Total Pageviews

Friday, July 23, 2010

नेपाल ५७ औं भोकमरीग्रस्त मुलुक

बिहिवार, 22 जूलाई 2010 18:02 नागरिक

काठमाडौँ, साउन ६- राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षाको अभावमा नेपालले पोषणयुक्त जनशक्तिको अभाव बेहोरिरहेको प्रतिवेदन सार्वजिनक गरेको छ। प्रतिवेदनमा ११ प्रतिशतले गरिबी घटेको उल्लेख छ।
'नेपालको खाद्य सुरक्षा' नामकरण गरिएको सो प्रतिवेदन सार्वजनिक गर्दै आयोगका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नेपालका धेरै जनता गरिबीको रेखामुनी रहेका, खाद्य सुरक्षाको अभाव भोग्नु परिरहेको र धेरै युवा बेरोजगार रहेको बताए।

विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रिचार्ड रेगनले नेपालमा खाद्य सुरक्षाको अभावमा आर्थिक, सामाजिक समस्या उत्पन्न भइरहेको र त्यसलाई न्यूनीकरण गर्न राष्ट्रसङ्घले सहयोग गरिरहेको बताए।

आयोगका सदस्य तथा खाद्य सुरक्षा अनुगमन प्रणालीका संयोजक डा. आरडी सिंहले नेपालको खाद्य सुरक्षाको अभावलाई न्यूनीकरण गर्न भोकमरीको समस्या भएका जिल्लाका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिवेदनमा ८८ विकासोन्मुख मुलुकमध्येका भोकमरीग्रस्त देशमा नेपाल ५७ औँ देशमा रहेको उल्लेख छ।

यसैगरी, खाद्य सुरक्षाको परिसूचकमा समेटिएका विश्वका १७७ मुलुकमध्ये नेपाल १४२ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।
- रासस

No comments:

Post a Comment