(Copy from साप्ताहिक)आज नेपाल जाँदैछु, थोरै काम अनि त्यसपछि मस्ती !' अमेरिकामा पोर्नस्टारका रूपमा स्थापित भएर अहिले बलिउड नायिकाको पहिचान बनाएकी सन्नी लियोनले गत आइतबार बिहान आफ्नो टि्वटर एकाउन्टमा यति मात्र के लेखेकी थिइन्, नेपालमा हल्ली-खल्ली मच्चियो। उनको टि्वटलाई हत्तपत्त कसैले विश्वास गरेनन्। केही अनलाइन मिडियामा यही टि्वटमा आधारित समाचारहरू प्रकाशित भए। अधिकांश समाचारमा सन्नीको उक्त टि्वट उद्धृत त गरियो तर उनी वास्तवमै नेपाल आउने-नआउने, किन आउने, कसको निम्तोमा आउने, कति दिन बस्ने, कुन-कुन कार्यक्रममा सहभागिता जनाउने कसैलाई केही पनि जानकारी थिएन। टि्वट गरेको केही घण्टामै सन्नी लियोन मुम्बईबाट त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेकी थिइन्। उनीसँग थिए उनका श्रीमान् डेनियल वेभर। त्यसो त सन्नीले नेपाल आउने टि्वट लेखेको केही मिनेटपछि नै उनका श्रीमान्ले पनि त्यस्तै आशयको टि्वट गरिसकेका थिए।
सन्नी लियोन नेपाल आएको समाचारले टि्वटर र फेसबुकमा राम्रै स्थान पायो। गत आइतबार र सोमबार अधिकांश नेपाली टि्वटर तथा फेसबुक प्रयोगकर्ताले सन्नी लियोनका बारेमा राम्रा-नराम्रा टिप्पणी गरिरहे। विमानस्थलमा अवतरण गरेपछि उनी सोझै सोल्टी होटल पुगिन्। सोल्टी होटलमा जारा सिंहको नाममा 'सुइट' बुक थियो। सोल्टी होटलमा सन्नी लियोन र उनका श्रीमान्का लागि दुई रात, तीन दिनको कोठा बुक गरिएको थियो तर उनीहरू त्यहाँ एक रात, दुई दिन मात्र बसे। होटल स्राेतले दिएको जानकारीअनुसार उनीहरूप्रति दिन ५५ हजार रुपैयाँ पर्ने कोठामा बसेका थिए। दुई दिनका लागि भनेर काठमाडौं आए पनि सन्नी लियोन सोमबार राति नै मुम्बई फर्किइन्।
काठमाडौं अवतरण गरेर सोल्टी होटल पुगेको केही घण्टापछि मात्र सन्नी लियोन यहाँ आउनुको उद्देश्य सार्वजनिक भएको थियो। इन्टरपियनर्स अर्गनाइजेसन (ईओ) नेपाल च्याप्टरद्वारा आयोजित एउटा विशेष सम्मेलनमा अतिथिका रूपमा सहभागिता जनाउन उनी काठमाडौं आएकी थिइन्। श्रीमान्सँगै सोल्टी होटल पुग्दा उनलाई उक्त संस्थाका युवा उद्यमीहरूले स्वागत गरेका थिए। विगतमा योङ इन्टरपिनर अर्गनाइजेसन भनिने यो संस्था खासगरी विश्वभर छरिएका युवा उद्यमीहरूको संस्था हो जहाँ ३८ मुलुकका करिब ७ हजार युवा उद्यमी सदस्य छन्। त्यसको नेपाल च्याप्टरमा नेपालका व्यापारिक घरानाका युवाहरू सदस्य छन्। यसको नेतृत्व गोल्छा अर्गनाइजेसनका सञ्जय गोल्छाले गरिरहेका छन्।
गत आइतबार साँझ नै सन्नीले सोल्टी होटलको मालश्री हलमा आयोजित विशेष समारोहमा करिब साढे दुई घन्टा बिताइन्। कार्यक्रमका क्रममा प्रस्तुत 'जीवनका अनुभव' शीर्षकको अन्तक्रिर्या कार्यक्रममा सन्नीले आफ्नो जीवनका अनुभव सुनाइएकी थिइन्। उक्त औपचारिक कार्यक्रमपछि उनी सोल्टी होटलमै आयोजित ककटेल-डिनरमा सहभागी भइन्। सन्नी उपस्थित कार्यक्रममा सहभागिता जनाउन विभिन्न व्यापारिक घरानाका युवा उद्यमी सोल्टी होटल पुगेका थिए। मध्यरातसम्म जारी ककटेल पार्टीमा सन्नी अबेरसम्म उपस्थित थिइन्। उक्त समारोहमा सन्नीले काठमाडौंका केही पर्यटकीय स्थलको भ्रमण गर्ने बताएकी थिइन्। नभन्दै उनी सोमबार बिहानै स्वयंम्भू पुगिन् अनि भगवान् बुद्धसँग आफूले अभिनय गरेको चलचित्र 'रागिनी एमएमए-२' को सफलताको कामना गरिन्।
सन्नी लियोनको इमेज
एउटी
पोर्न स्टारको इमेज कति हदसम्म सकारात्मक बन्न सक्छ भन्ने राम्रो उदाहरण
सन्नी लियोन पनि हुन्। पोर्नस्टार सन्नीको इमेजलाई बलिउडले पूरै परिवर्तन
गरिदियो। भारतीय सञ्चारमाध्यमले पनि यी पोर्नस्टारलाई उत्तिकै महत्त्व
दिँदै ब्रान्डका रूपमा स्थापित गरे। सन्नी सुरुमा बिगबोस सिजन-५ मा
प्रतियोगीका रूपमा देखा परेकी थिइन्। महेश भट्टले त्यही बेला उनलाई चलचित्र
जिस्म-२ का लागि अनुबन्ध गरे। यिनै पोर्नस्टारको वास्तविक स्वभाव रागिनी
एमएमएस-२ मा देखियो। त्यसमा उनले टपलेस हुन अस्वीकार गरिन्। अहिले उनी
करोडौं रुपैयाँ लिएर राम्रा अफरमा मात्र काम गर्न थालेकी छिन् भने वयस्क
चलचित्रमा काम गर्न पनि छाडिसकेकी छिन्।सन्तान प्राप्तिको इच्छा
यसबीच सन्नीले भारतको एउटा अनलाइन पत्रिकासँग कुराकानी गर्दै आफूलाई अब आमा बन्न मन लागेको धारणा व्यक्त गरेकी छिन्। अन्तर्वार्ताका क्रममा सन्नीले भनेकी छिन्— 'म आमा बन्न चाहन्छु तर मलाई थाहा छैन यो कहिले हुन्छ।' सन्नीले अधिकांश समय आफ्नो करियर बनाउन ध्यान दिए पनि अब भने सन्तानका बारेमा सोच्न थालेको उल्लेख गरेकी छिन्। उनले भनेकी छिन्— 'भविष्यमा के हुन्छ म यसै भन्न सक्दिनँ तर मेरो जीवनमा एउटा बच्चा भैदिए म अझ खुसी हुने थिएँ।' डेनियल वेभरसँग विवाह गरेको धेरै वर्ष भैसके पनि उनीहरूले अहिलेसम्म सन्तान जन्माएका छैनन्।
टि्वटमा काठमाडौंको प्रशंसा
भ्रमणकै
क्रममा सन्नीले काठमाडौं, नेपाल, यहाँको कला एवं संस्कृतिका बारेमा तस्बिर
सहित थुप्रै टि्वट गरिन्। 'नेपाल निकै सुन्दर लाग्यो, सन्नीले टि्वटरमा
लेखेकी छिन्— 'नेपालका सुन्दर दृश्य अवलोकन गर्दा निकै रमाइलो लागिरहेको
छ।' सन्नी आफ्ना श्रीमान्सँगै स्वयम्भू पुगेकी थिइन्। सन्नी लियोन र उनका
श्रीमान् ड्यानियल विवर पनि विभिन्न व्यापार/व्यवसयमा आबद्ध छन्। काठमाडौं
भ्रमणकै क्रममा सन्नीले टि्वट गरेकी छिन्— 'आज दिउँसोको खाजामा म:म खाएँ,
आहा कस्तो मिठो ! म यो खानेकुरालाई दिनभर सम्झिरहनेछु।' अर्को एउटा टि्वटमा
उनले लेखिन्— 'आज (सोमबार) को दिनको सबैभन्दा रमाइलो कुरा के हो भने केही
सुन्दर नेपाली केटीले हामीलाई सडकमा पछ्याए, अनि मलाई हेर्दै 'बेबी डल...'
भन्ने गीत गाए। त्यो क्षण असाध्यै रमाइलो थियो।' अर्को एउटा टि्वटमा उनले
लेखिन्— 'नेपालको सुन्दरताले असाध्य लठ्यायो, यहाँको सहर र संस्कृतिका
बारेमा बुझ्न पाउँदा आनन्द आयो। नेपाल वास्तवमै सुन्दर रहेछ। अवलोकनका लागि
एउटा उत्कृष्ट सहर।' सन्नी काठमाडौं बसाइका क्रममा पाटन दरबार स्क्वायर
पनि पुगेकी थिइन् भने पोखरा तथा माउन्टेन फ्लाइटबाट सुन्दर हिमश्रृंखलाको
अवलोकन उनको योजनामा भए पनि छोटो यात्राका कारण ती भ्रमण सम्भव भएनन् ! दुईदिने काठमाडौं भ्रमण सकेर सन्नी सोमबार राति मुम्बई पुगिन्। मुम्बई पुग्ने बित्तिकै उनले एउटा अर्को टि्वट गरिन्— 'नेपाललाई छाडेर आउनु पर्दा कस्तो नरमाइलो लागिरहेको थियो तर के गर्नु, घर त आउनै पर्छ।' सोमबार मध्यरातमै सुत्नुअघि त्यो दिनको अन्तिम टि्वट गर्दै उनले काठमाडौंलाई धन्यवाद दिएकी थिइन्। उनका शब्द थिए— 'हाम्रो आतिथ्यका लागि काठमाडौंलाई धन्यवाद, यो भ्रमण अत्यन्त स्मरणीय रह्यो। नयाँ वर्ष मनाउने क्रममा पुन: एकपटक आउने प्रयास गर्नेछु।'
टि्वटर र फेसबुकमा सन्नी-चर्चा
सन्नी लियोनको नेपाल भ्रमणले टि्वटर र फेसबुकमा पर्याप्त प्रतिक्रिया पायो। तिनै प्रतिक्रियाहरूको सरसर्ती झलक :
गोपाल थिङ— 'सन्नी लियोन आ'की भएर पानी-पानी भा'को हो काठमाडौं ?'
सुमित पन्टर— 'सन्नी लियोनले आफूलाई नेपाल मन परेको र अझ धेरै समय बिताउन फेरि पनि आउने बताइछिन्। बोकाहरूलाई खुब आशमा राख्देर गै'छिन्।'
अशान्त आत्मा— 'यस्ता होनहार युवा मन नपरेर म:म मन पराएर गै'छिन्- सन्नी लियोन। के भा' तिनको आँखा ?'
स्याडोज अफ लभ — 'डियर सन्नी लियोन, मसँग नभेट्ने वाचा-कसम खाएर पनि किन तिमी तर्की-तर्की हिँड्छयौ अचेल। यही कुरो मैले बुझ्न सक्या छैन।
कुलरिम्स— 'ब्रेकिङ न्युज: सन्नी लियोनबाट नेपालमा समयमै संविधान बन्नुपर्नेमा जोड। लियोन आज प्रमलाई भेट्दै। दुई पक्षीय हितमा छलफल हुने।'
कुलरिम्स नै फेरि लेख्छन- 'सन्नी लियोन र सन्नी देओल दुवैको एउटा कुरा उस्तै-उस्तै छ, दुवै आफ्नो फिलिममा जोडसँग चिच्याउँछन्।'
सन्तोष भट्टराई— 'ज्वरो आएर थल्लिएको अवस्थामा दाजुले अस्पताल लैजाला भनेको त सन्नी लियोन नेपाल आइन् रे भनेर उत्साहित पो छ बा ! नानानाना !'
घिमिरे युवराज— 'धेरै साथीले सन्नी लियोनको न्यूज अन्दाजमा लेख्नुपरेको अनुमान गर्न सकिन्छ। लेख्नु पनि पर्ने, सूचना पनि नभेटिने कस्तो संकट हो ?'
अशोक केडी— 'सन्नी लियोनलाई नेपालका उद्यमीहरूले निम्त्याएका रे ! हैन तिनले के उद्यम गरिछन् र के सिकाउन आएकी हुन् ? मेरो भुत्ते दिमागमा अझै घुसेको छैन।'
आइविष्णु— 'सन्नी लियोनले हिजो गरेको टि्वट अहिलेसम्म रिट्वीट गर्दै र'छन् मुन्छेहरू। मानें यार ती नानीको क्रेजलाई !'
सन्दीप— 'म सर्जियो लियोनको कुरा गर्छु, तिमी सन्नी लियोनका कुरा गर्छौं।'
रूपेश श्रेष्ठ— 'यही साता आइपुगे महाथिर र यही साता आइपुगिन् सन्नी लियोन। भन्नुस् कसको डिमान्छ बढी छ देशमा ?'
कपिल धिताल— 'सन्नी लियोन नेपालमा भन्दै फरक-फरक फोटो हाल्ने धुनमा नेपालका सबै पत्रिकाका पत्रकारले सन्नी लियोनका हरेक पोर्न हेर्न भ्याएछन्।'
नरेश खपाङ्गी मगर— 'महाथिर मोहम्मद नेपालमा। सन्नी लियोन नेपालमा। जे होस् गन्तव्य बन्दैछ नेपाल।'
माइला साउ— 'सन्नी लियोन भन्ने को रै'छिन् ? ठूलो चर्चा छ टि्वटरमा आज ? के गरेर यत्रो नाम कमाएकी हुन् तिनले ?'
आवारा— 'सन्नी लियोन नेपाल भ्रमणमा। नेपाल सर्कारद्वारा कडा सुरक्षा प्रबन्धको तयारी। कुलरिम्स प्रहरीको विशेष निगरानीमा भन्ने सम्चार आ छैन नि, कि आयो !'
लास्ट बेन्चर— 'सन्नी लियोनलाई स्वास्थ शिक्षाको प्राक्टिकलमा ब्याक लागेको हुनाले एसएलसी जाँच दिन नेपाल आएको खुलासा।'
दिनेश— 'सन्नी देओल आओस् की लियोन। के फरक पर्छ ? सन्नी लियोन आएर न तेल लाउँछिन् न सन्नी देओल आएर ढाइ किलोको हात काम लाग्छ। बेकारमा हामी कन्नी मात्र हो।'
किरण महर्जन— 'सन्नी लियोन काठमाडौंमा कहाँ बस्छे भनेर बल्ल थाहा पाइयो।'
पाण्डु राजा— 'सन्नी लियोनलाई दक्षिण एसियाकै महानायिका घोषणा गरिनुपर्छ। नोट: सन्नी लियोनले सेक्सफिल्म खेलेकी हैनन्, उत्कृष्ट अभिनय गरेकी हुन्...'
घ्याम्पे— 'सन्नी लियोन आइन भने तीनको विरोधमा सिधै हतियार उठाएर सुरुङ युद्ध गरिन्छ।'
आइलुनाटिक— 'सन्नी लियोनभन्दा हट त मलाई रेखा थापा लाग्छिन् किनभने रेखालाई छुँदा करेन्ट लाग्छ, छविले करेन्टकै कारणले छाडेका हुन्।'
विरोध बुर्लाकोटी— 'सन्नी लियोन आओस् न त, के नै फरक पर्छ र ? के पोर्नस्टारले चैं घुम्नै नपाउनु ?'
भकुन्डे— 'काम र रिल्याक्स गर्न आउनी रे ! यो त लगभग एउटै कुरो भएन र सन्नीका लागि ?'
सिकारु केटो— 'सन्नी लिओन नेपाल आउँदैछिन् रे त आज ! अब एयरपोर्ट गइन्छ। आजकल त दिन दिनैजसो एयरपोर्ट भै भै'राछ।'
भुइँचोलो— 'सन्नी लियोनलाई पूरै कपडामा देख्दा त अझै कुमारी नै छिन् जस्तो लाग्ने।'
केदार शर्मा— 'कहिलेकाहीं त उदेक मात्र लागेर आउँछ हौ। सन्नी लियोनले हेलिकप्टरमा नेपालका हिमाल घुम्ने रे।'
विष्ण प्रसाईं— 'गाईको बन्दैन क्यारे ! भैंसीको एभरेस्ट म:म त होला नि ? सन्नीलाई सम्झेर सर पनि त्यही म:ममा लम्पसार पर्नु होला नि ?'
No comments:
Post a Comment