Total Pageviews

Wednesday, March 27, 2013

साउदी राजकुमार तलालको आकाशे दरबार




साउदी राजकुमार तलालको आकाशे दरबार |


यतिबेला त्रिभुवन विमानस्थलमा विश्वका १९ औं धनी व्यवसायी तथा साउदीअरबका राजकुमार
अल वालिड विन तलालका दुई भिमकाय विमान पार्किङ गरिएका छन् । ती
विमानभित्रका सुविधा
हामीले कल्पना गरेभन्दा पनि बढी सुविधाजनक छन् ।

यी विमानको भुइँ बाक्लो सिसाबाट बनाइएको छ, जहाँबाट भुइँ हेर्न सकिन्छ ।
जहाजमा कार
पनि सँगै बोकेर लैजान सकिन्छ । हरेक जहाजमा तलालका कार्यालय, राजकीय सयन कक्ष,
बोर्ड रुम र अनलाइन कारोबार गर्ने सुविधा पनि छन् ।
राजकुमार तलाल जसरी धनले समृद्ध छन्, उनको विलाशी जीवनशैलीले उनको व्यक्तित्वलाई
अझै उच्च बनाएको छ । केही महिनाअघि उनले किनेर प्रयोगमा ल्याएको निजी जेट ‘ए ३८०’
लाई विश्वका अरू धनाड्य व्यक्तिले समेत ईष्र्या गर्ने प्रकारको बनाएका छन् ।

तलालसँग चारवटा निजी हवाईजहाज छन्, जसमा एक से एक सुविधा छन् । ‘ए ३८०’, ‘बोइङ
७४७’, ‘एयरबस ३२१’ र ‘ह्वकर सिडिली १२५’ छन् । तीमध्ये ‘ए३८०’ लाई तलालले आकासे
दरबार नामकरण गरेका छन् ।

यो हवाईजहाज विश्वको सबैभन्दा ठूलो यात्रुबाहक एयरक्र्याफ्ट पनि हो । जसलाई सन्
२००९ मा विश्वको सबैभन्दा ठूलो निजी जेटको रूपमा गिनिज विश्व रेकर्डमा पनि समावेश
गरिएको छ । ६ सय यात्रु बोक्न सक्ने क्षमताको यस जेटलाई उनले संसारका धनाड्य
व्यक्तिको स्वप्न महलका रूपमा परिवर्तन गरेका छन् ।

आकासमा उड्ने यो जहाजभित्र पाँचतारे होटेलमा भन्दा पनि बढी सुविधा छन् ।
यात्रुवाहक
जहाजलाई नै दुई तले बनाइको छ भने तलालले यसलाई तीन तले बनाएका छन् । संभवतः जहाजमा
लिफ्ट प्रयोग भएको यो पहिलो जहाज हो ।

यसको तल्लो तलामा चारवटा सुविधाजनक स्वास्थ्य क्लब छन् जसमा टर्किस बाथलगायका
सम्पूर्ण सुविधा छन् । जेटको तल्लो तलाको एकातिर उच्चस्तरीय सुविधाजनक गाडी राख्ने
ठाउँ बनाइएको हुन्छ जुन गाडीहरू तलाल जहाँ जाँदा पनि सँगै लिएर जान्छन् ।

बाँकी भागमा विभिन्न प्रकारका आराम गर्ने स्थानहरू बनाइएको हुन्छ ।
जहाजको बाथरुमका
भुइँ सिंगमरमरयुक्त छन् । यद्यपि जेटको तौल हलुको बनाउनु पर्ने भएकाले त्यो
सिंगमरमरको मोटाइ भने दुई मिलिमिटर मात्र छ ।
आकासे दरबारको उपमा पाएको यस जेटको सम्पूर्ण भुइँ रातो कार्पेटले ढाकिएको छ । यहाँ
पाहुनाहरूका लागि पर्याप्त कोठाको व्यवस्था गरिएको छ । तलालले आफ्ना
इष्टमित्रहरूसहित आनन्दमय हवाई यात्रा गर्नका लागि सम्पूर्ण पूर्वाधारको विकास
गरेका छन् ।

दोस्रो तला तलाले आफ्नो कार्यालय बनाएका छन् । एक देशबाट अर्को देशमा हवाईयात्रा
गर्ने क्रममा उनले कार्यालयका रूपमा प्रयोग गर्ने तलामा हरेक प्रविधिको प्रयोग
गरिएको छ । उनलाई जेटमा नै सम्पूर्ण स्टक कारोबार गर्ने सुविधा छ । विश्वका धेरै
बहुराष्ट्रिय कम्पनीमा लगानी गरेका उनले यात्रा गरिरहेको समयमा पनि कारोबार गर्न
सक्छन् । बोर्ड रुममा भएको आइटचक्रिनमा सम्पूर्ण स्टक कारोबारको बारेमा सूचना
प्रत्यक्ष रूपमा आइरहेको हुन्छ । जसले उनलाई केवल उक्त सूचनाको आधारमा
जमिनमा रहेका
अन्य व्यापारिक साझेदारहरूसँग सजिलै बैठक एवं छलफल तथा कारोबार गर्न सक्छन् ।

तेस्रो तलामा तलालका लागि राजकीय सयन कक्ष, पर्याप्त मनोरन्जन प्रणाली र कम्प्युटर
प्रविधियुक्त प्रार्थना सुकुल छ । जुन सुकुलको शिर जेट संसारको जुनसकै स्थानमा भए
पनि जहिलेसुकै मक्कातर्फ नै फर्किएको हुन्छ ।
तीन तले जेटको सबै तला फरक–फरक स्वरूपले भरिएको हुन्छन् । जेटमा माथिल्लो तलामा
निजी आवास, बीचको तलामा कन्सर्ट हल र भुइँतलामा कार पार्क गर्ने लगायतका
सुविधा छन्


तलालको पछिल्लो निजी जेट ३२ करोड अमेरिकी डलरमा किनेका थिए । यस जेटमा तलालले थप
सुविधा थप्न १७ करोड ९० लाख डलर अत्तिरिक्त खर्च गरेका थिए । त्यसको साथै ६ करोड
डलर बराबरकोे विभिन्न बुट्टाहरूयुक्त सुनौलो पात पेन्टिङ गर्न पनि खर्च गरेका थिए ।

No comments:

Post a Comment