Total Pageviews

Friday, March 29, 2013

चुम्बन प्रतियोगितामा तरुनी तन्नेरीको मस्ती (फोटोफिचर सहित)


माया व्यक्त गर्ने सबैभन्दा राम्रो तथा सभ्य माध्यम हो चुम्बन । वैशालु जोडीहरु प्रेम तथा यौनको आवेगमा आएर एक अर्कामा गहिरो तथा लामो चुम्बनमा लिप्त भएको देख्न पाइन्छ र्सार्वजनिक स्थलमै पनि । आफ्नो मनको मान्छेसँग चुम्बन गर्नुको मज्जा सायद त्यहीँ मान्छेलाई मात्र थाहा हुन्छ जसले यसको अनुभव लिन पाएको हुन्छ ।1122लुकीलुकी चुम्बन गर्नुपर्ने बाध्यता झेलिरहेकाहरुका लागि यदि खुलमखुल्ला चुम्बन गर्नका लागि कुनै प्रतियोगिता नै भैदियो भने कति मज्जा होला ? त्यस्तो भयो भने प्रेमी प्रेमिकाहरु धित मरुञ्जेल चुम्बन गर्दै को भन्दा को कम ? भन्दै चुम्बनको लडाइँमा उत्रिँदा हुन् । हाम्रो देशका लागि यस्तो प्रतियोगिता केवल कल्पनाको विषय मात्र हो । तर हाम्रै छिमेकी देश चीनमा भने वर्षोनी युवायुवतीहरुबीच चुम्बन प्रतियोगिता हुन्छ । जसमा वैँशले लिप्त तरुनी तन्नेरीहरु विभिन्न आसनमा चुम्बनमा लिप्त हुन्छन् ।
यो पटकको चुम्बन प्रतियोगितामा २ घण्टा ४२ मिनेट सम्म लगातार चुम्बन गर्दै सबैभन्दा लामो समयसम्म चुम्बन गरेर एक जोडीले प्रतियोगिता जित्यो । विजेता बनेसँगै उक्त प्रेमजोडीले १ क्यारेटको हिरा पुरस्कार पायो, जसको मूल्य ५० हजार युआन पर्छ ।
285प्रतियोगितामा कैयौँ तन्नेरी केटाकेटीहरु आ आफ्नो मनको मान्छेको आलिंगनमा बेरिएर ओँठ जोडाइरहेका थिए । कोही प्रेमीको काँधमा चढिरहेका थिए, कोही कम्मरमा खुट्टा अड्काएर चुम्बनमा मग्न थिए भने कोही उठेको उठै कडा किस दिइरहेका थिए । यो चुम्बन प्रतियोगिता हर्ेन आफ्ना बच्चाबच्ची साथमा लिएर समेत धेरै महिला पुरुष प्रतियोगितास्थल आएका थिए ।
चुम्बन प्रतियोगिताको फाइदा धेरै युवायुवतीले उठाए । कति जोसमा होस गुमाउने केही युवायुवतीको लागि भने यो प्रतियोगिता खासै सुखद रहेन । केही युवायुवती चुम्बनकै दौरान बेहोस पनि बनेका थिए र केहीलाई तत्काल अस्पताल पूराइएको थियो । तर एकाध अपवाद बाहेक सबैजसो युवायुवतीका लागि चुम्बन प्रतियोगिता मौकामा चौका हान्ने पर्व नै सावित भयो ।370
462

पुलिसलाई कुकुर भन्दा २ वर्ष खोरमा

jailबोल्दा प्वाच्च नबोल्नु भनेर बुढापाकाले भन्छन् । आगो ताप्नु मुढाको कुरो सुन्नु बुढाको भन्ने उखानलाई शिरोधार्य गर्दै बुढापाकाको यो उपदेश मान्ने हो भने भलो नै हुन्छ । विचारै नगरी जे पायो त्यहीँ बोल्दा कहिलेकाहीँ संकटै पर्नसक्छ । बोल्दा मात्र हो र ? कहिलेकाहीँ गित गाउँदा पनि ध्यान दिनुपर्ने रहेछ । जे पायो त्यहीँ शव्द भएको गीत गाउँदा समेत कहिलेकाहीँ ठूलै सजाय भोग्नुपर्दो रहेछ । यस्तै भएको छ ट्युनेशियाका एक गायकलाई ।र्याप गित गाउने एक ट्युनेशियाली गायकले २ वर्षको जेल सजाय पाएका छन् । ती गायकले आफ्नो गितमा पुलिसलाई अपमानजनक शव्दको प्रयोग गरेको ठहर गर्दै अदालतले यस्तो सजाय सुनाएको हो ।
वेल्ट एल फिप्टिन नामका ती गायकले गाएको गितमा पुलिसलाई कुकुर भनिएको छ र पुलिसले हिंसा फैलाइरहेको आरोप लगाइएको छ । अदालतबाट सजाय सुनाइएका गायक पक्राउ परिने डरमा अहिले फरार रहेको बताइएको छ ।
गित गाएको आरोपमा कलाकारलाई जेल सजाय सुनाइएपछि ट्युनिसियामा फेरी वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको बहस सुरु भएको छ ।

सबैभन्दा ठूलो अण्डा लिलामीमा


विश्वको सबैभन्दा ठूलो अण्डा लिलाम हुने भएको छ । लण्डनस्थित क्रिस्टीको लिलामीघरमा यसलाई बिक्रीका लागि राख्न लागिएको हो । १३ या १४ औं शताब्दीमा माडागास्कारमा एलिफेन्ट बर्डले यो अण्डा पारेको बताइन्छ ।
१९ औं शताब्दीको अन्त्य वा २० औंको सुरुवातमा पुरातत्वविदहरुले यसको खोजी गरेका थिए । यो अण्डा ३० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको छ । एलिफेन्ट बर्ड १३ देखि १७ औं शताब्दीको बीचमा लोप भएको थियो । यसको बैज्ञानिक नाम एपियोर्निस म्याक्सिमस हो ।Big-egg
तर, एलिफेन्ट बर्डको नाम चिनिन्छ । यो अण्डा सामान्य कुखुराको अण्डाभन्दा १ सय गुणा ठूलो छ । यो २४ अपि्रलमा लिलामीमा राखिनेछ ।

रुघाखोकी लाग्दा घरेलु उपचार कसरी गर्ने ?


जब मान्छेलाई समस्याआई पर्छ तब मात्र उस्ले समाधानको उपायहरु खोजी गर्छ । दुइ, तिन दिन देखि एकासी बढेको जाडोले गर्दा हो वा अरुनै कुनै कारणले गर्दा हो रुघाँ लागेर घाँटी दुख्ने, टाउको दुख्ने, ज्यान दुख्ने आदि इत्यादिले सताएको छ । अब के गर्ने? सधैं हस्पिटल जाऊ एन्टिबायोटिक ल्याऊ, खाऊ, बिमारलाई दबाऊ । साध्यहुने कुरै भएन र अत्यधिक मात्रामा एन्टिबायोटिक खाँदा पनि साइडइफेक्ट होला भन्ने डर । त्यसैले बिरामीको बाबजुद्ध पनि अध्ययन र खोजतलास गरेर सबैलाई उपयोगि हुने एउटा लेख तयार पारेर पस्केको छु । सबैलाई उपयोगी हुने आशा पनि राखेको छ ।
depositphotos_6772021-Winter-Girlसमान्य तया मौसम परिवर्तन हुँदा या अत्याधिक चिसोको मौसममा मानिसलाई रुघाँलाग्ने, ज्यान गह्रौं भई टाउको दुख्ने, ज्यान दुख्ने, हाछ्यू आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने गर्दछ र यसैलाई हामी नेपाली भाषामा रुघा खोकी भन्दछौ । यस्तो लक्षण देखिने वित्तिकै हामी आम नेपाली फार्मेसीमा गएर ब्रुफिन, सिटामोल, प्यानाडोल तथा एन्टिबायोटिक खान्छौ र रोग लाई दबाएर राख्ने गर्दछौ । यसो गर्नु पूर्ण गलत हो ।
त्यसो भए के गर्ने ?
पानी उमालेर पिउने गर्नुहोस र त्यसको बाफ लिनुहोस् । ज्वानोको वाफ लिने, घाँटी दुखेको छ भने कुल्ला गर्नुहोस । अदुवा, मरिच राखेर पनि पानी पिउन सक्नु हुने छ यसले पनि धेरै हद सम्म फाइदा पुग्ने देखिन्छ । यदि चिसोको कारण हो र टन्सिल बढेको छ भने बेसार, चियापत्ति, ज्वानो तथा नुन हालेको पानीले कुल्ला गर्नु राम्रो हुन्छ । गाँउघर तिर भए रुदिलो पनि धेरै राम्रो मानिन्छ । तुलसीको पात घोटेर पिउनाले पनि रुघाँखोकी सन्चो हुन र धरै फाइदा हुने रहेछ । घाँटीको खसखसलाई हटाउन अदुवालाई पोलेर नुन सँग खानाले र दुधमा वेसार हालेर पिउनाले पनि राहात हुँदो रहेछ ।
कागती पानी, कागती पानीमा नुन र मरीचको दाना हालेर पिउनाले तथा तुलसीको पात, असुरोको पातलाई पानीमा हालेर उमालेर पिउनाले पनि रुघाँखोकी जस्तो भाइरलको समस्यलाई धेरै नै ठिक पार्दोरहेछ । अदुवा र मरीचलाई मज्जाले पिसेर महमा मिलाई तातो पानीसँग खानाले पनि धेरै राहात हुँदो रहेछ ।
सामान्य रुघाखोकीमा यदी कुनै असमान्य लक्षण देखिए, ज्वरो १०२ डिग्रीभन्दा माथि रहिरहे, छातिमा घ्यार, घ्यार बढी रहे, छती बेस्मारी दुखेमा, पहेलो वा हरियो कफ आएमा, सासफर्ने गारो परेमा मात्र तुरुन्त हस्पिटल गई चेक गुर्न पर्दछ । सामान्य तथा रुघाखोकी तिन दिन सम्म रहन्छ भने असमान्य अबस्थामा यो ५,६ दिनमा निको हुने देखिन्छ । १,२ दिनमै निको भएन भनेर हतारिएर मेडिकलको औषधी खाइहाल्नु बुद्धिमानि मानिदो रहेन छ ।

Wednesday, March 27, 2013

'भोटको होइन, भत्ताको कुरा गर' - नागरिक


रमेशकुमार पौडेल, चितवन, चैत १५ - लौरो टेक्दै आएर थचक्क बसेका वृद्धले पुरानो ज्याकेटको खल्तीबाट प्लास्टिकको सानो पोको निकाले। पोको फुकाउँदै जाँदा चारपत्र पारेर पट्याइराखेको नागरिकता प्रमाणपत्र निस्कियो। धुवाँले घुर्मैलो नागरिकता अक्षर चिन्नसमेत अप्ठेरो हुने अवस्थामा छ। त्यो नागरिकता देखाउँदै उनले भने, 'मैले भत्ता पाउनुपर्यो।'
फोटो खिचाउन छुटेका मतदाताको घरमा पुगेका बेला चितवन जिल्ला निर्वाचन कार्यालयका प्राविधिक गोविन्द खनालले भोगेको यथार्थ हो यो। जिल्लाको विकट क्षेत्र लोथर गाविसको वडा नं. ९ कान्दा गाउँमा भोट खसाल्न फोटो खिचाउने उद्देश्यले भन्दा जिल्लाबाट मान्छे आएका बेला वृद्ध भत्ता पाइन्छ कि भन्ने आशले आएका थिए स्थानीय सिंगराम चेपाङ।
सिंगराम प्रजा १९९५ सालमा जन्मेका थिए। गाउँमा नै टोली आएका बेला उनले २०४६ सालमा नागरिकता बनाएका थिए। नागरिकता बनाएको वर्ष उनी ५१ वर्षका थिए। नागरिकता दिने अधिकारीले जन्म मितिका ठाउँमा वर्ष लेखिदिएको छ। तर ५१ हो या ३१, छुट्याउन नमिल्ने गरेर उमेर उल्लेख गरेपछि उनी भत्ता पाउनबाट बञ्चित छन्।
सरकारले ७० वर्ष नाघेका नागरिकलाई महिनाको पाँच सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको छ। जन्मका आधारमा सिंगराम चार वर्षअघि नै ७० पुगिसकेका हुन्। तर, नागरिकतामा लेख्नेले शुद्ध नलेखिदिँदा उनी हण्डर बेहोर्न बाध्य छन्। उनकी श्रीमती सुकमायाको मृत्यु भइसकेको छ। सिंगरामका अनुसार तीन वर्षसम्म भत्ता बुझेपछि सुकमायाको मृत्यु भएको थियो।
उनका भाइ लालसिंहले समेत सँगै नागरिकता निकालेका थिए। त्यो बेला लालसिंहको उमेर नागरिकतामा ४० वर्ष लेखिएको छ। सिंगराम भाइलाई पनि लिएर आएका थिए, उमेर र भत्ताको कुरा गर्न। तर, भत्ता नभएर भोट खसाल्ने कार्डको फोटो खिच्न टोली आएको थाहा पाएपछि उनी निरास बने।
सिंगराम र लालसिंहले यसअघि मतदाता परिचयपत्रका लागि फोटो खिचाएका छैनन्। तर, भत्ताका लागि नभएर भोटका लागि काम हुने सुनेपछि उनीहरु खुसीभन्दा धेरै बेखुस देखिए। तैपनि दुई भाइले फोटो खिचाए। 'हामी त भत्ताको कुरा गर्न आएको। खै, भत्ताको त कुरै गरेन कसैले,' सिंगरामले दुःख पोखे।
चितवनको विकट पहाडी क्षेत्रमा मुख्य बसोबास भएका चेपाङ नेपालको अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी हुन्। विकटको बसाइ र विपन्न अवस्थाका कारण धेरैले नागरिकतासमेत पाएका छैनन्, जसले गर्दा फोटोसहितको मतदाता नामावली संकलनमा उनीहरु छुट्ने गरेका छन्। चेपाङ बस्तीमा उम्मेदवारले समेत पाइलो नटेक्ने स्थानीय बताउँछन्।

झस्केर दुख्छ यो मुटु मेरो उसै को यदमा



कहाँ गयो होला त्यो भीर गाउले बुढो
त्यो बारी खन्ने सबको भारी बोक्ने बुढो
पहाडमा घर छ सबै छन् भन्थ्यो
छोरा बुहारीले सहेनन् भन्थ्यो
दिएको लिन्थ्यो सघाई दिन्थ्यो
हाँसिरहन्थ्यो कहिलेकाहीं रुन्थ्यो
आजकल देखिन्न त्यो कहा नि गयो
त्यो बारी खन्ने सबको भारी बोक्ने बुढो
बीरेको तेह्र दिनमा त्यो देखाएन
टारीको रोपाइँमा नि त्यो थिएन
सानीको डोली नि अरूले बोके
आउँदा जाँदा नि कतै भेटिएन
थला पर्यो कि बरै माटोले पुर्यो
त्यो बारी खन्ने सबको भारी बोक्ने बुढो
शब्द - कालीप्रसाद रिजाल
स्वर - रामकृष्ण ढकाल
संगीत - शक्ति बल्लभ
एल्बम - मायाको याम

मायाको आधारमा


मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ, दिनु पर्ने के छ
त्यो बराबर हुन्छ, अनुरोध हुन्छ
बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ
साट तिम्रा व्यथाहरू आत्मा नै साटिन्छ
जति तिमी दिन्छौ त्यति तिम्रो हुन्छ
जमिएका मायाभरि तिम्रो जीत हुन्छ
भत्किएका सपनाहरू मायाले जोडिन्छ
चुँडिएका आशाहरू फेरि नै सजिन्छ
खोल तिमी आज मुटुका ती बन्धन
तिम्रा सारा बोझहरू मायाले बिसाउँछ
शब्द/संगीत : दिब्य खालिङ
स्वर : नारायण गोपाल

मुटु मेरो चुँडी लगिन् झुटो माया लाउनेले


मुटु मेरो चुँडी लगिन् झुटो माया लाउनेले
निद्राबाट ब्यूँझादिइन् सपनीमा आउनेले
कुनै दिन चौतारीमा मलाई कुरी बस्थिन्
अञ्जुलीमा फूल टिपी बाटोभरि छर्थिन्
तर आज बिर्सिदिइन् उनको मेरो प्रीत
दुबै मिली गाएका ती उकालीमा गीत
अाजसम्म हाम्रो गीत देउरालीले गाउँदैछ
खोलानाला माया बोकी हामीलाई नै खोज्दैछ
मिलनमा हाँस्ने फूल लाजले आज झुकेछ
झुटो माया लाउनेदेखि जून तारा लुकेछ
शब्द - सुद्धि नेपाल
स्वर - सत्यनारायण राजभण्डारी
संगीत - द्वारिकालाल जोशी

ओराली लागेको हरिणको चाल भो


ओराली लागेको हरिणको चाल भो
बाँचुन्जेल सम्म पनि मरेको हाल भो
छल गर्यो मायाले
मुहार राम्रो शिरिश जस्तो जुन तारा हार खाको
त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरको वर पाको
माया त रैछ धारिलो छुरा रेटिनै पर्यो नि
बासै उठाउने कस्तो यो खेल भो
जीवनमा धेरै धेरै , धेरै नै झेल भो
छल गर्यो मायाले
सबै को देख्छु हाँसि र खुसि शिखरको बाटोमा
आफ्नो त बरै भाग्य नै फाट्यो माया कै पाटोमा
दुई चार दिनको त्यो मृग तृष्णा के देख्नु पर्यो नि
झारैमा उनेको माछी झै हाल भो
जिन्दगी देखि अब खुशि नै पार भो
छल गर्यो मायाले
शब्द - आनन्द अधिकारी
स्वर - रामकृष्ण ढकाल
संगीत - न्हू बज्राचार्य
एल्बम - आशा

आँखा छोपी नरोउ भनि


आँखा छोपी नरोउ भनि भन्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ
भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन
वाचा छिटै आउछु भनि गर्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ
छातीभरि गाँउ-बेशी पखेरीको छाँया
आखाँभरि मेलापात मायालुको माया
आफैलाई छाडी कतै जानु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ
भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो
कुलचिएर आफैलाई हिड्नु पर्‍या छ
मुटु माथि ढुंगा राखि हाँस्नु पर्‍या छ
शब्द - कालीप्रसाद रिजाल
स्वर, संगीत - नारायण गोपाल
एल्बम - प्रेयसीका यादहरु

गल्ती हजार हुन्छन


गल्ती हजार हुन्छन यहाँ होश हराएको बेला,
एक्लै तिमी नआऊ म मातिएको बेला ।
यी मेरा हातहरुले कहीं घात गर्न सक्छ,
अनि प्यार गर्दा गर्दै पाप पनि गर्न सक्छ,
रक्षक मलाई नसम्झ, म राक्षस भाको बेला,
एक्लै तिमी नआऊ, म मातिएको बेला
कहीं धर्म गर्ने निहुमा बलिदान हुन नपाओस्,
सम्पूर्ण अंग बांधी अत्याचार हुन नपाओस्,
मेरा कामनाहरुले मलाई हराइदिन्छ,
तिमी भन्दा तिम्रो यौवन कहीं मन पराइदिन्छ।
रक्षक मलाई नसम्झ, म राक्षस भाको बेला
एक्लै तिमी नआऊ, म मातिएको बेला
शब्द, संगीत - गोपाल योञ्जन
स्वर - नारायण गोपाल
एल्बम - मीतज्यू

साउदी राजकुमार तलालको आकाशे दरबार




साउदी राजकुमार तलालको आकाशे दरबार |


यतिबेला त्रिभुवन विमानस्थलमा विश्वका १९ औं धनी व्यवसायी तथा साउदीअरबका राजकुमार
अल वालिड विन तलालका दुई भिमकाय विमान पार्किङ गरिएका छन् । ती
विमानभित्रका सुविधा
हामीले कल्पना गरेभन्दा पनि बढी सुविधाजनक छन् ।

यी विमानको भुइँ बाक्लो सिसाबाट बनाइएको छ, जहाँबाट भुइँ हेर्न सकिन्छ ।
जहाजमा कार
पनि सँगै बोकेर लैजान सकिन्छ । हरेक जहाजमा तलालका कार्यालय, राजकीय सयन कक्ष,
बोर्ड रुम र अनलाइन कारोबार गर्ने सुविधा पनि छन् ।
राजकुमार तलाल जसरी धनले समृद्ध छन्, उनको विलाशी जीवनशैलीले उनको व्यक्तित्वलाई
अझै उच्च बनाएको छ । केही महिनाअघि उनले किनेर प्रयोगमा ल्याएको निजी जेट ‘ए ३८०’
लाई विश्वका अरू धनाड्य व्यक्तिले समेत ईष्र्या गर्ने प्रकारको बनाएका छन् ।

तलालसँग चारवटा निजी हवाईजहाज छन्, जसमा एक से एक सुविधा छन् । ‘ए ३८०’, ‘बोइङ
७४७’, ‘एयरबस ३२१’ र ‘ह्वकर सिडिली १२५’ छन् । तीमध्ये ‘ए३८०’ लाई तलालले आकासे
दरबार नामकरण गरेका छन् ।

यो हवाईजहाज विश्वको सबैभन्दा ठूलो यात्रुबाहक एयरक्र्याफ्ट पनि हो । जसलाई सन्
२००९ मा विश्वको सबैभन्दा ठूलो निजी जेटको रूपमा गिनिज विश्व रेकर्डमा पनि समावेश
गरिएको छ । ६ सय यात्रु बोक्न सक्ने क्षमताको यस जेटलाई उनले संसारका धनाड्य
व्यक्तिको स्वप्न महलका रूपमा परिवर्तन गरेका छन् ।

आकासमा उड्ने यो जहाजभित्र पाँचतारे होटेलमा भन्दा पनि बढी सुविधा छन् ।
यात्रुवाहक
जहाजलाई नै दुई तले बनाइको छ भने तलालले यसलाई तीन तले बनाएका छन् । संभवतः जहाजमा
लिफ्ट प्रयोग भएको यो पहिलो जहाज हो ।

यसको तल्लो तलामा चारवटा सुविधाजनक स्वास्थ्य क्लब छन् जसमा टर्किस बाथलगायका
सम्पूर्ण सुविधा छन् । जेटको तल्लो तलाको एकातिर उच्चस्तरीय सुविधाजनक गाडी राख्ने
ठाउँ बनाइएको हुन्छ जुन गाडीहरू तलाल जहाँ जाँदा पनि सँगै लिएर जान्छन् ।

बाँकी भागमा विभिन्न प्रकारका आराम गर्ने स्थानहरू बनाइएको हुन्छ ।
जहाजको बाथरुमका
भुइँ सिंगमरमरयुक्त छन् । यद्यपि जेटको तौल हलुको बनाउनु पर्ने भएकाले त्यो
सिंगमरमरको मोटाइ भने दुई मिलिमिटर मात्र छ ।
आकासे दरबारको उपमा पाएको यस जेटको सम्पूर्ण भुइँ रातो कार्पेटले ढाकिएको छ । यहाँ
पाहुनाहरूका लागि पर्याप्त कोठाको व्यवस्था गरिएको छ । तलालले आफ्ना
इष्टमित्रहरूसहित आनन्दमय हवाई यात्रा गर्नका लागि सम्पूर्ण पूर्वाधारको विकास
गरेका छन् ।

दोस्रो तला तलाले आफ्नो कार्यालय बनाएका छन् । एक देशबाट अर्को देशमा हवाईयात्रा
गर्ने क्रममा उनले कार्यालयका रूपमा प्रयोग गर्ने तलामा हरेक प्रविधिको प्रयोग
गरिएको छ । उनलाई जेटमा नै सम्पूर्ण स्टक कारोबार गर्ने सुविधा छ । विश्वका धेरै
बहुराष्ट्रिय कम्पनीमा लगानी गरेका उनले यात्रा गरिरहेको समयमा पनि कारोबार गर्न
सक्छन् । बोर्ड रुममा भएको आइटचक्रिनमा सम्पूर्ण स्टक कारोबारको बारेमा सूचना
प्रत्यक्ष रूपमा आइरहेको हुन्छ । जसले उनलाई केवल उक्त सूचनाको आधारमा
जमिनमा रहेका
अन्य व्यापारिक साझेदारहरूसँग सजिलै बैठक एवं छलफल तथा कारोबार गर्न सक्छन् ।

तेस्रो तलामा तलालका लागि राजकीय सयन कक्ष, पर्याप्त मनोरन्जन प्रणाली र कम्प्युटर
प्रविधियुक्त प्रार्थना सुकुल छ । जुन सुकुलको शिर जेट संसारको जुनसकै स्थानमा भए
पनि जहिलेसुकै मक्कातर्फ नै फर्किएको हुन्छ ।
तीन तले जेटको सबै तला फरक–फरक स्वरूपले भरिएको हुन्छन् । जेटमा माथिल्लो तलामा
निजी आवास, बीचको तलामा कन्सर्ट हल र भुइँतलामा कार पार्क गर्ने लगायतका
सुविधा छन्


तलालको पछिल्लो निजी जेट ३२ करोड अमेरिकी डलरमा किनेका थिए । यस जेटमा तलालले थप
सुविधा थप्न १७ करोड ९० लाख डलर अत्तिरिक्त खर्च गरेका थिए । त्यसको साथै ६ करोड
डलर बराबरकोे विभिन्न बुट्टाहरूयुक्त सुनौलो पात पेन्टिङ गर्न पनि खर्च गरेका थिए ।