले राम्रो छ। दक्षिण अफ्रिकामा केही चिकित्सकले पनि राम्रो पारिश्रमिक पाउँछन्।

नेपालको आम्दानीको मुख्य स्रोत वैदेशिक रोजगारी हो। तपाईंजस्ता कति प्राविधिक विदेश होलान् ?

करिब १० प्रतिशत पुगे कि भन्ने हाम्रो आँकलन छ। बाँकी ९०  प्रतिशत तल्लो तहका श्रमिक नै छन्।

पहिले तपाईं नाइजेरियाको एनआरएन प्रमुख हुनुहुन्थ्यो, अहिले सम्पूर्ण अफ्रिकाको व्यवस्थापक हुनुभएको छ, नेपालीहरूका लागि के गर्दै हुनुहुन्छ ?

हामी जहाँ बसे पनि नेपाली नै हौं। भोलि हामीले नेपाल नै र्फकनुपर्छ। नेपालप्रति आफ्नो कर्तव्य सम्झेर हामीले एनआरएन इन्भेस्टमेन्ट कम्पनी लिमिटेड खोलेका छौ। उक्त कम्पनीले ४ अर्ब रुपैयाँ लगाएर नेपालमा १ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। त्यसमध्ये लमजुङको दोर्दी खोलाबाट ३० मेगावाट जलविद्युत् उत्पादन गर्ने कार्य प्रारम्भ भएको छ। बाँकी ७० मेगावाटका लागि काम अघि बढिरहेको  छ।

जुन कम्पनीमा काम गर्नुहुन्छ, उक्त कम्पनीलाई नेपाल ल्याएर ठूलो प्रोजेक्ट सुरु गर्न सकिदैन ?

अवश्य नै सकिन्छ। मैले त्यसको प्रस्ताव पनि राखेको थिएँ, तर उक्त कम्पनीले जलविद्युत्मा भन्दा सिमेन्ट उत्पादनमा रुचि देखाएको छ। डाङगोटे अफ्रिकाको सबैभन्दा ठूलो औद्योगिक समूह हो। यो कम्पनीको मुख्य अनुभव सिमेन्ट, पेट्रोलियम पदार्थ, स्टिल तथा चिनीमा छ। नेपालमा उच्च गुणस्तरको चुन भएको जानकारी पाएपछि कम्पनीले नेपालमा सिमेन्ट उत्पादन गर्न रुचि देखाएको छ।

यो प्रोजेक्ट कहाँ पुग्यो त ?

मेरै नेतृत्वमा कम्पनीका तर्फबाट लगानी बोर्डमा ७० अर्ब रुपैयाँमा सिमेन्ट उद्योग खोल्ने प्रस्ताव पेस गरेको  छु। यो नेपालकै सबैभन्दा ठूलो उद्योग हुनेछ। उक्त उद्योगले नेपाललाई मात्र होइन, तिब्बत, बंगलादेश तथा भारतको विहार र उत्तर प्रदेशसम्मको सिमेन्टको माग धान्ने योजना बनाएको छ। हामी ठूलो महत्त्वकांक्षाका साथ आउँदैछौ। यद्यपि केही प्राविधिक समस्याले काम अड्किरहेको छ।

कस्तो समस्या ?

नेपालमा मजदुरले गर्ने बन्द-हड्ताल एवं राजनीतिक अस्थिरताका कारण डाङ्गोटे ग्रुप केही हच्किएको छ। किनभने नाइजेरिया पनि नेपालजस्तै भर्खरै प्रजातन्त्र आएको, ट्रेड युनियनको बोलावाला भएको देश हो,  तर त्यहाँ उद्योग बन्द गर्ने संस्कार छैन। त्यहाँका ट्रेड युनियनहरू संघर्ष त गर्छन्, तर आफ्नो सेवा-सुविधाका लागि मात्र। नेपालमा भने मजदुरहरूले उद्योग धन्दा नै बन्द गर्छन् भन्ने सुनेपछि हाम्रो व्यवस्थापन हच्किएको हो। अर्को कुरा सिमेन्ट उद्योगका लागि ठूलो मात्रामा विद्युत् चाहिन्छ। अहिलेसम्म हामी लोडसेडिङको मारमा छौं भने त्यति ठूलो उद्योग सञ्चालन गर्न कसरी विद्युत् आपूर्ति गर्ने भन्ने सोचले काम तीव्र गतिमा हुन नसकेको हो। नेपालको प्रशासनले पनि केही ढिला गरिरहेको छ।

खाद्य प्राविधिक भएको नाताले खाद्यकै लागि पुँजी लगाऊ भन्न सक्नुहुन्थ्यो, किन प्रयास गर्नुभएन ?

नेपालमा जति आम्दानी सिमेन्ट वा जलविद्युत्बाट गर्न सकिन्छ, त्यति खाद्य उद्योगबाट गर्न सकिँदैन। कम्पनीले लगानी गर्ने भनेको नाफा कमाउन हो। कामदार भएका नाताले मैले पनि कम्पनीकै हितमा सोच्नुपर्छ। नेपालमा जुनसुकै उद्योग खोले पनि हामीले रोजगारी र सरकारले कर पाउने हो। यसले हाम्रो हित हुन्छ। यसमा मेरो व्यक्तिगत हित पनि छ। प्रत्येक वर्ष म उक्त कम्पनीको प्रतिनिधि भएर यहाँको औद्योगिक वातावरण अध्ययन गरिरहेको छु। यो काम सफल होस् भन्ने चाहेर हृदयदेखि नै लागिपरेको छु।

 भोलि यो प्रोजेक्ट सफल भएन भने के गर्नुहुन्छ ? नेपाल र्फकनुहुन्न ?

प्रोजेक्ट सफल भए म त्यही कम्पनीको प्रतिनिधि भएर नेपाल बस्न सक्छु। नभए पनि म नेपाल नै र्फकन्छु। म सुदूरपश्चिम -टीकापुर) को बासिन्दा भएको नाताले अनि उक्त क्षेत्रमा राम्रो खाद्य उद्योग नभएकाले एउटा राम्रो उद्योग खोल्ने योजनामा छु। त्यसका लागि पुँजी तयार गर्ने कामका साथै पश्चिम नेपालको औद्योगिक वातावरण अध्ययन गरिरहेको छु। जहाँ सम्म लाग्छ, म सफल हुनेछु।

Tuesday, July 16, 2013

मुस्लिम ह्याकरबाट दर्जनभन्दा बढी नेपाल सरकारको साइट ह्याक

 

साउन, काठमाडौ । विभिन्न देशका ह्याकरहरुको समूहले नेपाल सरकारका विभिन्न वेवसाइट मंगलबार राती ह्याक गरेको छ । नेपाल सरकार उद्योग मन्त्रालयको   वेवसाईट www.moi.gov.np ह्याक गरेर साउदी अरेबियाका ह्याकरहरुले नेपाललाई गाली गरेका छन् ।  उनीहरुले साइबर सुरक्षामा चुनौती दिँदै धार्मिक प्रचार समेत गरेका छन । त्यस्तै स्वास्थ्य मन्त्रालय अन्तरगत  इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, उद्योग विभाग, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रलगायतका वेवसाइट ह्याक भएको छ ।

ह्याकरहरुले डडेलधुरा, दैलेख, इलाम, दाङ, कास्की, रसुवा, सप्तरी, तनहुँ, म्याग्दीलगायतका जिल्लाका जिल्ला विकास समितिका वेवसाइट समेत ह्याक गरेका छन । उद्योग मन्त्रालयका सह प्रवक्ता छविन्द्र पराजुलीले ह्याक बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले कार्यालय समयपछि मात्रै आफूले यसबारेमा बुझ्ने बताउनुभयो । अवैधानिक रुपमा गोप्य सूचना, जानकारी वा त्यहाँ भएका महत्वपूर्ण तथ्याङ्कहरु चोरी गर्न अहिले ह्याकरले नेपाल सरकारका वेवसाइटलाई निसाना बनाएका छन् । ह्याकरले चालु अवस्थामा रहेका वेवसाइट वा इमेलको सुरक्षा प्रणालीमा भएको कमजोरी पत्ता लगाएर यस्ता काम गर्छन् ।

नेपालमा पछिल्लो समय नागरिकताको विवरण, कृषि, स्वास्थ्य, वातावरण, शिक्षा र अर्थलगायतका क्षेत्रको आधिकारीक तथ्याङ्क चोरी हुदा समेत सरकारले यस तर्फ कुनै चासो दिएको छैन । ह्याकरहरुले नेपाली वेवसाइटलाई यसअघि पनि पटक पटक निशाना बनाउँदै आएका थिए ।
मंगलबार राती ह्याक भएका सरकारी वेवसाइटहरु:
www.moi.gov.np/en/ by: Ari Tiga Angka Enam

www.edcd.gov.np BY: Par4noiD

deodadeldhura.gov.np BY: Par4noiD

deodailekh.gov.np BY:Par4noiD

deodang.gov.np BY:Par4noiD

deoilam.gov.np BY:Par4noiD

deokaski.gov.np BY: Par4noiD

deorasuwa.gov.np BY: Par4noiD

deosaptari.gov.np BY:Par4noiD

deosurkhet.gov.np BY:Par4noiD

deotanahu.gov.np BY: Par4noiD

deotehrathum.gov.np BY: Par4noiD

dfobajhang.gov.np BY: Par4noiD

dfomyagdi.gov.np BY: Par4noiD

doind.gov.np/en/ BY: Par4noiD

dtcomyagdi.gov.np BY:Par4noiD

dtosankhuwasabha.gov.np BY:Par4noiD

etckabhre.gov.np BY: Par4noiD

jagatpurvdc.gov.np BY: Par4noiD

lmtc.gov.np BY:Par4noiD

dsco-sindhuli.gov.np BY: Par4noiD
 
copy from :http://topnepalnews.com/national/18762

Monday, July 15, 2013

कामबासना र यौनकला सिकाउने पार्क (फोटोफिचर सहित)

Copyright : OnlineKhabar
दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जसमा कामबासनाले भरिएका मूर्तिहरु राखिएका छन् । यो थीम पार्कमा रहेका एक से एक मूर्तिहरुमार्फत कलाकारहरुले कामबासना भन्ने चिजलाई यथेष्ट रुपमा देखाउन खोजेका छन् । यहीँ भएर विश्वभरका पर्यटकहरु यो कामूक पार्कमा घुम्न आउँछन् र छुट्टै रोमाञ्चकता हासिल गर्छन् ।
park 1
विवाहित नवजोडीका लागि यो पार्क यौन कला सिकाउने तथा कामबासना बढाउने पार्कको रुपमा कहलिएको छ । वास्वतमा यो पार्कका कामूक मूर्तिहरु कला विषय पढिरहेका विद्यार्थीहरुले बनाएका हुन् । झ्वाट्ट हेर्दा यी मूर्ति अश्लील जस्ता लाग्छन् र सजिव देखिन्छन् । तर वास्तवमा यो सजिव कलामार्फत कलाकारहरुले यौनिकतालाई राम्रैसँग प्रस्तुत गरेका छन् । यो पार्क सन् २००४ मा जिजु लभल्याण्ड भन्ने नामबाट स्थापना गरिएको हो ।
2 34 5 6 7 8 9 10






12

Sunday, July 14, 2013

पत्याउनै मुस्किल । सर्जरी गरेर मान्छे कुकुर बनेपछि...(फोटो फिचर)

एजेन्सी ।तपाई मान्छेबाट अन्य प्राणि बन्न पाउनुभयो भने के बन्नुहुन्छ ? सायदमा यहिनै भन्ने उत्तर सहजै आउन मुश्किल छ । तर दुनियाँलाई अचम्ममा पार्दै एक युवाले भने आफ्नो मुख सर्जरी गरेर फालेर कुकुरको राखेका छन ।

विज्ञानका आविश्कारहरुको प्रयोग गर्दै कोही छोरा भएर जन्मिए भने लिंग परिवर्तन गरेर छोरी बन्छन भने त्यस्तै छोरी बनेर जन्मेका छन भने उनीहरु पनि लिंग परिवर्तन गरे छोरा बनेर हिड्ने गरेका छन । प्लाष्टीक सर्जरी गरेर आफ्नो अनुहार तथा शरिरका अन्य अंग फेर्ने गरेको त सामान्य हुन थालिसकेको छ ।

तर, ब्राजिलका एक युवाले भने सानै देखिको कुकुर बन्ने रहर चिकित्सा क्षेत्रको प्रविधिको प्रयोग गरेर पुरा गरेका छन ।

उनका अनुसार उनलाई आफ्नो बच्चा उमेरदेखि नै परिवारले कुकुरको जस्तो व्यवहार गरेको र कुकुर बनाउन चाहेकोले उनी अहिले सर्जरी गरेर मानब अनुहारलाई कुकुरको टाउकोको स्वरुप दिएका छन ।

सर्जरी पछि उनी कुकुर जस्तै देखिएका छन । उनी आफु यस्तो स्वरुप पाएर खुसी भएको बताउछन । कुकुर जस्तो बन्ने उनको तीब्र इच्छाशक्तिलाई मनग्य पैसा लिएर ब्राजिलका चिकित्सकले उनको माग अनुसार परिवर्तन गरिदिएका छन । उनीहरुले उनको नाक, कान ओठ, रौं आदि बिल्कुल कुकुर जस्तै बनाइदिएका छन ।

यति गरिसकेपछि उनीहरुले एक मरेको कुकुरको अघिल्लो भाग काटेर ती व्यक्तिको अनुहारमा लगाइदिए । यस्तो अचम्मको सर्जरीपछि ती व्यक्तिलाई सबैले गडम्यानका रुपमा बोलाउने गरेका छन ।
साभार स्रोत :टप नेपाल न्युज

नांगो छातिमा हेल्प ओबामा लेखेर दुई युवती ओबामा अगाडी देखापरेपछि (फोटोफिचर)

६ असार, एजेन्सी । जर्मनी भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामालाई दुई युवतिले नांगिएर आफ्ना कुरा राखेका छन । युक्रेनको महिलावादी समूह 'फेमिन' का दुई कार्यकर्ता महिलाले जर्मनी भ्रमणमा रहेका ओबामा अगाडी बर्लिनमा बुधवार अर्धनग्न भएर प्रदर्शन गर्दा बर्लिन प्रहरीले सास्ती ब्यहोर्नु परेको छ ।

सार्वजनिक रुपमा बर्लिनमा भाषण गर्नुअघि ‘फेमिन’का कार्यकर्ताहरुले शरिरको माथिल्लो भागमा कुनैपनि बस्त्र नलगाइकन प्रदर्शन गरेका हुन । यसअघि पनि यो संस्थाका कार्यकर्ताहरुले अष्ट्रेलिया र अमेरिकामा यस्तै प्रदर्शन गर्दै महिला अधिकारको पक्षमा वकालत गरिसकेको दाबी गरेको छ ।

नांगो छाति र शरिरमा ओबामा हेल्प लेखेर महिलाहरुले कुटनीतिक भ्रमणका क्रममा जर्मनि भ्रमणमा रहेका ओबामा भन्दा मात्र सय मिटरको दुरीमा प्रदर्शन गरेको बताइएको छ । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो ।

गत साता पनि यस्तै प्रदर्शन गर्ने फेमिनका तीन महिला कार्यकर्तालाई प्रहरीले पक्रिएर ४ महिना जेल सजाय सुनाएर थुनेको छ । उनिहरुले पक्राउ परेर जेलमा परेकालाई रिहाइ गर्नुपर्ने माग समेत राखेका छन ।
साभार स्रोत : टप नेपाल न्युज

१ सय ८ किलोमिटर रेलमार्ग बनाउने सरकारी घोषणा

३१ असार, काठमाडौं । नेपाल सरकारले आइतबार सार्वजनिक गरेको बजेट भाषणमा विभिन्न १५ वटा आयोजनाहरुलाई ‘राष्ट्रिय गौरबका आयोजना’अन्तरगत राखेको छ । पहिल्यै घोषणा भएका आयोजनाहरुमा सरकारले दुर्इवटा आयोजाना थप गरेको छ ।
सरकारबाट घोषणा गरिएका राष्ट्रिय गौरबका आयोजनाहरुमा पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास, राष्ट्रपति चुरे संरक्षण, भेरी-बबई डाइभर्सन आयोजना र ४ सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना रहेका छन् । त्यसैगरी काठमाडौं तराई-मधेस फास्ट ट्रयाक, मध्यपहाडी लोकमार्ग, तराई-मधेसको हुलाकी राजमार्ग, पूर्व-पश्चिम रेलमार्ग, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थल पनि राष्ट्रिय गौरबका आयोजना अन्तरगत परेका छन् । त्यस्तै निजगढ अन्तरराष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना रानीजमरा- कुलरिया सिंचाइ आयोजना र सिक्टा सिंचाई आयोजना पनि राष्ट्रिय गौरवका आयोजना हुन् ।
मध्यपहाडी लोकमार्गको १७ सय ७६ किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । यसअन्तरगत बाग्लुङ- बुर्तिबाङ, जोरसाल-मझिमटार, घुर्मी खुर्कोट, हलेसी दिक्तेल, हिले-लेगुवाघाट-भोजपुर र गणेशचोक- चियोभञ्ज्याङ सडक खण्डमा कालोपत्रे गर्ने सरकारको कार्यक्रम छ । कोशी, कालीगण्डकी र कर्णाली कोरिडोर हुँदै उत्तर दक्षिण जोड्ने कोरिडोरको ट्रयाक खोलनका लागि पनि सरकारले बजेट छुट्याएको छ ।
तराईको हुलाकी लोकमार्गमा १ सय ५० वटा पुलहरु निर्माण गर्नुपर्नेमा हाल १७ वटामात्रै बनेका छन् । आगामी आर्थिक वर्षमा थप २० वटा पुल सहित ३७ वटा पुल बनाउने सरकारी कार्यक्रम छ ।सरकारले यसवर्ष बर्दिबास- सिमरा खण्डमा १ सय ८ किमी लामो रेलमार्ग बनाउने बताएको छ । सिमरा बुटवल खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पारिने भएको छ ।
त्यसैगरी काठमाडौं उपत्यकाका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ र पानी प्रशोधनको नयाँ ठेक्का सम्झौता भइसकेको र थप कार्यका सरकारले लागि ५ अर्ब २४ करोड बजेट छुट्याएको छ ।यी आयोजनाहरुका प्रमखसँग सरकारले कार्यसम्पादन सम्झौता गरेर काम अगाडि बढाउने र स्तरीयताका लागि राष्ट्रिय सतर्कता केन्द्रबाट प्राविधिक परीक्षण गराउने सरकारको योजना छ ।
सरकारले प्राथमिकतामा राखेका राष्ट्रिय गौरबका १५ आयोजनाहरु यस्ता छन् :
rrr

पिउने हो ९९ हजारको हि्वस्की ?

wजोन वाकर एन्ड सन्सले ९९ हजार मूल्य पर्ने ओडिस्सी नामक हि्वस्की नेपाली बजारमा भित्र्याउने भएको छ ।
७ सय ५० एमएलको सिसीमा उपलब्ध हुने हि्वस्की आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ कन्र्सनले भित्र्याउने भएको हो ।
कम्पनीले चाँडै यो हि्वस्की भित्र्याउने जानकारी दिएको छ । जोन वाकरका एसिया प्यासिफिक प्रमुख बजार व्यवस्थापक जेम्स थप्पसनले यो हि्वस्की अलेक्जेन्डरको असली मिश्रण विधिमा आधारित रहेको जानकारी दिए । ‘ओडिस्सी एक त्यस्तो मिश्रण हो, जुन हामीले सर अलेक्जेन्डरको सम्मानमा तयार पारेका हौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विलासीतापूर्ण तथा उत्कृष्ट स्वादको अनुभूति ग्रहण गर्न चाहने हरेकका लागि उपयुक्त हुने गरी बनाइएको छ ।’ कम्पनीले भारतलगायत विभिन्न मुलुकमा यो हि्वस्की सार्वजनिक गरिसकेको छ ।

Friday, July 12, 2013

तीजको गीतमा पुतली कोमल, पोइला जान पाम छोडेर र्‍यापमा (फोटो र भिडियो)

समय अनुसार तीजको गीतको स्वाद पनि फेरिन थालेको छ । पहिला पहिला तीजको गीतमा नारीहरुको बेदना हुन्थे, सासु र बुहारीको जुहारी समावेश हुन्थे । तर २१ औ शताब्दीमा तीजको गीतमा पनि पप र र्‍यापको मिश्रण गर्न थालिएको छ ।यो भिडमा कोमल वलीलाई जित्न त कसले नै सक्छ र । शुक्रबार बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनीको एक हलमा पुग्दा कोमल वली आफ्नो नयाँ तीज गीतको म्यूजिक भिडियो छायांकनमा व्यस्त देखिइन् । कहिले पोइला जान पाम त कहिले शिव जस्तै पति पाउँ भनेर गीत गाउने कोमल यसपटक भने भगवानसँग कुनै प्रकारका वर माग्दै थिइनन् । यसपटक उनले तीजको गीतमा पप र लोकको मिश्रण गरेर दर्शकलाई नयाँ स्वाद पस्कन लागेको बताइन् ।तीजको लहर आयो गाउँ शहरमा
नाँच गान हुन थाल्यो घरघरमा
मरक्क कम्मर मर्काई घुमी नाचौन
झुम झुम झुम झुम झुमी नाचौनयो शब्दमा कोमल आफ्नो अनुहार छोपेर नृत्य गर्दै थिइन् । उनको साथमा र्‍यापर गीरिश खतिवडाले भिडियोमा र्‍याप हानिरहेका थिए । यो गीतमा शब्द, म्यूजिक र एरेन्ज कोमल र गीरिसले नै मिलेर गरेका छन् । यसैले पनि कोमलको यो गीत गाउँ भन्दा शहर केन्दि्रत देखिएको छ । हरेक बर्षको तीजमा एउटा न एउटा फण्डा झिकेर चर्चामा आइरहने गायिका कोमल वली यो बर्ष भने नयाँ शैलीको म्यूजिक भिडियो र गीतका कारण श्रोताको नजरमा पर्ने तयारीमा छन् ।

रणवीर र कटि्रनाको बिहेको चर्चा, होला त बिहे ?

बलिउड नायिका कटि्रना कैफ र नायक रणवीर कपुर बिचको सम्बन्धमा दैनिक एउटा न एउटा बिषय बाहिरी रहेको छ । रणवीर र कटि्रना आइफा अवार्ड छोडेर विभिन्न देशमा रमाएको चर्चा सेलाउन नपाउँदै यतिबेला नयाँ खबरले बलिउड बजार तातेको छ ।रणवीर कटि्रनाको बिहेको खबरले सिंगो बलिउड बजारमा नै हलचल मच्चाएको छ । बिहेका लागि नायक कपुर २ बर्ष अघि देखि नै तयार रहेको बताइएको छ । यता नायिका कटि्रना कैफको बिषयमा रणवीरका पिता ऋषि कपुर र आमा नितु कपुर पनि तयार भएको भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।
रणवीर र कटि्रना विगत २ बर्षदेखि निक्कै गहिरो प्रेमसम्बन्धमा रहेको बताइएको छ । यसैले अब यि दुइले आफूहरुको सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारी गरेका हुन् ।
नायिका कटि्रना कैफ केही दिन अघि आयोजना भएको आइफा अवार्डका लागि मकाउ प्रस्थान गर्न लागेको तस्बिर बाहिर आएको थियो । तर उनी एयरपोर्टबाट मकाउ नगई रणविरसँग होलिडे मनाउन स्पेन तर्फ मोडिएकी थिइन् । यस्तै रणविर केही समय अघि चलचित्र ‘ए जवानी हे दिवानी’को प्रमोशनका लागि लण्डन पुगेका थिए । तर कटि्रना पनि रणवीरसँगै भएकाले दीपिका प्रमोशनका लागि नगएको बताइएको छ । रणवीर र कटि्रनाको सम्बन्ध चलचित्र ‘राजनीति’को छायांकनसँगै सुरु भएको बताइएको छ । नायक सलमान खानसँग सम्बन्ध बिच्छेद भएपछि कटि्रना रणवीरसँग नजिक भएकी हुन् । यि दुइको सम्बन्ध निक्कै अगाडी बढेको प्रष्ट छ । यसैले पनि रणवीर र कटि्रना बिहे बन्धनमा बाधिए भने अचम्म नमान्दा हुन्छ ।

नोकियाको नयाँ स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामरा

मोबाइल फोन निर्माता कम्पनी नोकियाले ४१ मेगा पिक्सेल क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नोकिया लुमिना १०२० नामको उक्त स्मार्टफोन यतिधेरै शक्तिशाली क्यामरायुक्त पहिलो स्मार्टफोन हो । स्मार्टफोनको क्यामराले रेकर्ड गर्न असम्भव लाग्ने कुराहरु यो नयाँ स्मार्टफोनले रेकर्ड गर्ने दाबी नोकियाको छ ।
n 1
यो क्यामराले खिचेका तस्वीर जूम गरेर रिफ्रेम गर्न सकिने र त्यसो गर्दा तस्वीरको क्वालिटीमा कुनै फरक नपर्ने नोकियाले जनाएको छ ।
विश्लेषकहरुले पनि नोकियाको लुमिना १०२० को क्यामरा अहिलेसम्म बजारमा रहेका मध्ये सबैभन्दा उत्तम स्मार्टफोन क्यामरा भएको बताएका छन् । तर क्यामराकै कारण यो स्मार्टफोनको बिक्रि निकै उच्च हुने कुरामा भने उनीहरु विश्वस्त छैनन् ।
हुनत नोकियाले अघिल्लो वर्ष आफ्नो स्मार्टफोन प्योर भ्यु ८०८ मोडलमा पनि ४१ मेगापिक्सेलको क्यामरा नराखेको होइन । तथापि उक्तस्मार्टफोनको अपरेटिङ सिस्टम निकै पूरानो भएकाले त्यो उपभोक्ताको रोजाइमा पर्न सकेन । पछिल्लो स्मार्टफोन भने माइक्रोसफ्टको विन्डोज फोन प्लाटर्फमबाट चल्ने र त्यसमा १ लाख ६० हजार भन्दा बढि एप्लिकेसन भएकाले लुमिना १०२० ले राम्रै बजार पाउने अपेक्षा गरिएको छ ।
2
यो स्मार्टफोनबाट भिडियो रेकर्ड गर्दा ४ गुणा जुम गरेर हाइ डेफिनेसन भएको गुणस्तरीय भिडियो खिच्न सकिने नोकियाले जनाएको छ । अमेरिकी बजारमा यसको मुल्य दुइ वर्षे कन्ट्रयाक्टमा ३ सय डलर पर्ने बताइएको छ ।

Thursday, July 11, 2013

यसरी फेरिँदैछ काठमाडौं शहरको काँचुली (फोटो फिचर)

विदेशमा जस्तै अत्याधुनिक घर बन्ने क्रम बढ्दो

२८ असार, काठमाडौं । एकदशक अघिसम्म काठमाडौं शहरका उल्लेख्य संरचना भन्नाले सिंहरदबार, धरहरा र नारायणहिटीको बुर्जालाई लिइन्थ्यो । तर, अहिले विस्तारै काठमाडौं शहरले आफ्नो अनुहार फेर्न थालेको छ । उपत्यकाको कंक्रिटको जंगलभित्र जताबाट हेर्दा पनि एउटा न एउटा गगनचुम्बी भवन देखिन थालेको छ । यस्ता अग्ला अपार्टमेन्ट र अत्याधुनिक भवनहरुले नेपालको राजधानी पनि विस्तारै विदेशी शहरजस्तो बन्न थालेको प्रतीत हुन्छ ।
Big-house-in-ktm-1
काठमाडौंबाट ललितपुरतिर हेर्नोस् या एयरपोर्टको नांगो डाँडा छिचोलेर भक्तपुरतर्फ नजर लगाउनोस्, तपाईले अर्को जिल्लामा ठडिएका अग्ला-अग्ला भवनहरु नांगा आँखाले सक्नुहुनेछ । भीमसेन थापाका पालामा बनेको धराहरा त यी भवनका अगाडि होचो भैसक्यो । सिंहदरबार र नारायणहिटीलाई यी गगनचुम्बी महलहरुले निकै तल छाडिसके ।
Big-house-in-ktm-3
 नयाँ बानेश्वरस्थित एभरेष्ट होटल रहेको भवन एक समयसम्म चानचुने मानिँदैनथ्यो । तर, उद्योगी कृष्ण आचार्यको कृष्ण सदनले चंगालेजस्तै आकाश ताकेपछि एभेरेष्ट होटलको उचाइ घटेको छ ।
Big-house-in-ktm-4
व्यक्तिगत घरमात्रै होइन, विभिन्न व्यापारिक संस्था एवं कम्पनीहरुले पनि आधुनितातर्फ पाइला चालेका छन् । महालेखा परीक्षकको कार्यालय र सडक विभागसमेत रहेको बबरसमशेर निर्मित बबरमहल चानचुने भवन हैन । तर, त्यसलाई ठाडो चुनौती दिँदै यतिबेला बबरमहलमा नेपाल टेलीकमको भव्य महल ठडिएको छ । टेलीकमको भवन हेर्दा यस्तो लाग्छ, नेपाल पनि अब विदेशी शहरहरुभन्दा कम छैन । एकातिर सडक विस्तार भइरहेको छ, अर्कातिर अन्तरराष्ट्रिय स्तरको नयाँ भवनले थप शोभा बढाइरहेको छ ।
Big-house-in-ktm-5
सरकार पनि के कम ! व्यक्तिले गतिला भवन बनाएको देखेरै हुनुपर्छ, शहरलाई आधुनिकतातर्फ डोहोर्याउन सरकारीस्तबाट पनि उत्तिकै प्रयत्न भैरहेको छ भन्ने प्रमाण हो, बबरमहलमा निर्मित बडेमाको काठमाडौं जिल्ला अदालत । यसअघिसम्म टीनको छानामुनि बसेर न्याय निसाफ गरिरहेको जिल्ला अदालतले भव्य महलमा सरेपछि न्यायप्रणालीमा गुणात्मक छलाङ मार्ला नमार्ला, त्यो वेग्लै विषय हो तर काठमाडौं जिल्ला अदालत भवनको भव्यताले भौतिक परिवर्तनको संकेत भने प्रष्टसँग दिएको छ ।
Big-house-in-ktm-6एमाले युवा नेता रुपनारायण श्रेष्ठले ठूलो घर बनाएको हल्ला चल्यो । तर, मेघा कलेज र सगरमाथा टेलीभिजनको कार्यालय रहेकै ठाउँमा किष्ट बैंकले यति ठूलो भवन बनाइदियो कि श्रेष्ठको ठूलो भनिएको भवन यतिबेला किष्ट बैंकको उचाइका सामु याक्सामा परिणत भएको छ ।
 Big-house-in-ktm-7
राजधानीमा भैरहेको सडक विस्तारसँगै छेउछाउका भवनहरु पनि आफ्नो पुरानो परम्परालाई छाड्दै आधुनिक, रंगीन एवं सिसै सिसाबाट बन्न थालेका छन् । यस्ता आधुनिक भवनहरुले शहरको शोभा बढाएको सहजै देख्न सकिन्छ । एएटा मात्रै होइन, सडक टेउमा लस्करै ठूला र आधुनिक घरहरु बन्ने क्रम राजधानीमा तीब्र बनेको छ ।
सडक छेउमा बट्टाजस्तै देखिने यस्ता घरहरु कति तलासम्मका छन् भनेर बाहिरबाट छुट्याउन गाह्रो छ । एक जमानामा लिफ्टको कथामात्रै सुनेका नेपालीहरु यतिबेला घरैपिच्छे लिफ्टको अनुभव गर्न पाउने भएका छन् । लोटसेडिङ भएर के भो ? बेलाबखत यस्ता आधुनिक घरमा रातो वत्तीमा पिलिक पिलिक गरेर विज्ञापन र कार्यालयको इेलेक्टि्रक बोर्डले अर्को आधुनिकताको झल्को दिन्छ ।
Big-house-in-ktm-8

शहरलाई गिज्याउँदै जस्तै थोत्रे घर

नयाँ र आकर्षक घरहरुको बढ्दो क्रमसँगै पुराना मोडेलका घरहरुले काठमाडौंलाई गिज्याउन थालेको प्रतीत हुन्छ । एकातिर अत्याधुनिक काठमाडौं जिल्ला अदालत बनिरहेको छ भने टीनको छानामुनि विशेष अदालतको कार्यालय रहेको छ, जसले सिंगै देशका भ्रष्टाचारीलाई तह लगाउनुपर्नेछ ।
Big-house-in-ktm-10
परिवर्तित समयका कारण सरकारी कार्यालय रहेका यी भवनहरु एक जमानाका निकै भव्य मानिन्थे होला, तर अहिले नयाँ मोडेल र ठूलो आयतनका घरहरुले यी पुराना घरलाई विद्रूप बनाइदिएको महसुस हुन्छ ।
गरिबलाई अर्कै सास्ती
Big-house-in-ktm-12
शहरमा धनीमात्रै नभएर गरीहरु पनि हुन्छन् । सडक विस्तार एवं आधुनिक सहरी विकाससँगै उनीहरुले आफ्नो पुरानो मोडेलका साना घरहरुलाई मर्मत सम्भार गर्न सक्दैनन्, फलस्वरुप मुख्य सडक अगाडि रहेका उनीहरुका घरहरुले काठमाडौंको आधुनिकतालाई गिज्याउन बाध्य छ ।
कम थिएनन् राणाकालीन घर
Big-house-in-ktm-15
राणा शासनलाई जति नै निन्दा गरिए पनि आधुनिक नेपालको इज्जत अहिलेसम्म त्यही राणाकालमा बनेका घरहरुले धानिरहेका छन् । प्रधानमन्त्री कार्यलय र मन्त्रालयहरु रहेको सिंहदरबार, केन्द्रीय बैंक, राष्ट्रपति कार्यालय लगायत राज्यका सम्पूर्ण अंगहरु राणाले बनाएका निजी घरहरुमै आश्रय लिइरहेका छन् । राणाकालमा व्यक्तिगत प्रयोजनका लागि बनाइएका निजी भवनहरु अहिलेका आधुनिक भनिएका महलभन्दा केहीमा पनि कमी देखिँदैनन् ।
विदेशीको भर
Big-house-in-ktm-16नेपाली राज्ययन्त्र या त राणाहरुले बनाइदिएका भवनका भरमा चलेको छ, या विदेशीले निर्माण गरिदिएको भवनमा । ०४६ सालको परिवर्तनपछि चन्द्र समशेरले बनाएको घोडा बाँध्ने तबेला र नर्तकी घरमा प्रतिनिधिसभा चलेको थियो । ०६२/६३ को आन्दोलनपछि जम्बो संविधानसभा नर्तकी घरमा अटेन र चीनले बनाइदिएको एकमात्र सम्मेलन केन्द्र कब्जा गरेर बस्यो । काठमाडौंको आधुनिकतासँगै हामीकहाँ कस्तो समस्या छ भने संसद विघठन नभएको अवस्थामा एउटा सार्क सम्मेलन गर्नुपर्यो भने पनि गतिलो सम्मेलन केन्द्र छैन । सांसदहरुले सम्मेलन केन्द्रमा सभा गर्नुपर्ने नियति मेटिएको छैन । यस्तो अवस्थालाई हेर्दा यसो भन्न सकिन्छ, लोकतन्त्र र गणतन्त्रसँगै देशमा राज्यलाई चाहिने संयन्त्र र संरचनाहरु निर्माण हुन सकेको छैन । तर, निजीस्तरबाट भने नेपाल सुतेको छैन, आधुनिकतातर्फ लम्किइरहेको छ । राज्यभन्दा व्यक्ति धनी बन्न थालेको प्रतीत हुन्छ, सिंहदरबारलाई जिस्काउने यी भवनहरुबाट ।

विश्व तेक्वान्दो सस्कृती हुन नेपाली टोली कोरिया प्रस्थान

२८ असार, काठमाडौ । सातौ विश्व तेक्वान्दो सस्कृती मेलामा भाग लिन नुवाकोटका तेक्वान्दो प्रशिक्षक रमेश श्रेष्ठ सहित चार जनाको टोली आज कोरिया प्रस्थान गरेको छ ।
    नेपालको तर्फबाट खेलाडीको रुपमा छनोट भएका नुवाकोटका तेक्वान्दो प्रशिक्षक श्रेष्ठ, सहित पुष्प थापामगर र अनिश महर्जन तथा नेपाली प्रशिक्षक मनोज खड्गी आज बिहान कोरिया तर्फ प्रस्थान गरेका छन् ।
    विश्व तेक्वान्दो सस्कृती मेलामा सहभागी हुन जान लागेको टोलीर्लाइ नेपाल तेक्वान्दो संघले बिदाई गरेको थियो । नेपाली टोलीले आजैबाट कोरियामा सुरु भएको विश्व तेक्वान्दो सस्कृती मेला नेपालको तर्फबाट मार्चपास तथा विभिन्न ईभेन्टहरुमा सहभागी जनाउने छन् ।
    यस्तै टोलीले साउन १ गतेबाट कोरियामानै सुरु हुने २९ औं अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक तालिममा सहभागिता जनाउने नुवाकोट तेक्वान्दो प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिनुभएको छ ।
सातौ विश्व तेक्वान्दो सस्कृती मेलामा भाग लिन नुवाकोटका तेक्वान्दो प्रशिक्षक रमेश श्रेष्ठ सहित चार जनाको टोली आज कोरिया प्रस्थान गरेको छ ।
    नेपालको तर्फबाट खेलाडीको रुपमा छनोट भएका नुवाकोटका तेक्वान्दो प्रशिक्षक श्रेष्ठ, सहित पुष्प थापामगर र अनिश महर्जन तथा नेपाली प्रशिक्षक मनोज खड्गी आज बिहान कोरिया तर्फ प्रस्थान गरेका छन् ।
    विश्व तेक्वान्दो सस्कृती मेलामा सहभागी हुन जान लागेको टोलीर्लाइ नेपाल तेक्वान्दो संघले बिदाई गरेको थियो । नेपाली टोलीले आजैबाट कोरियामा सुरु भएको विश्व तेक्वान्दो सस्कृती मेला नेपालको तर्फबाट मार्चपास तथा विभिन्न ईभेन्टहरुमा सहभागी जनाउने छन् ।
    यस्तै टोलीले साउन १ गतेबाट कोरियामानै सुरु हुने २९ औं अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक तालिममा सहभागिता जनाउने नुवाकोट तेक्वान्दो प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिनुभएको छ ।
 

बुटबल बजार बन्द

२८ असार बुटवल । ठेला व्यवसायीले आज बुटवल बजार बन्द गराएका छन् ।  ठेला व्यवसायलाई व्यवस्थित गर्न माग गर्दै उनीहरुले बजार बन्द गरेका हुन् । बजार बन्द भएपनि यातायात, शिक्षण संस्था तथा कलकारखाना भने खुलेका छन् ।

Tuesday, July 9, 2013

महिला आयोगको काम । लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन माग

२६ असार, काठमाडौं ।

राष्ट्रिय महिला आयोगले विवाह नगर्दै महिला र पुरुषसँगै बस्ने पश्चिमा परम्परा लिभिङ टुगेदरलाई कानूनी मान्यता दिन माग गरेको छ । घरेलु हिंसा 'कसुर तथा सजाय' ऐन २०६६ लाई संशोधनका लागि महिला आयोगले अघि सारेको प्रस्तावमा यस्तो माग गरिएको हो ।

आयोगका प्रवक्ता मोहना अन्सारीले लिभिङ टुगेदरमा हुने हिंसालाई कानूनी दायरमा ल्याउन यस्तो प्रस्ताव गरिएको बताउनु भयो । अविवाहित महिला तथा पुरुषहरुसँगै बस्ने बारेमा कानुनी प्रावधान राखिनुपर्ने, त्यसबाट उत्पन्न हिंसाको निराकरणका लागि कानुन निर्माण गरिनुपर्ने, पीडकलाई क्षतिपूर्ति दिनुपर्ने, छिटो फैसलाको व्यवस्था गरिनुपर्ने, महिला सेललाई सुविधा सम्पन्न गरिनुपर्ने, पारपाचुकेपश्चात हुने महिला हिंसाका विषयमा ऐनमा प्रष्ट व्याख्या हुनुपर्नेलगायतका सुझाव दिइएको छ ।

मंगलबार भएको छलफल कार्यक्रममा घरेलु सम्बन्ध, शारीरिक तथा मानसिक, यौनजन्य, आर्थिक यातनाका विषयमा वक्ताहरुले ऐनमा भएका त्रुटी हटाउनुपर्ने र नयाँ रायसुझाव प्रस्तुत गर्नुभएको थियो ।

चुनावमा नसघाउने कर्मचारी नेताको धम्कीपछि सरकार कर्मचारीको तलब भारी बढाउँदै (बिस्तृतमा)

२६ असार, काठमाण्डौं । मुख्य सचिव नेतृत्वको सरकारी समितिले आगामी बजेटमा कर्मचारीको तलब २१ प्रतिशतले बढाई थप विभिन्न शीर्षकमा भत्ता दिन सिफारिस गरिएको छ । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा रहेको तलब/भत्ता पुनरावलोकन समितिले सोमबार अर्थ मन्त्रालयलाई तलब र भत्ता बढाउन किटानीसहित प्रतिवेदन बुझाएको हो । मुख्य सचिव नेतृत्वको समितिले सुझाव दिन सामान्य प्रशासन मन्त्रालयका सहसचिव मुकुन्दराज पन्थीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । तलब/भत्ता पुनरावलोकन उपसमितिले दिएको सुझावलाई समितिले जस्ताको तस्तै अर्थमन्त्री शंकरप्रसाद कोइरालासमक्ष बुझाएको हो । सो सुझावमा कर्मचारीको तलब २१ प्रतिशतले बढाउने र विभिन्न शीर्षकमा भत्ताबापत ४ हजार ५ सय थप रकम दिन प्रस्ताव गरेको छ । सो सुझावबारे मंगलबार नै अर्थमा आन्तरिक छलफल भएको छ ।

मुख्य सचिव नेतृत्वको समितिले नै यस्तो सुझाव दिएको र कर्मचारी युनियनले समेत तलब नबढाए चुनावमा सहयोग नगर्ने धम्की दिएका कारण कसरी तलब समायोजन गर्न सकिन्छ भनेर छलफल भएको एक अधिकारीले बताए । स्रोतका अनुसार समितिले दिएको सुझावमा तलबमा २१ प्रतिशत वृद्धिसँगै मासिक १ हजार रुपैयाँ शैक्षिक भत्ता, १ हजार रुपैयाँ खाजा भत्ता, १ हजार ५ सय रुपैयाँ परिवहन भत्ता र १ हजार रुपैयाँ टेलिफोन/इन्टरनेट भत्ताको व्यवस्था गर्न भनिएको छ । समितिको सुझावअनुसार तलब–भत्ता वृद्धि भएमा मुख्य सचिवको मासिक तलब झन्डै ४८ हजार रुपैयाँसहित थप भत्ता तथा कार्यालय सहयोगीको करिब १७ हजार र भत्ता पाउनेछन् । यसैगरी, दुर्गममा कर्मचारी बस्न नमान्ने भएका कारण दुर्गम भत्ता आकर्षक राख्न पनि मुख्य सचिव नेतृत्वको समितिले सिफारिस गरेको राजधानी दैनिकमा खबर छ ।

यस्तै, समितिले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई सघाउ पुर्याउनका लागि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै कर्मचारीलाई वार्षिक थप एक महिनाको तलबको व्यवस्था गर्न सुझाएको छ । ‘एक कर्मचारीलाई वर्षमा एक महिनाको तलब छुट्ट्याउनुपर्ने र सो रकम भ्रमणमा अनिवार्य रूपमा खर्च गर्नुपर्ने सुझाव दिइएको छ,’ समितिका एक सदस्यले राजधानीसँग भने । अहिले कायम रहेको एकदेखि तीन अनुपात तलबलाई आगामी वर्षदेखि एकदेखि पाँच अनुपातको दरले बढाउनुपर्ने सुझाव पनि दिइएको छ ।

सो व्यवस्था निजामती, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी साढे ४ लाखभन्दा बढी कर्मचारीमा लागू हुनेछ । कर्मचारी युनियनले मागेभन्दा पनि बढी तलब–भत्ता बढाउन मुख्य सचिव नेतृत्वकै समितिले सिफारिस गरेपछि अर्थ मन्त्रालय भने अन्योलमा परेको छ । सोही कारण अर्थले दुई वर्षदेखि नबढेको तलबलाई कसरी बढाउने भन्ने आन्तरिक छलफल सुरु गरेको हो ।

कर्मचारीहरूमा मुख्य सचिवको ३३ हजार ६ सय ४०, सचिवको ३१ हजार ६ सय ८०, सहसचिवको २४ हजार ७ सय ४०, उपसचिवको २१ हजार ८०, शाखा अधिकृतको १८ हजार ७ सय ९०, नायब सुब्बाको १४ हजार ४ सय ८०, खरिदारको १३ हजार ६ सय ५० र कार्यालय सहयोगीको १० हजार रहेको छ । सुझावअनुसार २१ प्रतिशतले वृद्धि हुँदा मुख्य सचिवको ७ हजार ६४, सचिवको ६ हजार ६ सय ५२, सहसचिवको ५ हजार ९५, उपसचिवको ४ हजार ४ सय २६, अधिकृतको ३ हजार ९ सय ४५, नायब सुब्बाको ३ हजार ४०, खरिदारको २ हजार ८ सय ६६ रुपैयाँ र कार्यालय सहयोगीको २ हजार १ सय रुपैयाँ बढ्नेछ । सिफारिसअनुसार भएमा तलबबाहेक मासिक थप ४ हजार ५ सय रुपैयाँ विभिन्न भत्ताका नाममा पाउनेछन् ।

Sunday, July 7, 2013

तुलसीको पात के-के को औषधि ?

हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धार्मिक महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ ।

तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ । यहाँ हामीले तुलसीको पात कस्तो कस्तो स्वास्थ्य समस्याको निराकरणमा उपयोगी सावित हुनसक्छ भन्ने जानकारी प्रस्तुत गरेका छौँ ।

महिलाहरुमा महिनावारीको बेला यदि पेट तथा कम्मर दुख्ने समस्या बढि नै छ भने तुलसीको हरियो पातलाई पिँधेर रस बनाउनुहोस् अनि दिनहुँ १ चम्चा तुलसीको पातको रस पिउनुहोस् । तुलसीको पात पिँध्न झण्झट लाग्छ भने पात मज्जाले धोइपखाली गरेर चपाउँदा पनि हुन्छ ।

बर्खाको समयमा रुघाखोकी, ज्वरो तथा पेटको समस्या बढि देखिने गर्छ । यस्ता समस्याको रोकथामका लागि दिनहुँ तुलसीका पातको सेवन लाभदायक हुन्छ । साथै रुघाखोकी लागेको बेला तुलसीको पात, बेसार, नुन मिलाएर पानीमा मज्जाले पकाएर उक्त पानी पिएमा रुघाखोकी र चिसो कम हुन्छ ।

तुलसीका पातको सेवनले मुखको संक्रमणबाट बचाउनुका साथै दाँत तथा गिजालाई स्वस्थ राख्छ ।

बिहान उठ्नैबित्तिकै पानीसँगै तुलसीका पात पनि चपाएर खानुहोस् । यसले गर्दा विभिन्न खालका संक्रामक रोगबाट बचाउँछ ।

तुलसीको पातको लेप छालामा लगाउँदा दाद, लुतो तथा छालासम्बन्धि अन्य रोगबाट बचाउँछ ।

ज्वरो आएको छ भने तुलसीको पातलाई पिँधेर बनाएको रसमा अदुवाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

आयुर्वेदमा तुलसीको नजिक बस्दा स्वासप्रस्वास मार्फत लिइने हावा सरीरका लागि निकै फाइदाजनक हुने र त्यसले सरीरका विषाक्त पदार्थ निर्मलीकरण गर्नमा सहयोग गर्ने विश्वास गरिन्छ ।
साभार स्रोत : अनलाइन खबर

झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो

अनलाइन खबर , आखिर प्रेममा सँगै बाँच्ने र सँगै मर्ने कसम खाने तथा एक अर्काको लागि ज्यानै दिने भन्ने बाचा केवल भन्ने कुरा न हुन् । भलै सच्चा प्रेमजोडीका लागि नहोला तर जिम्बाबेका एक स्वार्थी प्रेमीको हकमा भने यो कुरा सत्य सावित भएको छ । उक्त स्वार्थी प्रेमीले आफ्नी प्रेमिकालाई जंगलको बीच झाडिमा लगेर यौनक्रिडा गर्यो । जब मृत्यु नजिक आयो, तब प्रेमिकालाई मारिनका लागि एक्लै छाडेर आफु कुलेलम ठोक्यो ।

 समाचार अनुसार ती युवती आफ्नो प्रेमीको आग्रह मुताविक जंगलभित्र पुगेर झाडीमा प्रेमीसँग सम्भोग क्रियामा जुटेकी थिइन् । विचरा ती युवतीलाई के थाहा उनका लागि त्यो जिवनको अन्तिम सम्भोग थियो र केहीबेरपछि उनी मर्दैछिन् भन्ने कुरा ।

अचानक सम्भोगकै दौरान प्रेमी एकाएक उठेर नांगै दौडिन थाल्यो । ऊ सम्भोगका बेला जमिनमा पल्टिएकी र छुट्टै संसारमा पुगिसकेकी प्रेमिकालाई

परिस्थितिको जानकारी नै नगराई एक्लै दौडियो । उसले आफुतिर सिंह आइरहेको देखेको थियो, त्यसैले ज्यान जोगाउन नांगै दौडिहाल्यो । तर विचरी ती युवती जो जमिनमा पल्टिएकी थिइन् उनले सिंह आएको चालै पाइनन् र एक्कासी सिंहले उनलाई झम्टियो र ज्यानै लियो । जिम्बाबेको उत्तरी गाउँ नजिकैको जंगलमा भएको यो घटनामा मारिने युवतीको नाम शराराइ मावेरा भएको बताइएको छ । तर भागेर फरार भएको युवकको नाम भने खुल्न सकेको छैन ।

ती युवतीले स्थानीय एक बजारमा काम गर्ने गरेको र जगलको सोही स्थानमा आफ्नो प्रेमीसँग बेलाबखतमा लुकीलुकी भेट्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
साभार स्रोत : अनलाइन खबर