कैयौं वर्षअघि बागमतीको सङ्लो पानी पिएका
मानिसले बागमतीको पवित्रताको कुरा सुनाउँदा अहिलेका पुस्तालाई कथाजस्तो
लाग्न सक्छ। उही बागमतीलाई फेरि तिर्खा मेटाउने नदी बनाउन लागिपरेका छन्
। केही संघसस्था र फिल्मकर्मीहरु बागमती सफाइ अभियान अन्तर्गत जनचेतना
जगाउने उदेश्यले शनिबार आयोजना गरेको बागमती सभ्यता बचाउ अभियानमा सक्रिय
भएका नायक राजेश हमाल शनिबार र्याफ्टिडका क्रममा बागमती नदीमा खसे। उनीसँगै
सहरी विकास मन्त्रालयका सचिव किशोर थापा पनि खसेका थिएउक्त डुंगामा पर्यटन मन्त्री रामकुमार श्रेष्ठ, मुख्य सचिव लीलामणि पौडेल, नेपाल र्याफ्टिङ एसोसिएसनका मेघ आले पनि सबार थिए ।
उक्त डुंगाको अघिल्लो भाग उचालिएपछि पछाडी बसेका थापा र हमाल बागमतिमा
खसेका थिए । पौडन जान्ने मुख्य सचिब थापा भने पौडेर आर्यघाट नजिकै उत्रेका
थिए भने नायक हमाललाइ भने सोहि डुंगामा रहेका अन्य तिन जनाले तानेर उद्दार
गरेका थिए ।
कसैलाई चोटपटक भने लागेको छैन । घटना पछि नायक हमाल भने बागमती सफाइ
अभियानको सिलसिलामा तीलगङ्गामा आयोजना गरिएको औपचारिक समारोहमा सामेल नभएको
र सचिब थापा मात्र सहभागी भएको समाचार एजेन्सी राससले जनाएको छ ।
No comments:
Post a Comment