पञ्चायती शासन व्यवस्था र बहुदलीय प्रजातन्त्रको उदयको बेला निकै चर्चामा
रहेका मरिचमान सिंह त्यसपछि गुमनाम जस्तै हुनुभयो । झण्डै एकमहिना अघिदेखि
फेरि उहाँको नाम चर्चामा आयो । तर पहिलेजस्तो आलोचनाको हिसाबले होइन,
समर्थन र सहानुभूतिको कोणबाट । पैसाको अभावमा उपचार हुन नसकेको भन्ने खबर
सार्वजनिक भएपछि कतिले रकम उपलब्ध गराउन सरकारलाई दबाब दिए, कसैले चन्दा
संकलन अभियान तीव्र बनाए ।

सरकारबाट खर्च नपाएपनि उहाँलाई उपचारको लागि भारतको नयाँ दिल्ली लगियो । तर त्यहाँ पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएन । त्यसपछि उहाँले आफूलाई नेपाल फर्काउन परिवारसित आग्रह गर्नुभयो । आफ्नै जन्मभूमीमा प्राण त्याग्ने उहाँकै इच्छा अनुसार नेपाल ल्याइएको दुई दिनमै विहीबार विहान उहाँको निधन भयो ।
पहिले सल्यानको खलंगामा रहेको त्रिभुवन जनता माविमा प्रधानाध्यापक रहेका श्रेष्ठले २०३३ सालपछि पञ्चायती राजनीति सुरु गर्नुभएको थियो । उहाँले भारतको लखनउबाट राजनीतिशास्त्रमा स्नातक गर्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलनमा व्यापक दमन गरेको भन्दै उहाँको आलोचना हुने गरेपनि उहाँलाई स्वच्छ छवीको रुपमा पनि चिनिन्थ्यो । श्रेष्ठ २०३८ देखि २०४३ सालसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला विदेश भ्रमणका अवसर प्रशस्त आएपनि उहाँ जानुभएन ।
यस्तो थियो स्वभाव :
‘यो देशमा राष्ट्रवादी शक्ति एक हुनुपर्छ, देशलाई सिक्किमिकरण हुनबाट बचाउनुपर्छ, त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गरौं ।’ आज भन्दा ठिक एक महिना अघि पूर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठलाई भेट्न जाँदा राप्रपा नेपालका नेता दिलनाथ गिरीलाई श्रेष्ठले यसै भन्नुभएको थियो ।
श्रेष्ठका नजिकका साथी समेत रहेका गिरीको भनाइमा निकै सरल स्वभावका श्रेष्ठमा कहिल्यै अहमताको भावना थिएन । आफू पूर्व प्रधानमन्त्री भएपनि यो देशका जनताले जस्तै काम गर्नुपर्छ भन्दै उहाँ गाई र कुखुरा पालेर जीवन निर्वाहतिर लाग्नुभयो । सक्रिय राजनीतिबाट विस्राम लिएपनि सिंहलाई भेट्न जाने सबैलाई उहाँले भन्नुहुन्थ्यो, ‘यो देशको अवस्था निकै नाजुक भइसकेको छ । यसलाई बचाउन लाग्नुपर्यो ।’
प्रधानमन्त्री भएपछि सम्पत्ति कमाउनु पर्छ भन्ने सोच उहाँमा कहिल्यै आएन । उहाँसँग न गाडी थियो न त आलिसान बंगला नै । श्रेष्ठको जीवन प्रधानमन्त्री भएपछि पनि पहिल्यैको जस्तै थियो । ‘उहाँमा म यो देशको प्रधानमन्त्री भइसकेको मान्छे भन्ने भावना कहिल्यै आएन’ गिरी भन्नुहुन्छ, ‘उहाँ सिद्धान्तनिष्ठ व्यक्ति हुनुहुन्थ्यो ।’
सिंहलाई आफ्नो पार्टीमा ल्याउन विभिन्न पार्टीहरुले कसरत नगरेका पनि होइनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेताहरुले त उहाँलाई धेरै पटक नै अनुरोध गरे । तर उहाँले सधैं भन्नेगर्नुहुन्थ्यो, ‘जो जहाँ भएपनि यो देश बचाउन लागौं । जनताले दुःख पाउनु भएन देश स्वाधिन मुलुकको रुपमा रहनुपर्यो ।’

No comments:
Post a Comment