Total Pageviews

Saturday, July 24, 2010

तीन वर्ष मै गीत गाउने बालिका


रुबी रौनियार, काठमाडौं, साउन ३- उज्यालो स्टेजमा तीन वर्षकी अतिथि गौतम केसीले जब माइक समातेर गाउन थालिन्, उपस्थित सबै दर्शक चकित परे।

अतिथिले राष्ट्रगानलाई लय र स्वर मिलाएर आइतबार नेपाल पर्यटन बोर्डमा गाइरहँदा नेपाल संगीतनाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङ समेत मन्त्रमुग्ध बनेका थिए।

अतिथिले दोस्रो गीत ‘जस्तो बसायो उस्तै बस्छ मानिसको बानी, बानी भित्र बसेको हुन्छ सुख र दुःखको खानी' गाउँदा हल दर्शकको थपडीले गुन्जियो।

Friday, July 23, 2010

दीलिप र नम्रता नाच्न सिक्दै

दीलिप र नम्रता नाच्न सिक्दै
स्मृति ढुंगाना, काठमाडौं, साउन २- नेपाली फिल्ममा सबैभन्दा राम्रो नाच्ने कलाकार मानिने दीलिप रायमाझी केही दिनदेखि फेरि डान्स सिक्दैछन्। नृत्य कलाकारकै रूपमा फिल्मयात्रा सुरु गरेका दीलिप एउटा नयाँ फिल्मकै लागि नृत्य सिक्दै गरेका हुन्

नेपाल ५७ औं भोकमरीग्रस्त मुलुक

बिहिवार, 22 जूलाई 2010 18:02 नागरिक

काठमाडौँ, साउन ६- राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षाको अभावमा नेपालले पोषणयुक्त जनशक्तिको अभाव बेहोरिरहेको प्रतिवेदन सार्वजिनक गरेको छ। प्रतिवेदनमा ११ प्रतिशतले गरिबी घटेको उल्लेख छ।
'नेपालको खाद्य सुरक्षा' नामकरण गरिएको सो प्रतिवेदन सार्वजनिक गर्दै आयोगका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नेपालका धेरै जनता गरिबीको रेखामुनी रहेका, खाद्य सुरक्षाको अभाव भोग्नु परिरहेको र धेरै युवा बेरोजगार रहेको बताए।

विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रिचार्ड रेगनले नेपालमा खाद्य सुरक्षाको अभावमा आर्थिक, सामाजिक समस्या उत्पन्न भइरहेको र त्यसलाई न्यूनीकरण गर्न राष्ट्रसङ्घले सहयोग गरिरहेको बताए।

आयोगका सदस्य तथा खाद्य सुरक्षा अनुगमन प्रणालीका संयोजक डा. आरडी सिंहले नेपालको खाद्य सुरक्षाको अभावलाई न्यूनीकरण गर्न भोकमरीको समस्या भएका जिल्लाका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रतिवेदनमा ८८ विकासोन्मुख मुलुकमध्येका भोकमरीग्रस्त देशमा नेपाल ५७ औँ देशमा रहेको उल्लेख छ।

यसैगरी, खाद्य सुरक्षाको परिसूचकमा समेटिएका विश्वका १७७ मुलुकमध्ये नेपाल १४२ औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।
- रासस


Timro har prashna ko jawab (तिम्रो हर प्रश्नको जवाफ)

0
Your rating: None
Artist:
Deepak Kharel
Album:
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
यदि चित्त तिमीलाई बुझ्दैन भने
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नु
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
भुल होइन जस्तो लाग्ला
भुल गर्नेहरुलाई
भुल होइन जस्तो लाग्ला
भुल गर्नेहरुलाई
तर खेलेर छोड्यौ तिमीले किन
तर खेलेर छोड्यौ तिमीले किन
मेरो बेसाहारा जिवनलाई
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
दोष दिनु ठुलो पाप हो
निर्दोषीहरुलाई
दोष दिनु ठुलो पाप हो
निर्दोषीहरुलाई
तर रित्याइदियौ तिमीले किन
तर रित्याइदियौ तिमीले किन
मेरो आँखाको आँशुलाई
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नु
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरुमा खोज्नु