Total Pageviews

Friday, August 30, 2013

काठमाडौंमा भुकम्पको ठुलो धक्का, मान्छेहरुको भागाभाग

१४ भदौ, काठमाडौं ।
काठमाडौंमा भुकम्पको ठुलो धक्का महशुस गरिएको छ । शुक्रबार राती ११ बजेर ३५ मिनेटको समयमा ठुलो भुकम्पको धक्का महशुस गरिएको हो । भुकम्प आउँदा मध्यरातको समय भएकाले अधिकाशंले महशुस गर्न नपाएपनि थाहा पाएकाहरुले हो हल्ला गरेपछि भागा भाग भएको छ ।

भुकम्पको धक्का आएपछि मान्छेहरु उठेर राती बाहिरै बसेका छन् । भुकम्पको धक्का र यसबारेमा भुकक्प मापन केन्द्रले केही बताएको छैन । मध्यरात भुकम्प आएकाले फेरी आउन सक्ने भयले काठमाडौंबासी घर बाहीरै बसेका छन् ।
हाम्रा समाचारदाताहरुले जनाए अनुसा भुकम्पको धक्का नुवांकोट, धादिङ, रसुवा, काभ्रे, ललितपुर, भक्तपुर लगायत जिल्लामा महशुस गरिएको छ । यसको थप विवरण प्राप्त हुँदैछ । हामी लाइभ अपडेटमा रहेका छौं ।

Thursday, August 29, 2013

नेपाल मेरो सपनाको देश : राजदूत रे

http://www.ekantipur.com/image.php?image=http://www.ekantipur.com/uploads/ekantipur_nep/news/2013/gallery_08_29/sapanako-nepal_20130829082249.jpg&width=230&height=175नयाँदिल्ली, भाद्र १३ - हनोईबाट कूटनीतिक कार्यभार पूरा गरेर दिल्ली उत्रिएको १० दिनमै राजदूत रन्जित रे काठमाडौं जाने हतारमा थिए । बुधबार दिउँसो कूटनीतिक सत्संगको केन्द्र इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा भेटिएका रेले हतारमै सुनाए, 'म तपाइर्ंले सोचेभन्दा बढी खुसी छु, नेपाल भनेको मेरा लागि सपनाको देश हो । त्यहाँ जाने मेरो सधैंको इच्छा थियो ।'
नेपालका लागि राजदूत भएर आगामी सोमबार काठमाडौं जाने तयारीमा रहेका रेले गफगाफको सुरुमै बाचा गराए, 'राजनीतिका कुरा नगरौं है । अरू विषयमा चियागफ मात्रै गरौं ।'
राजदूत रेले भियतनामबाट भर्खरै दिल्ली फिर्दा साथमा परम्परागत र आधुनिक केही हस्तकला, पेन्टिङका सामग्री संग्रहमा ल्याएका रहेछन् । उनी नेपालको हस्तकलादेखि वास्तुकलासम्मका उत्तिकै 'फ्यान' रहेछन् । 'नेपालसँग दुनियाँकै राम्रो हस्तकला सम्पदा छ, थांकादेखि परम्परागत चित्रकला पनि उस्तै मोहक छ,' उनले भने, 'भारतमा यो सम्पदाको राम्रो बजार छ, तर यसलाई बाहिर ल्याउने काम भएको छैन ।' राजदूत रेले नेपाललाई आफ्नो 'डि्रम-कन्ट्री' भनिरहनाको अर्को कारण पनि रहेछ, त्यो हो- पदयात्रा । 'दस वर्षअघि मैले मनाङको थोराङला हुँदै मुस्ताङ मुक्तिनाथ-कागबेनी यात्रा गरेको थिएँ,' उनी सम्झँदै थिए, 'मेरो जीवनको सबैभन्दा स्मरणीय क्षणमध्येमा त्यो यात्रा पनि पर्ने गर्छ ।'
नेपालका जनकपुर, लुम्बिनीजस्ता विश्व सम्पदा क्षेत्रमा भ्रमणमा गइसकेको बताउँदै उनले अबका दिनमा सगरमाथा क्षेत्रमा पदयात्रामा निस्कने इच्छा उनले मनमा राखेका रहेछन् । आफू भियतनाममा राजदूत छँदा त्यहाँका बौद्धमार्गीले भगवान् बुद्धका हरेक जीवनचरण र घटनाक्रम जोडिएका स्थानमा घुम्न इच्छा देखाउने गरेको सन्दर्भ सुनाए । बुद्धको जन्मस्थल नेपालमा भियतनामी तीर्थालुले आउने चाहना गरेको जानकारी दिइरहेका बेला राजदूत रेले नेपाल-भारतसहित जोडेर 'बौद्धमार्गीको यात्रामार्ग'
-सर्किट) बनाउन सकिने सम्भावना औंल्याए ।
'म नेपालमा तराईदेखि पहाड घुम्न चाहन्छु । यत्तिको प्राकृतिक सम्पदा र सम्भावना भएको मुलुक अर्को कुनै नहोला,' रेले अगाडि भने, 'सिंगो देश बुझ्नका लागि राजधानीमा बसेर मात्रै हुँदैन, सबैतिर पुगेर जीवन, सभ्यता, संस्कृति पहिल्याउनु श्रेयष्कर हुन्छ ।'
रेका सम्झनामा उनी झन्डै दर्जन पटक काठमाडौं भ्रमणमा गएका छन् । नेपाली राजनीतिको घुम्तीको बिन्दु मानिने १२ बुँदे समझदारी (२०६३ मंसिर ७) का अवधिमा भारतीय विदेश मन्त्रालयमा नेपाल-भुटान मामिला हेर्ने सहसचिव (जेएस-नर्थ) रहेका रेको 'दौडधुप' स्वभावतः त्यसबेला बढी रहन्थ्यो । उनी २००२ अक्टोबरदेखि २००६ जनवरीसम्म जेएस-नर्थ थिए । 'हो, नेपालको बदलिँदो सन्दर्भ र सहमतिको त्यो क्षणमा मैले सम्बद्ध शाखामा रहेर काम गरेको थिएँ, मैले त्यसबेलाको समयलाई सधैं सम्भिmएको छु,' रेले संक्षेपमा भन्न चाहे ।
एउटा कूटनीतिज्ञले आफ्नो विषय सम्बन्धित मामिलामा सधैं 'अपडेटेड' हुनुपर्छ, ऊ सधैं विषयगत जानकार रहनुपर्छ भन्ने मान्यतामा राजदूत रेले भेटेसम्मका सन्दर्भ पुस्तक पढ्ने  गरेका रहेछन् । 'अन्तर्राष्ट्रिय राजनीति, भूराजनीति, अर्थशास्त्रका पुस्तक पढ्छु,' उनले भने, 'पछिल्ला दिन नेपालबारे पढिरहेको छु ।'

नेपाली साहित्यमा अंग्रेजीमा कलम चलाउने सम्राट् उपाध्याय, मञ्जुश्री थापाका पुस्तकहरू उनले धेरैअघि पढेका रहेछन् । उनले आफूले नेपाली बोल्न, लेख्न र पढ्न चाहेको आफ्नो इच्छासँगै जिज्ञासा पनि राखिहाले, 'मिहिनेती विद्यार्थीझैं भएर नेपाली सिक्न चाहें भने कति समयमा सिकिएला ?'
भारतीय कूटनीतिक सेवामा 'सन् १९८० ब्याच' रहेका रे इन्डियन स्कुल अफ इकोनमिक्सका स्नातक हुन् । उनी यसअघि भियतनाम र हंगेरीमा राजदूतका रूपमा तथा कोसोभो, कम्पाला, न्युयोर्कका भारतीय कूटनीतिक नियोगमा कार्यरत रहे । नेपाल सम्झनासाथ आफूलाई 'अनगिन्ती सम्भावनाले भरिएको मुलुक' लाग्ने गरेको र भारत सरकारले आफूलाई विश्वास गरेर त्यहाँ काम गर्न पठाएकामा रे दोहोर्‍याउँदै कृतज्ञता जनाइरहेका थिए ।
केहीअघि यहीं आईआईसीमा भेटिएका नेपालका लागि एक पूर्वराजदूतले अबका राजदूत रन्जित रेका बारेमा केही जानकारी 'खुलासा' गरेका थिए । जस्तो- रे अविवाहित छन्, उनी निकै मृदुभाषी छन् । उनका रसिक साथीभाइको सर्कल ठूलो छ आदि । 'रन्जित रे भनेका न राकेश सूद (भूतपूर्व राजदूत) जस्ता कडा कूटनीतिज्ञ हुन्, न जयन्त प्रसाद (निवर्तमान राजदूत) जस्तो नरम कूटनीतिका पक्षधर,' ती पूर्वराजदूतले भनेका थिए, 'रे मझधारका कूटनीतिज्ञ हुन्, तर काममा यिनी सधैं विवेकसंगत देखिन्छन् ।'
अरूले गर्ने यस्ता टिप्पणीहरूबारे धेरै कुरा सोध्न त मिलेन । कूटनीतिक मर्यादा राख्दै ५६ वर्षीय 'लखनउ बोइ' महामहिम रेलाई अन्तिम जिज्ञासा थियो, 'विवाह किन गर्नुभएन ?' 'हाहाहा...गर्दागर्दै यस्तै भयो,' काठमाडौं जानुअघिका शिष्टाचार भेटघाटका क्रममा बुधबारै राष्ट्रपति प्रणव मुखर्जीसँगको भेटघाट भएकाले हतारमा जवाफ दिँदै राजदूत रे बाटा लागे ।






प्रकाशित मिति: २०७० भाद्र १३ ०८:२०

जमलस्थित ज्योति भवनमा आगलागी...

Joti Building Kathmandu Fireकाठमाडौ, भाद्र १४ - जमलस्थित ज्योति भवनमा रहेको हिरो मोटरसाईकलको शो रुम माथि को फ्लोरमा आगो लागेको छ । त्यस भवनमा विभिन्न कार्यालय तथा शो रुमहरु छन् । आगलागीको कारण खुल्न सकेको छैन । आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको छ । भवनमा ग्राण्डी अस्पताल समेत रहेको छ । अस्पतालका नर्स र अन्य कर्मचारीलाइ झ्यालबाट उद्धार गरिएको छ । त्यस भवनमा नेपाल बैंक लिमिटेडको कान्तिपथ शाखा पनि छ । करिब ८ बजे लागेको आगो समयमै पुगेको दमकल र सुरक्षा निकायको प्रयासले नियन्त्रणमा आएको छ । आगलागीले जमलको कान्तिपथ क्षेत्र अस्तव्यस्त छ । त्यहाँ मानिसहरु त्रसित छन् । पसलहरु खुलेको छैन । त्यस क्षेत्रमा यातायात संचालनमा रोक लगाइएको छ ।

Monday, August 19, 2013

ठूला जहाजबाट नेपाल उडान नभर्न पत्राचार

नविन अर्याल
३ भदौ, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको क्षमता नभएको भन्दै वाइड बोडी जहाजबाट नेपाल उडान नभर्न विदेशी एयरलाइन्सलाई पत्राचार गरेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल जिर्ण भई भत्किन थालेपछि वाइड बडी जहाजबाट उडान नभर्न प्राधिकरणले पत्राचार गरेको हो । विमानस्थल पुनर्निमाण नगर्दासम्म वाइड बोडी जहाजबाट उडान भर्न रोकिने बताइएको छ ।
‘तत्काल वाइड बडी उडान रोक्दा अल्टरनेटिभ जहाज नभएका एयरलाइन्सको सेवा ठप्प हुनेछ’ प्राधिकरणका महाप्रबन्धक रतिश चन्द्रलाल सुमनले भन्नुभयो- ‘त्यसैले एयरलाइन्सलाई वाइड बोडी जहाजको विकल्प खोज्न पत्रचार गरेका छौं ।’
Airport
तत्काल बन्द गर्दा टिकट बुकिङ गराइसकेका एयरलाइन्सलाई पनि समस्या पर्नेछ । एयरपोर्टको अवस्थाबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले सानो जहाज नभएका एयरलाइन्सले विकल्प खोज्न आग्रह गरिएको बताउनुभयो ।
न्यारो बडीले ६ घण्टाभन्दा लामो उडान भर्न नसक्ने हुँदा सरकारी निर्णयले लामो उडान भर्ने सबै एयरलाइन्सलाई अप्ठेरो पर्नेछ । मुख्य पर्यटकीय सिजन नजिकिएको बेला यात्री आकर्षण गर्न केन्द्रित हुनुपर्ने एयरलाइन्स तनावमा परेका छन् । टिआईएले निश्चित मितिबाट वाइड बडीको जहाज उडाउन रोक्न नभनी आवश्यक व्यवस्थापन गर्न कम्पनीहरुलाई आग्रह गरेको छ । तसर्थ तत्काल उडान बन्द नगरी विकल्पको खोजी गर्ने एयरलाइसेन्स कम्पनीहरुले बताएका छन् ।
खासगरी नेपाल उडान भर्ने ‘एयरबस-३३०’, ‘एयरबस-३५०’ र ‘बोइङ-७७७’ जहाज तत्कालका लागि नेपाल आउन रोकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्क दिनेश प्रसाद श्रेष्ठले बताउनुभयो । सन् २०११ देखि नै विमानस्थल भत्किन सुरु गरे पनि सरकारी बेवास्ताको कारण अहिलेको अवस्था आइपुगेको हो । विमानस्थलका अधिकारीले भने अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नहुँदा पुनर्निमाण गर्न नसकिएको दाबी गरेका छन् ।
विमानस्थलको धावनमार्गको भारवहन क्षमता ७४ देखि ७५ टनसम्म रहे पनि अहिले १९० देखि १९५ टनसम्मका वाइड बोडी जहाजले ३ हजार ४८ मिटर लामो धावनमार्गमा ल्यान्डिङ गरिरहेको टिआइएले जनाएको छ । विमानस्थल निर्माणको सुरुवातमा केही मात्रामा बोइङ ७०७, ७२७ र डिसी-८ जस्ता विमानहरु संचालन भइरहेकोमा अहिले बोइङ ७७७, एयरवस ३४०, एयरवस ३३० जस्ता वाइड विमानले उडान भर्छन् । त्यसो त लामो समयसम्म प्रयोगमा आएको धावनमार्गको आयुसमेत घट्दै गइरहेको हुन्छ ।
सन् १९८१ देखि सन् १९९० को दशकसम्म ६/७ हजार अन्तर्राष्ट्रिय उडान र बाँकी आन्तरिक गरी वर्षको १६/१७ हजार जहाज उडान भएकोमा गत वर्ष त्रिभुवन विमानस्थलबाट २३ हजार अन्तर्राष्ट्रिय उडानसहित १ लाख उडान भएको छ । सन् १९८१ देखि सन् १९९० को दशकको तुलनामा सन् २०१२ मा ३५० प्रतिशतले अन्तर्राष्ट्रिय जहाजहरुको उडानमा वृद्धि भएको देखिन्छ । अहिले टिआइए दैनिक साढे १८ घण्टासम्म संचालनमा रहन्छ ।
सन् १९५० देखि नियमित सञ्चालनमा आएको यस विमानस्थलको धावनमार्गको दक्षिणतर्फको खण्डमा सन् २०१३ को अगष्टदेखि हालसम्म ५ पटक प्वाल परिसकेको छ । जस्लाई आकस्मिक मर्मत सम्भार गरेर मात्र संचालनमा ल्याइने गरिएको छ । विमानस्थलको धावनमार्ग पुरानो भएको, ओभरलोड धान्नु परेको, ग्रास लेभलमा कमजोर संरचना निर्माण गरिएको, चर्को घाम र ठूलो झरी पर्दा निरन्तर भत्किरहेको टिआइएका वरिष्ठ इञ्जिनियर पुण्य शाक्यले दाबी गर्नुभयो ।
सुधारका लागि भएका प्रयास
‘अहिले स्पेनिस आयसा इञ्जिनियरिङ कम्पनीले विमानस्थल धावनमार्ग, ट्याक्सी वे तथा पार्किङ क्षेत्रको पेभमेन्ट -बाटो) को अवस्थाबारे अध्ययन गरिरहेको छ’ टिआईएका वरिष्ठ इञ्जिनियर शाक्यले भन्नुयभो- ‘दुई महिनाभित्रमा उक्त कम्पनीले पेभमेन्ट सुधार गर्न अपनाउनुपर्ने उपायका साथै एउटामात्र धावनमार्गलाई मध्यनजर गरी निर्माण पद्दतिसहितको रिर्पोट बुझाउने छ ।’ अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा धावनमार्ग हुनुपर्नेमा नेपालले अहिलेसम्म एउटै धावनमार्गबाट काम चलाइरहेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ५/७ वर्षको अन्तरालमा सबै पिच उप्काएर पुनः पिच गर्नुपर्ने भए पनि एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल र त्यसमा पनि एउटैमात्र धावनमार्ग भएका कारण टालटुल मात्र गरेर काम चलाउनु परेको टिआईएका महाप्रबन्धक श्रेष्ठले बताउनुभयो ।
सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय तथा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माण गर्न काम अगाडि बढाए पनि त्यसलाई मूर्त रुप दिन सकेको छैन । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव सुशिल घिमिरेले भैरहवाको विमानस्थल निर्माण कार्य धेरै अगाडि बढेको जानकारी दिनुभयो । पोखराको विमानस्थल चीनको सहुलियत ऋणबाट निर्माण गर्न लागिएको उहाँको भनाइ थियो ।
अल्पकालीन र दीर्घकालीन रणनीति
धावनमार्ग तथा ट्याक्सीमार्गको विद्यमान समस्या निराकरण गर्न टिआइएले ३ चरणमा निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ । तत्कालीन उपायअन्तर्गत मनसुन अवधिभर उच्च क्षमताको सिल इमल्सन प्रयोग गरी तत्काल मर्मत गर्दै धावनमार्ग यथाशिघ्र सञ्चालनमा ल्याउने जनाएको छ ।
अल्पकालीन उपाय अन्तर्गत मनसुन समाप्ति लगत्तै धावनमार्गमा हट मिक्स अस्फाल्ट कक्रिट प्रगोग गरी धावनमार्ग मर्मत गरेर सञ्चालनयोग्य बनाउने प्राधिककरणको योजना छ । दीर्घकालीन उपायको रुपमा हाल भइरहेको पेभमेन्ट इभ्यालुएसन स्टडीको प्रतिवेदन तथा सिफारिशअनुरुप धावनमार्ग र ट्याक्सी वेको मुख्य सुधार कार्य गर्ने टिआईएले जनाएको छ ।

Thursday, August 15, 2013

ज्ञानेन्द्रकी छोरीसँग कसले माग्यो १ करोड फिरौती ?

पूर्व राजपरिवारभित्र अपहरणको आतंक

३१ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रका छोरीपट्टिका नाति पार्थव सिंहलाई अपहरण गरेर एक करोड फिरौती मागिएपछि पूर्वराज परिवार मात्रै तनावमा परेन, ‘भीभीआईपी’ परिवारलाई नै निशाना बनाइएपछि प्रहरीसमेत ठूलो दबाबमा परेको एउटा सनसनीपूर्ण घटना खुलासा भएको छ ।
पहिलो एसएमएस, २४ कार्तिक, ०६६ बिहान ११ बजे
‘प्रेरणा सरकार नमस्कार,  हाम्रो संगठनलाई सहयोग गर्नुपर्छ । आज दुई बजेभित्र एक करोड रुपैयाँ हजुरको सचिवलाई दिएर गोदावरी पठाउनुहोला’
दोस्रो एसएमएस, २६ कार्तिक ०६६
‘प्रेरणा जी एसएमएस पढ्नुभएन कि ? हामीलाई आज तु एक करोड चाहिन्छ । नत्र भने खतरा होला’
तेस्रो एसएमएस, २९ कार्तिक ०६६
‘आज पठाउनु भएन भने २४ घण्टाभित्र राजबहादुर र छोराको मौत हुन्छ । पुलिस रिपोर्ट र कसैलाई पनि नभन्ने’
prerana-shah-2

घटना, २०६६ सालको हो । ठूला व्यापारीहरुको अपहरण र फिरौतीको धन्दा अपराधीहरुका लागि फस्टाएको समय । दुई सय ४० वर्ष पुरानो शासनसत्ता गुमाउनु परेको पीडाले रन्थनिएको पूर्व राजपरिवारमाथि अर्को तनाव सिर्जना गरिदियो, यो एसएमएसले । पूर्वराजा ज्ञानेन्द्र शाहकी एकमात्र छोरी प्रेरणाको मोबाइलमा आएको एसएमएसमा श्रीमान राजबहादुर सिंह र छोरा पार्थवलाई अपहरण गरी हत्या गरिदिने भन्दै एक करोड रुपैयाँ माग गरिएको थियो ।
०६६ सालको कार्तिक २७ गते प्रेरणाको ९८०१०००१०५ नम्बरको मोबाइलमा आएको एसएमएसले त्यतिबेला पूर्व राजपरिवार निक्कै तनावमा पर्‍यो । ज्वाइँ राजबहादुरको उच्छृङ्खल गतिविधिका कारण छोरी-ज्वाँइको सम्बन्ध नै धरमराइरहेका बेला त्यस्तो एसएमएसले पूर्वराजा ज्ञानेन्द्रको परिवारमा पीडा बढाउन ‘आगोमाथि घ्यू थपे’ जत्तिकै काम गर्नु स्वभाविकै थियो ।
‘भीभीआईपी’ परिवारकै सदस्यहरुको अपहरण गरी हत्या गर्ने भन्दै एक करोड रुपैयाँ फिरौती मागिएपछि प्रहरी पनि ठूलो दबाबमा पर्‍यो । उदय सेट्टी लगायतको ठूलो गिरोह त्यसबेला सक्रिय रहेकाले कुनै ठुलै अपराधिक समूहले पूर्वराजपरिवारलाई निशाना बनाएको हुनसक्ने प्रहरीको अनुमान थियो । प्रहरीले घटनामा संलग्नहरुलाई चाँडै पक्राउ पनि गर्‍यो । तर पनि, पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सो घटनाको झमेला अझै झेलिरहेका छन । उनी अहिले अदालतमा मुद्दा लडिरहेका छन् ।
‘उदय सेट्टीलगायतको ठूलो गिरोह त्यसबेला सक्रिय रहेकाले कुनै ठुलै आपराधिक समूहले राजपरिवारलाई निशाना बनाएको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान थियो’, त्यतिबेला महानगरिय प्रहरी अपराध महाशाखामा कार्यवाहक प्रमुख रहेका अहिलेका डिआईजी जयबहादुर चन्दले भने ।
 यस्तो छ घटना
रुकुम स्थायी घर भएका राजेश हमाल भन्ने ब्यक्तिले ९८०८३१८०३१ नम्बरको मोबाइलबाट प्रेरणालाई एसएमएस पठाएका थिए । एक हप्ताको अवधिमा उनले तीनवटा एसएमएस पठाए । शुरुमा पूर्व राजपरिवारले घटनाबारे आफै छानबिन गरेर पत्ता लगाउने तयारी गरेको थियो । तर, क्रमशः धम्कीपूर्ण एसएमएस आउने क्रम बढ्न थालेपछि राजपरिवार प्रहरीको शरणमा पुगेको थियो । राजबहादुर र प्रेरणाले प्रहरीमा दिएको उजुरीमा प्रेरणाकी स्वकीय सचिव प्रतिक्षारत्न शाहबाट हमालले नम्बर लिएर एसएमएस गरेको उल्लेख गरेका छन् । प्रतिक्षा समेतको मिलेमतोमा फिरौती मागिएको उनीहरुको जिकिर छ ।
राजबहादुरले अदालतसमक्ष पनि यही बयान दिएका छन् । राजबहादुरको वयानमा भनिएको छ- ‘मेरो छोरालाई अपहरण गर्ने भनी पत्नी प्रेरणाको मोबाइलमा एसएमएस आएको हो । प्रतिवादीमध्येकी प्रतिक्षारत्न शाह मेरो भतिजी नाताकी भएकी र मेरो पत्नीको सहयोगीको रुपमा काम गर्ने गरेकी र मेरो छोरा नीजसंग घुम्न आउने जाने गथ्र्यो । पटक-पटक मेरो श्रीमतिको मोबाइलमा छोरा अपहरण गर्ने र त्यसबापतको फिरौती रकम तपाईको सेक्रेटरीलाई दिई पठाउनु भनी पटक-पटक एसएमएस आएपछि मात्र जाहेरी दिइएको र अनुसन्धानबाट प्रतिवादीहरुले अपराध गरेको देखियो’,
mirror

धम्की दिने पक्राउ
ठूला व्यापारीहरुको अपहरण र फिरौतीको धन्दा फस्टाएको त्यो समय राजपरिवार सदस्यलाई नै त्यसरी फिरौती माग्दै धम्की आएपछि प्रहरी पनि दबाबमा पर्‍यो । महानगरीय प्रहरी अपराध महाशाखाले गोप्य रुपमा घटनाको अनुसन्धान सुरु गर्‍यो । प्रहरीले धम्कीमा प्रयोग भएको ९८०८३१८०३१ मोबाइल नम्बरलाई अनुसन्धानको पहिलो बाटो बनायो । सो मोबाइल नेपालगन्जका खगेन्द्र रिमालको नाममा भएको प्रहरीले पत्ता लगायो । अपराध महाशाखका तत्कालिन इन्सपेक्टर-हाल डिएसपी) कृष्णप्रसाद कोइरालाको टोलीले रिमाललाई पक्राउ गर्‍यो । तर, प्रहरीले अपेक्षित नजिता भने पाउन सकेन ।
९८०८३१८०३१ नम्बरको मोबाइल रिमालले राजेश हमाललाई दुई सय रुपैयाँमा बिक्री गरेका थिए । रिमाल नेपालगन्जमा फोटो स्टुडियो चलाउँदै आएका थिए । हमाल फोटोसम्बन्धी कामका लागि रिमालको स्टुडियोमा आउने जाने गरिरहन्थे । उनीहरुको चिनजान एक वर्ष भइसकेको थियो । त्यही चिनजानको आधारमा रिमालले आफ्नो नाममा रहेको मोबाइल नम्बर हमाललाई बेचेका थिए ।
को हुन् राजेश हमाल ?
चर्चित सिने अभिनेताको नाम मिल्ने यी राजेश हमाल को हु त ? प्रहरीले अनुसन्धान तिब्र बनायो । हमालको बारेमा केही जानकारी दिएर रिमालले प्रहरी अनुसन्धानमा सहयोग गरे । हमालको त्यसबेलाको मुख्य परिचय भनेको पत्रकार थियो । उनका सम्पर्क नम्बरहरु समेत प्रहरीले फेला पार्‍यो । त्यसको केही दिनपछि उनलाई काठमाडौंको गोपिकृष्ण हल नजिकबाट प्रहरीले मंसिरको ४ गते पक्राउ गर्‍यो । शुरुमा आफुले एसएमएस पठाएको अस्वीकार गरेका उनी प्रहरीसमक्ष चाँडै गले र अपराध स्वीकारे । यार्सागुम्बाको व्यापारमा घाटा लागेर आर्थिक संकटमा परेकाले धम्काएर एक करोड रुपैयाँ मागेको उनले प्रहरीसितको बयानमा स्वीकारेका छन् ।
हमालमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले अर्को रहस्य पनि पत्ता लगायो, घटनामा प्रेरणाकी स्वकीय सचिव नै संलग्न रहेको । प्रतिज्ञारत्न शाह, जो करिब एक वर्ष अगाडिदेखि प्रेरणाको स्वकीय सचिवका रुपमा काम गर्दै आएकी थिइन्, उनकै प्रेमी थिए अभियुक्त राजेश हमाल । प्रतिक्षासंगै पटक-पटक प्रेरणाको घरमा पुगेका राजेशले उनीबाटै प्रेरणाको नम्बर प्राप्त गरेका थिए । कर्णाली विकास बैंकमा काम गर्दै प्रतिक्षा राजबहादुरको आफन्तको चिनजानबाट प्रेरणाको स्वकीय सचिवमा नियुक्त भएकी थिइन् ।
आफ्नै स्वकीय सचिव र उनकै प्रेमी मिलेर ज्यान मार्ने धम्की दिँदै फिरौती मागेको रहस्य खुलेपछि पूर्वराजपरिवार थप स्तब्ध बन्यो । प्रेरणाकी स्वकीय सचिव प्रतिक्षालाई पनि प्रहरीले पक्राउ गर्‍यो । पूर्वराजपरिवारले शुरुमा उनीहरुलाई ‘माफी’ दिने तयारी गरेको थियो । तर, प्रहरीले ‘त्यस्तो नमिल्ने’ बताएपछि उनीहरुविरुद्ध कानुन कारवाही अघि बढाइयो । प्रेरणा र राजबहादुरले दुवैले महानगरीय प्रहरी अपराध महाशाखामा अपहरण तथा शरीर बन्धक उद्योग अन्र्तगत उनीहरुलाई कारबाही गर्न माग गर्दै निवेदन दिए । ०६६ मंसिर २६ गते महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । सो मुद्दाको प्रारम्भिक फैसलामा काठमाडौं जिल्ला अदालतले हमाललाई पुपर्क्षका लागि जेल पठाउने र प्रतिक्षलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दियो । जिल्ला अदालतको प्रारम्भिक फैसला विरुद्ध हमाल पुनरावेदन अदालत र सर्वोच्चमा गए । दुवै अदालतले जिल्लाको प्रारम्भिक फैसलालाई सदर गर्‍यो । माघमा विवाह बन्धनमा बाँधिन लागेको सो जोडीलाई आर्थिक प्रलोभनले गर्दा जेलको बारले एक हुनबाट छेकिदियो ।
हमाल केन्द्रीय करागारमा बसेर मुद्दा लडे भने प्रतिक्षाले उनलाई बाहिरबाट सघाइन् । घटना सार्वजनिक भएलगत्तै उनी प्रेरणाको स्वकीय सचिवबाट पनि हटाइन् । घटनाको करिब एक वर्षपछि जिल्ला अदालत काठमाडौंले फैसला सुनायो । जिल्ला न्यायधीश माधवप्रसाद पोखरेलको इजलासले हमाललाई दोषी ठहर गर्दै तीन वर्ष ६ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनायो । प्रतिक्षालाई भने अदालतले सफाइ दियो । फैसलाले दुवै पक्षलाई आधा खुशी आधा बेखुशी बनायो ।
हमाललाई दोषी ठहर गरेकोमा राजबहादुरको परिवार खुशी भएपनि प्रतिक्षालाई सफाइ दिएकोमा खुशी हुन सकेनन् । त्यस्तै प्रतिक्षालाई सफाइ दिइए पनि हमाललाई जेल सजायँ भएकोमा प्रतिवादी पक्ष खुशी हुन सकेन । जिल्ला अदालतको फैसलाविरुद्ध हमाल पुनरावेदन अदालत पाटन गए । ०६८ फागुन ८ गते पुनरावेदनले हमाललाई पनि सफाइ दिँदै फैसला सुनाएपछि पूर्वराजपरिवार फेरि स्तब्ध बन्यो । अभियुक्तले अपराध स्वीकार गरेको मुद्दामा पनि पुनरावेदनका न्यायाधीशले हमाललाई सफाइ दियो । त्यसको भोलिपल्टै राजेश केन्द्रीय कारागारबाट रिहा भए ।
पुनरावेदनको फैसला चित्त नबुझे पनि पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुरले सर्वोच्च अदालत गुहारे । अहिले पनि उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । आगामी १६ भदौमा सर्वोच्चमा सो मुद्दाको पेशी तोकिएको छ ।
 प्रेरणा अदालत गइनन्
श्रीमान र छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै फिरौती मागिएको भनेर आफैंले प्रहरीमा गरेको उजुरीमा बयान दिन प्रेरणा अदालतमा गइनन् । मुख्य पीडित नै अदालतमा बयान दिन नआएकाले मुद्दा फितलो बनेको जानकारहरु बताउँछन् । जटिल प्रकृतिका मुद्दामा अदालतमा बकपत्र गराइन्छ । यो मुद्दामा पनि प्रतिवादीका वकिलहरुले जाहेरवालाको बकपत्र माग गरेका थिए । जसअनुसार राजबहादुर सिंह जिल्ला अदालतमा उपस्थित भएर न्यायाधीशको अगाडि सबै बताएर बकपत्र गरेका थिए । प्रतिवादीका वकिलले मुख्य पीडित प्रेरणाको पनि बकपत्र गराउन चाहेका थिए । तर उनी गइनन् । त्यही कारण पनि सो मुद्दा कमजोर भएको हो ।
श्रीमान र छोरालाई अपहरण गरी हत्या गर्ने भन्दै आफैसित फिरौती मागिएको घटनालाई पनि पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले किन गम्भिरतापूर्वक लिइनन् ? प्रहरीमा आफु समेतले दिएको उजुरीमा बयान दिन आँखिर किन उनी अदालतमा गइनन् ? रहस्यको विषय बनेको छ । दरबारनिकट स्रोतहरुका अनुसार प्रेरणाले आफ्नी स्वकीय सचिव प्रतिक्षारत्न शाहलाई माफी दिन चाहन्थिन् । त्यसमाथि राजपरिवारको सदस्य अहिलेसम्म अदालत, प्रहरी लगायतका निकायहरुमा न्याय माग्दै नगएकाले उनलाई पनि पूर्वराजपरिवारबाट अदालतमा नजान सुझाइएको स्रोतहरु बताउँछन् ।
स्रोतहरुका अनुसार प्रेरणाका पति राजबहादुर पनि प्रतिक्षारत्नलाई जोगाउन चाहन्थे । प्रतिक्षासित उनको घरायसी नाता थियो । उनी राजबहादुरकी भतिजी नाता पर्थिन् र उनकै सिफारिसमा प्रेरणाको स्वकीय सचिव बनेकी थिइन् । राजबहादुर र प्रतिक्षा दुवैले अदालतमा दिएको बयानमा पनि यो कुरा स्वीकार गरेका छन् । ’जाहेरीवाला राजबहादुर सिंह नातामा मेरो काका पर्छन र निज काका मार्फत नै ०६५ चैत २७ गतेबाट प्रेरणा राज्यलक्ष्मीको स्वकीय सचिवको रुपमा कार्य थालनी गरेबाटै निजसँग समेत मेरो चिनजान भएको थियो’, प्रतिक्षाले आफ्नो लिखित बयानमा भनेकी छन् ।
प्रेमले जन्माएको अपराध
प्रतिक्षा काठमाडौंमै बस्न थालेपछि नेपालगन्जमा हमालसित भएको चिनजान प्रेमका रुपमा झाँङ्गिन थालेको थियो । हमालको व्यवसाय यार्सागुम्बा क्रमशः ओरालो लागे पनि प्रेमसम्बन्ध भने उत्कर्षमा पुग्दै थियो । दुवैले माघमा घरजम गर्ने योजना बनाएका थिए । प्रतिवादीद्वय राजेश हमाल र प्रतिक्षा शाहको पक्षबाट बहस गर्ने क्रममा अधिवक्ताद्वय नरबहादुर योगी र शेरबहादुर केसीले भनेका थिए-’राजेशसँग प्रेम गर्नु नै प्रतिक्षाको अपराध होइन ।’ तर, यो घटना भने प्रेमबाटै शुरु भयो । प्रेमकै कारण उनीहरुले रातारात धनी बनेर बिहे गर्नका लागि गलत बाटो अपनाए । पक्राउ परेपछि हमालले प्रहरीसितको बयानमा ‘आफुहरु विवाह गर्न लागेको तर, त्यसका लागि पर्याप्त पैसा नभएकाले धम्काएर सजिलै एक करोड रुपैयाँ पाउने आशामा एसएमएस गरेको’ बताएका थिए ।
रुकुमको नुवाकोट गाविस घर भई पुरानो बसपार्क गोंगुबमा दाङ-सल्यान होटल सन्चालन गर्दै आएका हमाल र दाङको तुलसीपुर स्थायी घर भएकी प्रतिक्षाको प्रेससम्बन्धले पाँच वर्ष नाघिसकेको थियो । पत्रकार र बैंकको कर्मचारीका रुपमा उनीहरुबीच चिनजान भएको थियो । हमाल र प्रतिक्षाले प्रहरीमा दिएको बयानअनुसार त्यतिबेला प्रतिक्षा नेपालगन्जको कर्णाली विकास बैंकमा काम गर्थिन् । हमाल पत्रकार थिए । रिर्पोटिङकै क्रममा हमाल बैंकमा पुग्दा उनीहरुबीच भएको चिनजानपछि सम्बन्ध प्रेममा परिणत भएको थियो । लिखित बयानमा हमालले भनेका छन्-’०६२ सालतिर प्रतिक्षारत्न शाहले नेपालगन्जस्थित कर्णाली विकास बैंकमा कार्यरत रहेको अवस्थामा पत्रकारिता गर्ने शिलशिलामा मसमेत नेपालगन्जमै रहेको बेला हामीहरुबीच चिनजान भएको हो ।’
पूर्वराजा ज्ञानेन्द्रका ज्वाँई राजबहादुर नातामा प्रतिक्षाका काका पर्थे । उनकै सिफारिसमा प्रतिक्षा प्रेरणाको स्वकीय सचिव बनिन् । ०६५ सालको चैत २७ गतेदेखि उनी स्वकीय सचिवका रुपमा काम गर्न थालेकी थिइन् । प्रेरणा दम्पती दाइजोमा पाएको छाउनीस्थित घरमा बस्थे । प्रतिक्षा पनि काम गर्न त्यहीँ जान्थिन् । पारिवारिक नाता पनि भएकाले राजबहादुर र प्रेरणा दुवैले उनलाई माया पनि गर्थे । प्रतिक्षाको काम पनि खोट लगाउने ठाउँ थिएन । राजबहादुरले यो कुरा आफ्नो बयानमा पनि भनेका छन् ।
हमाल पनि पैसा नहुने पत्रकारिता पेशा छाडेर व्यापार व्यवसायमा लागे । गोंगबुमा होटलका साथै यार्सागुम्बाको कारोबारमा उनी सक्रिय भए । तर, सोचेअनुरुप नाफा कमाउन सकेनन् । प्रतिक्षासितको प्रेम सम्बन्ध भने सुमधुर नै थियो । प्रतिक्षालाई ल्याउने-पुर्‍याउने काम पनि उनी गर्थे । पुर्‍याउने शिलशिलामै उनी धेरैपटक प्रेरणाको छाउनीस्थित घरमै पनि गएका थिए । हमालको व्यवसाय भने क्रमशः ओरालो लागिरहेको थियो ।
‘प्रेरणा राज्यलक्ष्मीलाई एसएमएस पठाई डर त्रासमा पारी एक करोड रुपैयाँ माग्ने बारदात म एक्लैले गरेको थिएँ, प्रतिक्षारत्न शाहलाई मैले उक्त बारदात सम्बन्धमा कुनै जानकारी गराएको थिइँन’, हमालले आफ्नो लिखित बयानमा प्रेमिका प्रतिक्षालाई जोगाउँदै भनेका छन् । उनको यही बयानका कारण पनि जिल्ला अदालतले प्रतिक्षालाई धरौटीमै रिहा गर्ने आदेश दिएको प्रहरी अधिकारी बताउँछन् ।
-मिरर न्युज मासिकबाट

Wednesday, August 14, 2013

यस्ता थिए मरिचमान

पञ्चायती शासन व्यवस्था र बहुदलीय प्रजातन्त्रको उदयको बेला निकै चर्चामा रहेका मरिचमान सिंह त्यसपछि गुमनाम जस्तै हुनुभयो । झण्डै एकमहिना अघिदेखि फेरि उहाँको नाम चर्चामा आयो । तर पहिलेजस्तो आलोचनाको हिसाबले होइन, समर्थन र सहानुभूतिको कोणबाट । पैसाको अभावमा उपचार हुन नसकेको भन्ने खबर सार्वजनिक भएपछि कतिले रकम उपलब्ध गराउन सरकारलाई दबाब दिए, कसैले चन्दा संकलन अभियान तीव्र बनाए ।

सरकारबाट खर्च नपाएपनि उहाँलाई उपचारको लागि भारतको नयाँ दिल्ली लगियो । तर त्यहाँ पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएन । त्यसपछि उहाँले आफूलाई नेपाल फर्काउन परिवारसित आग्रह गर्नुभयो । आफ्नै जन्मभूमीमा प्राण त्याग्ने उहाँकै इच्छा अनुसार नेपाल ल्याइएको दुई दिनमै विहीबार विहान उहाँको निधन भयो ।

पहिले सल्यानको खलंगामा रहेको त्रिभुवन जनता माविमा प्रधानाध्यापक रहेका श्रेष्ठले २०३३ सालपछि पञ्चायती राजनीति सुरु गर्नुभएको थियो । उहाँले भारतको लखनउबाट राजनीतिशास्त्रमा स्नातक गर्नुभएको थियो ।

२०४६ सालको जनआन्दोलनमा व्यापक दमन गरेको भन्दै उहाँको आलोचना हुने गरेपनि उहाँलाई स्वच्छ छवीको रुपमा पनि चिनिन्थ्यो । श्रेष्ठ २०३८ देखि २०४३ सालसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला विदेश भ्रमणका अवसर प्रशस्त आएपनि उहाँ जानुभएन ।
यस्तो थियो स्वभाव :
‘यो देशमा राष्ट्रवादी शक्ति एक हुनुपर्छ, देशलाई सिक्किमिकरण हुनबाट बचाउनुपर्छ, त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गरौं ।’ आज भन्दा ठिक एक महिना अघि पूर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंह श्रेष्ठलाई भेट्न जाँदा राप्रपा नेपालका नेता दिलनाथ गिरीलाई श्रेष्ठले यसै भन्नुभएको थियो ।

श्रेष्ठका नजिकका साथी समेत रहेका गिरीको भनाइमा निकै सरल स्वभावका श्रेष्ठमा कहिल्यै अहमताको भावना थिएन । आफू पूर्व प्रधानमन्त्री भएपनि यो देशका जनताले जस्तै काम गर्नुपर्छ भन्दै उहाँ गाई र कुखुरा पालेर जीवन निर्वाहतिर लाग्नुभयो । सक्रिय राजनीतिबाट विस्राम लिएपनि सिंहलाई भेट्न जाने सबैलाई उहाँले भन्नुहुन्थ्यो, ‘यो देशको अवस्था निकै नाजुक भइसकेको छ । यसलाई बचाउन लाग्नुपर्‍यो ।’

प्रधानमन्त्री भएपछि सम्पत्ति कमाउनु पर्छ भन्ने सोच उहाँमा कहिल्यै आएन । उहाँसँग न गाडी थियो न त आलिसान बंगला नै । श्रेष्ठको जीवन प्रधानमन्त्री भएपछि पनि पहिल्यैको जस्तै थियो । ‘उहाँमा म यो देशको प्रधानमन्त्री भइसकेको मान्छे भन्ने भावना कहिल्यै आएन’ गिरी भन्नुहुन्छ, ‘उहाँ सिद्धान्तनिष्ठ व्यक्ति हुनुहुन्थ्यो ।’

सिंहलाई आफ्नो पार्टीमा ल्याउन विभिन्न पार्टीहरुले कसरत नगरेका पनि होइनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेताहरुले त उहाँलाई धेरै पटक नै अनुरोध गरे । तर उहाँले सधैं भन्नेगर्नुहुन्थ्यो, ‘जो जहाँ भएपनि यो देश बचाउन लागौं । जनताले दुःख पाउनु भएन देश स्वाधिन मुलुकको रुपमा रहनुपर्‍यो ।’
 

कस्तो बिडम्बना नेपाली युवाको: युवा विदेश पलायनले गाउँ रित्तियो

मुलुकमा बेरोजगार भएर विदेसिने क्रम बढिरहेका बेला प्युठानको नारीकोट गाविसबाट विदेसिने युवाको सङ्ख्या ७०० पुगेको छ । यो सङ्ख्या गाविसबाट दुबई, मलेसिया, साउदी, कतार र कुबेत जानेको मात्र हो भने भारत जानेको सङ्ख्या ३०० रहेको छ ।
गाउँमा अन्य विकल्प नभएपछि डडेलधुराको अमरगढी नगरपालिका-११ फिन्याकोटका अधिकांश युवा पनी विदेशिएका छन् ।गाउँका ८७ परिवारमध्ये ७० परिवारका युवा रोजगारीका लागि विदेश छन् । ‘मेरो छोरा दुबई छ, तल्लोघरका लालको छोरा कतार छ, मथिल्लो घरका काकाको छोरा मलेसिया छ’ समाजसेवी लोकबहादुर बोहराले विदेशिएका युवाहरूको नाम औंलामा गन्न भ्याएनन् । आफ्नो जमानामा विदेश भनेको भारतको अमृतसर र बम्बई भएको सुनाउँदै उनले भने, ‘आजका युवाहरू फुर्र उडेर समुन्द्रपारि काम गर्न जान्छन् ।’ भारत पुुग्ने परम्परा टुटेको भने धेरै भएको छैन ।
migrant_workers

Saturday, August 10, 2013

कोठीहरुले पनि तपाइको व्यबहार र भाग्य बताउछन

मानिसहरुको शरीरमा कोठी हुनु त सामान्य कुरा हो । सायद तपाई हामी मध्ये कतिलाई त थाहा नै नहोला की कोठीले पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? आज हामी बतौदैछौँ तपाईहरुलाई शरीरको विभिन्न भागमा हुने कोठीहरुको अर्थ र संकेत !


  1. यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।
  2. कसैको चिउडोमा कोठी भएमा उ आफ्नी श्रीमतीसंग खासै प्रेम गर्दैन र आफ्नी श्रीमतीको रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।
  3. यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नी श्रीमतीसंग बहुतै प्रेम गर्छ र आफ्न श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।
  4. देब्रे(बायाँ) आँखामा कोठी हुने व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य जीवन एकदमै दुखि रहन्छ ।
  5. दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।
  6. देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन ।
  7. ओठमा कोठी हुने मान्छे बढी उत्तेजक हुन्छन र यिनीहरुको मन् खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै अड्कि रहन्छ ।
  8. कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात् कम उमेरमा नै मृत्यु हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।
  9. गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि ।
  10. दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान-प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ ।
  11. दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन भन्ने संकेत हो ।
  12. जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन ।
  13. दाहिने छातीमा कोठी हुनु भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नी पत्नीलाई खुबै प्रेम गर्छन् ।
  14. देब्रे छातीमा कोठी छ भने त्यस्ता मानिसहरुको आफ्नी श्रीमती वा अन्य महिलाहरुसंग कुनै ना कुनै बहानामा झगडा भइ रहन्छ ।
  15. कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग लडिरहनु पर्छ भन्ने कुराको संकेत हो ।
  16. पेटमा कोठी हुने मानिसहरु राम्रो र मिठो मसिनो खानाको भोका हुन्छन ।
  17. पिठ्युँमा कोठी हुने मानिसहरु आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।
  18. दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।
  19. जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे अत्यधिक खर्चालुमध्येमा पर्छ ।
  20. दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ भन्ने संकेत हो ।
  21. कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने बुझ्नुपर्छ ।

पत्याउनु हुन्छ, कपडाबाट नै मोबाइल चार्ज हुन्छ अब !

लोडशेडिंगले गर्दा मोबाइल चार्ज गर्न नपाएर तपाई दिक्क हुनुहुन्छ । उसो भए तपाईको लागि खुशीको खबर छ । तपाई आफ्नो शरीरमा नै अब उर्जा बोकेर हिड्न सक्नुहुन्छ, जसबाट तपाई ल्यापटप, मोबाइल, ट्याब्लेट जस्ता उपकरणहरु चार्ज गर्न सक्नुहुन्छ । सोच्नुहोस त कस्तो होला तपाइको शरीरमा नै बिद्युत बोकेर हिड्न मिल्दा ?

बास्तवमा रसायन बैज्ञानिक, भौतिक बैज्ञानिक तथा इन्जिनियरहरुको एक अन्तर्राष्ट्रिय समूह सिलिकन र सोलार सेल मिश्रित लचिलो र लगाउन मिल्ने कपडा बनाउनमा सफल भएका छन् । उनीहरुले सिलिकनमा आधारित अप्टिकल फाइबरलाई सौर्य उर्जाको सेलको क्षमता जोडेर कयौं मिटर लामो बनाउन सफलता हासिल गरेका छन् ।

पेन स्टेट युनिभर्सिटीको रसायनशास्त्री जोन बेडिंगको नेतृत्वको बैज्ञानिकहरुको समुहले यस्तो सौर्य उर्जा उत्पादन गर्न सक्ने कपडा तयार परेका हुन् । मानिसको कपाल भन्दा पनि सानो(पातलो) तन्तुको प्रयोग गरेर यसलाई निर्माण गरिएको दाबी निर्माताहरुको छ । बेडिंगका अनुसार अहिले नै पनि १० मिटर लामो लचिलो सोलार सेल फाइबरमा आधारित कपडा उनीहरु बजारमा दिन तयार छन् । बेडिंगको भनाइ छ की यो कपडा खाली लगाउन मात्र हैन सौर्य उर्जाको माध्यमबाट बिद्युत उत्पादन गरेर ब्याट्री चार्ज गर्न पनि उपयोग गर्न सकिन्छ । "पोर्टेबल इलेक्ट्रिक समानहरु, जस्तै: मोबाइल, ल्यापटप, आइफोन जस्ता सामग्रीहरुको ब्याट्री सकिने समस्याबाट यसले राहत दिलाउँछ ।" बेडिंगले भने ।

बिज्ञान जगतको साथमा फेशन जगतमा पनि हलचल ल्याउन सक्ने दाबी गरिएको यो कपडा अत्याधुनिक बस्त्र मात्रै नभएर सौर्य उर्जा जडित बस्त्र भएकाले यसले बिज्ञान र फेशन दुबैमा क्रान्ति मच्चाउन सफल हुनेछ भन्ने आशा निर्माताहरुको छ ।

Sunday, August 4, 2013

कटि्रनाको संवेदनशिल अंगमा सिद्धार्थ हात

siddhartha-and-katrina-300x156केही समय अघि मात्र रेड विकिनीमा समुन्द्र तटमा रणविर कपूर संग देखिएकी नायिका कट्रिना कैफको  त्यो समाचार सेलाउन नपाउँदै त्यस्ते अर्को सनसनीपूर्ण तस्विरले तहल्का मच्चाएको छ ।
एक पार्टीमा  पार्टीमा सिद्धार्थ मालियाले उनको संवेदनशिल अंगमा हात पुर्‍याएको तस्बिर सार्वजनिक भएको छ । उक्त पार्टीमा सिद्धार्थले कट्रिनाको संवेदनिशल अंगमा हात पुर्‍याएको देख्न सकिन्छ । यो तस्बिर अहिले भारतका चर्चित अनलाइन तथा सामाजिक संजालमा चर्चामा छ । यस्ता खालका तस्बिरहरु सार्वजनिक भएसँगै कट्रिना विवादको घेरामा पर्दै गएको देखिन्छ । कट्रिनाको यो बर्ष खासै सुखद देखिएको छैन

नायक राजेश हमाल बागमतीमा डुबे

Rajesh_UNNकैयौं वर्षअघि बागमतीको सङ्लो पानी पिएका मानिसले बागमतीको पवित्रताको कुरा सुनाउँदा अहिलेका पुस्तालाई कथाजस्तो लाग्न सक्छ। उही बागमतीलाई फेरि तिर्खा मेटाउने नदी बनाउन लागिपरेका छन् । केही संघसस्था र फिल्मकर्मीहरु बागमती सफाइ अभियान अन्तर्गत जनचेतना जगाउने उदेश्यले शनिबार आयोजना गरेको बागमती सभ्यता बचाउ अभियानमा सक्रिय भएका नायक राजेश हमाल शनिबार र्याफ्टिडका क्रममा बागमती नदीमा खसे। उनीसँगै सहरी विकास मन्त्रालयका सचिव किशोर थापा पनि खसेका थिए
याफ्टिङमा गुहेश्वरीमाथि गोठाटारस्थित बागमती पुलबाट तिलगङ्गाका लागि छुटेको डुङ्गा गुहेश्वरी र पशुपति मन्दिर क्षेत्रबीचको खोँचमा पुगेपछि ठोक्किंदा नायक हमाल र सचिब थापा डुङ्गाबाट चिप्लिएर नदीमा खसेका थिए ।
उक्त डुंगामा पर्यटन मन्त्री रामकुमार श्रेष्ठ, मुख्य सचिव लीलामणि पौडेल, नेपाल र्याफ्टिङ एसोसिएसनका मेघ आले पनि सबार थिए ।
उक्त डुंगाको अघिल्लो भाग उचालिएपछि पछाडी बसेका थापा र हमाल बागमतिमा खसेका थिए । पौडन जान्ने मुख्य सचिब थापा भने पौडेर आर्यघाट नजिकै उत्रेका थिए भने नायक हमाललाइ भने सोहि डुंगामा रहेका अन्य तिन जनाले तानेर उद्दार गरेका थिए ।
कसैलाई चोटपटक भने लागेको छैन । घटना पछि नायक हमाल भने बागमती सफाइ अभियानको सिलसिलामा तीलगङ्गामा आयोजना गरिएको औपचारिक समारोहमा सामेल नभएको र सचिब थापा मात्र सहभागी भएको समाचार एजेन्सी राससले जनाएको छ ।